समाचार

दोबिल्ला पुल मर्मत गरिँदै

जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको छ । लामो समयदेखि मर्मतका अभावमा अत्यन्तै जीर्ण यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले यही मङ्सिर २८ गते बुधबारदेखि मर्मत गर्ने भएको छ । पुल मर्मतका लागि तीन सातासम्म दोबिल्ला–फलेवास सडक बन्द गरिने भएको छ । सडक विभागमा लामो दबाबपछि मर्मतमा चासो देखाएको हो । यो पुलले कुश्मा नगरपालिकाका छवटा वडाका… पुरा पढौ

फेरियो कोदोको परिचय

पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुराँ… पुरा पढौ

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय बन्दै

निर्वाचन आयोगले आज (सोमबार) देखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ। आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो। समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय हुने भएको जनाएको छ। गएको मंसीर ४ गते देशैभर एकैपटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो। विवादका कारण केही क्षेत्रमा भने केही दिन पछि पुन: मतदान गरिएको थियो। पुरा पढौ

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आज (मंसीर २६ गते, सोमबार) बराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। आवेदकले आजै बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले पहिलो चरणमा मंसीर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो। सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ। यीबाहेक बाँकी ५ लाख… पुरा पढौ

कालीगण्डकी कोरिडोरसँगको पहुँचमार्ग कालोपत्र गरिने

बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी कोरिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुन: अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो । यसबीचमा १ किलोमिटर सडक मात्र कालोपत्र गरिएको थियो । जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालीगण्डकी कोेरिडोर) सडक कालोपत्रका लागि रू. २ करोड विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । कुश्मीसेरादेखि जैमिनीधामसम्मको ३ किलोमिटर सडकमध्ये २ किलोमिटर सडक कालोपत्रका लागि रकम… पुरा पढौ

आज नै समानुपातिकतर्फ निर्वाचित सांसदको घोषणा

निर्वाचन आयोगले आज (मंसीर २६ गते, सोमबार) सम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ। राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगले जनाएको हो। मंसीर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र) ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए। निर्वाचन आयोगले समानुपातिकतर्फबाट… पुरा पढौ

दलहरूलाई समानुपातिक सूची सच्याउने मौका आज मात्रै

राजनीतिक दलहरूले समानुपातिक सांसद सिफारिस भएकाहरूको नाम सच्याएर फेरि निर्वाचन आयोगमा सूची आज (सोमबार) ४ बजेसम्म मात्र समय छ। समानुपातिक उम्मेदवारको विवरणमा त्रुटी देखिएपछि दलहरूले पुन: सच्याएर नयाँ नामावली आयोगमा पठाउन निर्वाचन आयोगले आग्रह गरेको हो। निर्वाचन आयोगले आइतबार दलहरूलाई पत्राचार गरेर समावेशी समूहअनुसार सच्याएर पठाउन सोमबार अपरान्ह ४ बजेसम्मको समय दिएको छ। आयोगका अनुसार दलहरूले आयोगमा पठाएको नाममा समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको भेटिएको छ। आज दलहरूले बन्दसूची सच्याएपछि बिहीबार राष्ट्रपति… पुरा पढौ

फिलिपिन्समा बाढीले जीप बगाउँदा ८ जनाको मृत्यु

फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रुवाहक जीप बगाउँदा ५ वर्षीया बालिकासहित ८ जनाको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ। तनय सहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो। २५ यात्री सवार जीप उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो। तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन्। दुर्घटनामा परी ज्यान गुमाउने ७ जना ६० वर्ष नाघेको र १ जना घाइते भएको… पुरा पढौ

जाम्बियाको सडक छेउमा २७ लास भेटिए, आप्रवासीको भएको अनुमान

जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ वटा लास अलपत्र फालिएको अवस्थामा फेला परेका छन्। ती लास इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी प्रवक्ता ड्यान्नी म्वालेले तिनीहरू ट्रान्जिटमा निस्सासिएर मरेको हुनुपर्ने बताएका छन्। एक व्यक्ति अझै श्वास फेर्न प्रयास गरिरहेको अवस्थामा भेटिएको र उनलाई तत्काल स्थानीय अस्पतालमा लगिएको बताइएको छ। दक्षिण अफ्रिकातर्फ जान होर्न अफ अफ्रिकाबाट आउने अधिकांश आप्रवासीका लागि जाम्बिया ट्रान्जिट प्वाइन्ट हो। म्वालेले स्थानीय समयअनुसार आइतवार बिहान ६ बजे ग्वेरेर्रेमा ती शव फेला… पुरा पढौ

पुरुषतर्फ कोरिया र महिलातर्फ युएई यु–१८ एसियाली रग्बी च्याम्पियन

दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन्। च्याम्पियनसीपअन्तर्गत आइतबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरिया तथा महिलातर्फ युएई च्याम्पियन बनेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले हरायो। त्यसअघि, आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो बन्यो। मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो। पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई… पुरा पढौ