समाचार

गण्डकी प्रदेश: कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान गर्नुहुने मतदातालाई धन्यवाद व्यक्त गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक र अन्य सङ्घ संस्थाले पु¥याएको सहयोगको लागि धन्यवाद… पुरा पढौ

कैलाश बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न

पोखरा । कैलाश बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । एक विशेष समारोहका बिच सहकारीले ११ औं साधारण सभा सम्पन्न गरेको हो । १९७ शेयर सदस्य रहेको उक्त संस्थाको कूल पूजी ३ करोड ६ लाख रहेको छ । पोखरा फ़ोटोग्राफ़र संघका सदस्यद्वारा सञ्चालित कैलाश सहकारीले आफ्नै फ्रेम उद्योग समेत सञ्चालन गरेको छ । सहकारीले आफ्नै उद्योग सञ्चालन गरी आफ्ना सदस्यलाई आफ्नै उद्योगबाट उत्पादीत फोटो फ्रेम, फोटो पिन्ट, फ्ल्याक्स प्रिन्ट तथा कप प्रिन्ट लगायतका सेवा… पुरा पढौ

विश्वकप : पहिलो हाफमा अर्जेन्टिनाको साविक विजेता फ्रान्सविरुद्ध २–० को अग्रता

पोखरा । कतारमा जारी विश्वकपको फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सविरुद्ध २–० को अग्रता बनाएको छ ।कतारको दोहास्थित लुजेल रंगशालामा पहिलो हाफ सकिदा पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रहता बनाएको हो ।खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रताता दिलाएका हुन् । ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर बनाएको छ ।यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन् । अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकपको उपाधि उचाल्न… पुरा पढौ

चिल्डेन–नेपालको २६ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । चिल्डेन–नेपालको २६ औं बार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संस्थाले प्रदान गर्दै आएको सेवालाई प्रभावकारी बनाउदै लैजाने बताए । उनले संस्थाको दिगोपन र आत्मनिर्भरका लागी प्राप्त गरेका उपलब्धि र प्रयासहरुको बारेमा आफनो भनाई राख्दै यस्तो बताएका हुन् । सो अवसरमा संस्थाले वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईं, सम्पर्क सहायक बिना तामाङलाई वर्ष उत्कृष्ट कर्मचारी घोषणा गर्दै नगद प्रशंसापत्र र दोसल्लाबाट सम्मान गरिएको छ । यस्तै सोहीक्रममा संस्थाद्वारा सञ्चालित सूर्यमुखी… पुरा पढौ

गण्डकी कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै, चार जनाको दाबी

पोखरा । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ । प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो । हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन् । संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल र महेन्द्रध्वज जिसीले दाबी प्रस्तुत गरेका हुन् । कांग्रेसको गण्डकीमा कुल २७ सांसद छन् । १८ क्षेत्रमा प्रत्यक्ष जितेको कांग्रेसले समानुपातिकमा ९ सांसद पाएर २७… पुरा पढौ

आजदेखि पोखराको ल्याण्डफिल्ड साइडमा फोहोर फ्याँक्न रोक

पोखरा । पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्याण्डफिल्ड साइडमा आइतबारदेखि फोहोर फ्याँक्नमा रोक लगाएको छ । पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापनका गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ । महानगर कार्यपालिकोे गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाको लागि हेम्जा, विरौटाको लागि छोरेपाटन लगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी रहेका छन् । जनवरी १ बाट जसरी पनि… पुरा पढौ

शितलादेवी बहुउद्धेश्यीय सहकारीको प्रथम वार्षिकोत्सव सम्पन्न

पोखरा । शितलादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले उद्घाटन गर्दै शितलादेवी बहुउद्देश्यीय सहकारीले वडा नम्बर ११ ले अगाडि सारेको फोहोरमैला ब्यवस्थापन र अभियानमा सहकार्य गर्न आग्रह गरे । त्यसैगरि पछिल्लो समय आर्थिक मन्दी वढिरहेको अवस्थामा सहकारीकै कारण आर्थिक चलायमानमा सहज भइरहेको बताउँदै कर्माचार्यले आगामी दिनमा सहकारीले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिँदै त्यस्ता अभियानमा वडाले समेत सहयोग गर्ने प्रतिवद्धता… पुरा पढौ

सहज ट्रेड बचत तथा ऋण सहकारीको १० औं साधारण सभा सम्पन्न

पोखरा । सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको संस्थाका जेष्ठ सदस्य खगेन्द्रमान ताम्राकारले उद्घाटन गरे । उद्घाटन समारोहमा वोल्दै खगेन्द्रमान ताम्राकारले संस्थाकै जेष्ठ सदस्यलाई प्रमुख अतिथि बनाएर सहकारीका सेयर सदस्यहरुलाई उत्साह थप्ने काम गरेको बताउँदै सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्म अनुसार काम गर्दै सहकारीलाई उत्कृष्ट बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । त्यस्तै संस्थाका सल्लाहकार टुव राज बास्तोलाले सहकारीको सिद्धान्त अनुसार सहकारी अगाडि वढ्दै उत्पादनशील क्षेत्र संगै ब्यवशायी क्षेत्रमा सहकारीले कर्जा… पुरा पढौ

मगर भाषाका कवि केबी नाम्जालीको ५६ औं जन्मजयन्ती मनाइयो

पोखरा । मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको ५६ औं जन्मजयन्ती शनिबार पोखरामा मनाइएको छ । मगर भाषा प्रतिष्ठान, कास्कीको आयोजनामा भएको कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले कवि केबी नाम्जालीले लेखेका कविता आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । कवि नाम्जालीको अल्पायुमै भएको निधनले भाषा र साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै कुलपति ढकालले नाम्जालीको कवित्व साँच्चिकै उत्कृष्ट रहेको उल्लेख गरे । मगर भाषा प्रतिष्ठानसँग पोखरा प्रज्ञा–प्रतिष्ठान सहकार्य गर्न तयार रहेको भन्दै उनले सबै वाङ्मयिक संघसंस्थाहरूसँग मिलेर… पुरा पढौ

सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाण्डौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धन दलहरूसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भइसकेको कांग्रेस हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकको सबैभन्दा… पुरा पढौ