समाचार

लिटरेचर फेस्टिभलमा कविता वाचन

कुनै विछोडको विम्ब बोकेका दुई किनारदेखि नडराऊबरु एउटा किनारबाट नदी तर अर्को किनारमा खबर पुर्याइदेऊबाटो काट्दै गर्दा पानीका छालसँग साउती मारछप्ल्याङ छुप्लुङ छालसँग बातचित गरतलाउलाई दुई किनारको प्रेम सुनाइदेऊआखिर किनार पनि त किनारकै प्रतीक्षामा छ बिम्ब शीर्षकको प्रस्तुत कविता कवि विकाश रोका मगरको हो। जुन कविता नेपाल लिट्रेचर फेस्टिभलमा मगर आफैले सुनाएका थिए। पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको चौँथो दिन आठ कविका कविता सुनाइएको छ । ८७ औँ भूपी जयन्तीको अवसरमा राखिएको कवितावाचन सत्रमा नयाँ तथा पुराना आठ कविका… पुरा पढौ

मुन्धुममा शक्तिशाली महिला

पोखरा । ‘मुन्धुमका मेन्छाना मध्ये तपाईंको पिय पात्र को हुन्?’ मुन्धु संगीतमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेकी गायिका झुमा लिम्बुलाई रजत राई किराती प्रश्न गर्छन्। मुन्धुममा शक्तिशाली महिला पात्रमध्ये झुमा भन्छिन्, ‘हामीलाई लिम्बु भएर खान, लाउन, तान बुन्न र शक्तिशाली बन्न सिकाउने युमा हुन्। लिम्बुवानको हरेक ठाउँ पुग्दा कतै कतै तेर्सो र ठाडो ढुंगा कतै देख्नुभयो भने बुझ्नुस् कि युमाले तान बुनेकी हुन्।’ मुन्धुम अध्येता शान्तिदेवी राई मरिम्मा पात्र सम्झिन्छिन्, उनका अनुसार जसले सम्पूर्ण कुराको सिर्जना गरिन्।पोखरामा आयोजित नेपाल लिट्रेचर… पुरा पढौ

सुदूरका सिंहदरबार

पोखरा । पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको पालिका दार्चुलाको ब्यास गाउँपालिका पर्छ । तर, त्यहाँका स्थानीय आफ्नै देशका अन्य ठाउँमा जान पनि भारतीय बाटो भएर जानुपर्छ । आफ्नो देशमा स्तरीय बाटो नहुँदा तेस्रो मुलुकको बाटो प्रयोग गर्नु त्यहाँका स्थानीयलाई पीडा त छ नै, त्यसमाथि भारतीय सुरक्षाकर्मीको हप्कीदप्कीले नेपाली हैरान छन् । उक्त गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडू पनि भारतीय बाटो हुँदै पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन आएका छन् । बडू… पुरा पढौ

महिला खेलाडीलाई अझै गाह्रो

पोखरा । पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको तेस्रो दिन तीन ‘खेलकुद हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरुले आफ्ना अनुभव साटेका छन्। सो सत्रमा भूतपूर्व फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर शक्ति गौचनले आज र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले भोलिको प्रतिनिधित्व गर्दै अनुभव साटेका हुन् । छलफलमा तीनै जना खेलाडीले खेल क्षेत्रमा करिअर बनाउँदा झेल्नु परेको चुनौती साटे। नेपाली महिला फुटबलकी पहिलो कप्तान रमा सिंहले पुराना समय सम्झँदै भनिन्, ‘२०३९ सालदेखि नेपालमा महिला फुटबलको सुरुवात भएको हो। झन्डै… पुरा पढौ

‘विमानस्थलले पोखराको समृद्धिको ढोका खोल्यो’

पोखरा । पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा गरिएको छ । ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा सरकार, अर्थ र पर्यटन क्षेत्रका विज्ञले विमानस्थलबारे बहस गरेका हुन् । उक्त सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्वपर्यटन सचिव एवं हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजा र पर्यटन व्यवसायी वसन्तराज मिश्र सहभागी थिए । वरिष्ठ पत्रकार प्रतीक प्रधान सेसनका सहजकर्ता थिए । महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको पर्यटन… पुरा पढौ

सत्तागठबन्धन दलको बैठक पुनः बस्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठक केही बेरपछि पुनः बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, “गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, गठबन्धन दलको बैठक केही समयमा पुनःसञ्चालन हुन्छ, हामी निर्णयमा पुग्छौँ ।” गठबन्धन जनताले निर्वाचनका माध्यमबाट अनुमोदन गरिसकेको र जनताको अभिमतको आफूहरुले कदर गर्ने उनको भनाइ थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेका एक साताको समय आज… पुरा पढौ

गण्डकी साहित्य संगममा भीम रानाभाट

पोखरा । गण्डकी साहित्य संगमको १५ औं साधारणसभा तथा अधिवेशनबाट साहित्यकार भीम रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन् । त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय रहेका छन् । ११ सदस्यीय कार्यसमितिका दुई सदस्य पछि मनोनयन गर्ने जनाइएको छ । नवनिर्वाचित अध्यक्ष भीम रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्यसमिति सक्रिय र क्रियाशील रहने प्रतिवद्धता व्यक्त… पुरा पढौ

बेगनास ताल बुझ्न लेखनाथ महोत्सव

बेगनास तालको मुहान स्याङखुदीबाट कलकल पानी बगिरहेको छ । तालको मुहानको नजिकै बेगनास मौरीघार उद्योगको बोर्ड टाँसिएको छ । नजिकै मौरीका घार पनि छन् । तालमा डुङ्गाहरू तैरिएका देखिन्छन् । तालमा डुङ्गा शयर गर्न त बेगनास ताल नै पुग्नुपर्छ तर यी दृश्यलाई एकैसाथ नियाल्न र तालका बारेमा बुझन् भने हाल सञ्चालन भइरहेको लेखनाथ महोत्सव हेर्न गए पुग्छ । सात तालको सहरको उपमा पाएको लेखनाथको मुख्य ताल बेगनास र यहाँका गतिविधिलाई समेटेर आसपासका क्षेत्र हुने गरेका गतिवधिलाई नजिकैबाट बुझ्ने गरी बनाइएको… पुरा पढौ

शीतलहर र हिमपातबाट जोखिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा… पुरा पढौ

सुनको मूल्यमा वृद्धि

साताको पहिलो दिन आज सुन तोलामा २०० रुपैयाँले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँमा कारोबार भैरहेको जनाकारी दिएको छ । यसैगरी, सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर बसेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि चाँदीको कारोबार मूल्य यही थियो । पुरा पढौ