समाचार

अबको सरकारी सेवा पेपरलेसमात्र हैन फेसलेस : उद्योग सचिव बोहरा

पोखरा । गण्डकी प्रदेशका उद्योग,वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर बोहराले औद्योगिकग्राम निर्माणका लागि स्थानीय तहहरु उदासिन देखिएको बताएका छन् । उनले गण्डकीका २५ वटा स्थानीय तहमा उद्योगग्राम स्थापना भए पनि प्रभावकारी हुन नसकेको स्वीकारेका छन् । व्यावसायिक वातावरण तथा जग्गाको अभावका कारण यस्तो देखिएको पनि उनको प्रष्टोक्ति छ । पालिकाहरुले भनेजस्तो काम नगरेको पनि उनको दुखेसो छ । सचिव बोहरा पर्यटन तथा उद्योग कार्यालय कास्कीले मंगलबार पोखरा उद्योग वाणिज्य संघसँगको समन्वयमा आयोजना गरेको व्यवसायीहरुसँगको अन्तक्र्रियामा बोल्दै थिए । उनले कास्कीको… पुरा पढौ

पोखरामा भोलि स्पेनको काथेरेन्यो र गण्डकी ११ बिच हुने मैत्रिपूर्ण फुटवलको तयारी पूरा

पोखरा । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लव र गण्डकी ११ बीच भोलि (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालामा बुधबार दिउँसो २ः३० बजे पछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष र्कालोसले बुद्धको जन्म भुमि नेपालमा आएर फुटबल खेल्दै खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताए । उनले भने “स्पेनको ंमिडिया… पुरा पढौ

नेपाल बैंकको पुतलिबजार नगरपालिकामा विस्तारित काउन्टर

पोखरा । नेपाल बैंक लिमिटेडले स्याङ्जाको पुतलिबजार नगरपालिका परिसरमा विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमकाविच उक्त सेवा काउन्टरको पुतली बजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले उद्घाटन गरे । नेपाल बैंक लिमिटेड मातहतमा रहनेगरि उक्त सेवा केन्द्र सञ्चालनमा ल्याइएको नेपाल बैंक लिमिटेडका प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले जानकारी दिइन् । यो सहित बैंकको देशभर विस्तारित काउन्टरको संख्या ५२ पुगेको छ । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकारी गणेश प्रसाद आचार्य, बैंकका प्रादेशिक कार्यालय उप–प्रमुख ध्रुव पौडेल, स्याङ्जा शाखा… पुरा पढौ

२२ औं आहा ! रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा, पुस ८ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता विहीबारदेखि पोखरामा शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा यहि पुस १४ गतेदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करण शुरु हुन लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सहारा क्लव पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लव, मनाङमस्र्याङ्दी क्लव, नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लव, मच्छिन्द्र फुटबल क्लव, संकटा क्लव, चर्च व्वाईज युनाईटेड फुटबल क्लव, भुटनिज युथ स्पोर्टस… पुरा पढौ

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेदेखि आह्वान

पोखरा, पुस १२ गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेदेखि आह्वान भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङको सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’ अधिवेशन अघि नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाउने… पुरा पढौ

पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट एभरेस्टकर्मि दीपेन्द्र श्रेष्ठ सम्मानित

पोखरा, पुस १२ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएफ र एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठ पूर्व प्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सञ्चालन गर्ने सो पुरस्कारबाट श्रेष्ठ मंगलबार काठमाडौंमा सम्मानित भएका हुन् । कार्यक्रममा श्रेष्ठलाई नगद सहित दोषल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन् । यसअघि दण्ड गुरुङ संयोजकत्व तथा अग्रज पत्रकार शान्ति गुरुड.र बद्रिकाजी गुरुड.सदस्य रहेको पुरस्कार… पुरा पढौ

मंगलबार नेप्से बढ्यो, झण्डै ४ अर्बको कारोबार

काठमाडौ । नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा रु तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा… पुरा पढौ

सन् २०२२ मा एक करोड विस्थापित शरणार्थी सङ्कट समाधानमा राष्ट्रसङ्घको प्रयास

द्वन्द्व, दैवी विपत्ति र जलवायु सङ्कटका कारण विश्वका दशौँ लाख मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएका राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय निकाय (युएनएचसीआर)ले “यो वर्षको जाडो विश्वभरका लाखौं ‘आप्रबासी शरणार्थी’का लागि निकै चुनौतीपूर्ण हुनेछ । हाम्रो विश्वले आन्तरिक विस्थापनको सङ्कटको सामना गरिरहेको छ । द्वन्द्व, विपत्ति र जलवायु सङ्कटजस्ता त्रासदीका कारण विश्वका उच्च सङ्ख्यामा मानिस आफ्नो देशभित्र विस्थापित भएका छन्,” भनेको छ, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गत जुनमा संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय विस्थापनसम्बन्धी… पुरा पढौ

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीना प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड सङ्क्रमण भएका व्यक्तिहरूलाई रिपोर्ट नेगेटिभ नआएसम्म आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिइएको छ । चिनियाँ कुटनीतिक तथा कन्सुलर नियोगबाट स्वास्थ्य कोडका लागि यात्रुले आवेदन दिन आवश्यक… पुरा पढौ

संस्कृति संरक्षण र आर्थिक उपार्जन गर्न विभिन्न स्थानमा परम्परागत मेला जात्रा गरिदै

म्याग्दी । छन्त्याल, थकाली, मगरलगायत विभिन्न जनजातिको बसोबास रहेको म्याग्दीमा स्थानीय लोककला र संस्कृतिको संरक्षण गर्न जिल्लाका विभिन्न स्थानमा परम्परागत मेला जात्रा लाग्ने गरेका छन् । जिल्लाका बेनी, गलेश्वर, वरङ्जा, नारच्याङ, दोवा, पाखापानी, कुँइनेमङ्गले लगायतका स्थानमा जातीय संस्कृति झल्कने र सामाजिक सद्भाव कायम हुने खालका मेला लाग्ने गरेका छन् । त्यसका साथै तीज, जनैपूर्णिमा, माघेसङ्क्रान्ति, तुलसीपूर्णिमा, आगो देउ, लिङ्गो ठड्याउने त्यहाँका प्रसिद्ध मेला तथा पर्व भएका म्याग्दीको लोक संस्कृतिका जानकार प्रकाशकुमार श्रेष्ठले बताए । जनैपूर्णिमामा जिल्लाको प्रसिद्ध धार्मिकस्थल रिखार क्षेत्रमा… पुरा पढौ