समाचार

पोखराको नयाँबजारमा औद्योगिक व्यापार मेला जारी, भोलि खेम सेन्चुरीको प्रस्तुति हेर्न पाइने

पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ मा बिक्रीको लागि राखिएका विभिन्न घरायसी सामानमा भारी छुटको व्यवस्था गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार दैनिक जीवनमा प्रयोग हुने भान्छाका सामग्रीदेखि अन्य उपभोग्य बस्तु, गाडी तथा मोटरसाइकलमा त्यो छुट दिइएको हो ।यो मेलामा प्रदर्शनका लागि राखिएका सामग्रीहरु एकातिर छन् भने दैनिक जीवनमा प्रयोग हुने सामान सस्तोमा बिक्री–वितरण भइरहेको छ’,उनले भने,‘गृहिणीहरुले यो मेलाबाट भरपुर फाइदा लिन सक्नुहुन्छ ।’मेलाको सह–प्रायोजक रहेको शिवशिखर सहकारीको स्टल देखाउँदै उनले… पुरा पढौ

चरक मेमोरियल हस्पिटलमा निःशूल्क परामर्श सहित ५० प्रतिशतसम्म छुट

पोखरा । चरक मेमोरियल हस्पिटल प्रा.लि. ले १० औं वार्षिकोत्सवका अवसरमा निःशूल्क परामर्श सहित विशेष छुट दिने भएको छ । हस्पिटलले वार्षिकोत्सवका अवसरमा मंसिर २१ गतेदेखि २९ गतेसम्म विभिन्न उपचारमा निःशूल्क परामर्श सहित विशेष छुटको घोषणा गरेको हो । पोखरा ८ नागढुंगास्थित अस्पतालले हाडजोर्नी, नशा तथा मेरुढण्ड, सुगर, थाइरोइड, मुटु र ब्लडप्रेसर, महिला तथा प्रसुती रोग, बाल रोग, पेट, छाती, फोक्सो, पत्थरी, हर्निया, पाइल्स, फिस्टुला लगायतका समस्याको निःशूल्क परामर्श दिनुका साथै भिडियो एक्स–रेमा ५० प्रतिशत, ल्याव टेष्ट र रेडियोलोजीतर्फ १५–१५… पुरा पढौ

नेसनल प्याब्सन खेलकुद महोत्सव सुरु, मार्च पासमा अन्जली र यूनिर्भस विजेता

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा आज (मंगलबार) देखि १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव सुरु भएको छ । यही मंसिर २३ गतेसम्म पोखरा सहित पोखरा रंगशालामा संचालन हुने उक्त महोत्सवको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक समारोहका बिच मंगलबार पोखरामा उद्घाटन गर्दै शिक्षासंगै बिद्यार्थीहरुलाई खेलकुदमा पनि प्रथामिकता दिन आग्रह गरे । खेलाडीहरु उत्पादन गर्ने तल्लो तह बिद्यालय क्षेत्र भएको उल्लेख गर्दै सदस्य सचिव घिसिङले बिद्यार्थीहरुको पढाईसंगै खेलकुदलाई समेत प्रथामिकता दिनुपर्ने… पुरा पढौ

पोखरामा लैङ्गिक हिंसा विरुद्धमा सचेतना र्‍याली

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा न्यूनीकरणको लागि राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गरेको छ । “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नारा सहित सञ्चालित अभियानमा अन्तर्गत सचेतना र्‍याली, अन्तरकृया, कोणसभा गर्दै आएको हो । कास्की जिल्ला महासंघको आयोजना तथा फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पोखरा २५ हेमजामा र्‍याली तथा कोणसभाको आयोजना गरियो । समाजमा हुने शारिरीक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका बिभिन्न हिंसा विरुद्धमा सिंगो समाज एकताबद्ध भएर… पुरा पढौ

सातौं पर्वतीय महोत्सव : अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा ।सातौं पर्वतीय महोत्सवअन्र्तगत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार सकिएको छ । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालय प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा ३६ विद्यालयले सहभागिताको लागि निवेदन दिएका थिए । जसमध्ये ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी गराइएको थियो । संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला… पुरा पढौ

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको… पुरा पढौ

लोकमार्गको सास्ती हट्दै

कालोपत्र भएको छ वर्ष नबित्दै दूरावस्थामा पुगेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्डमा सडक मर्मतसुधार धमाधम भइरहेको छ । सडकको स्तर खस्कँदा लामो समयदेखि यात्रुले झेल्दै आएको सास्ती आउँदो वर्षात्अगावै हट्ने भएको छ । रुग्ण सडकलाई पुरानै स्थितिमा फर्काउन वृहत् मर्मत थालिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । आयोजनाका इञ्जिनियर राजन पाण्डेका अनुसार हालसम्म सडक मर्मतमा २० प्रतिशत भौतिक र १५ प्रतिशत वित्तीय प्रगति भएको छ । “ १४ महिनाको सम्झौता छ, तीव्र गतिमा काम भइरहेकाले त्योभन्दा छिट्टै सकिन्छ”, उहाँले भन्नुभयो… पुरा पढौ

माटोमा अम्लियपनाको समस्या

पर्वतमा खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या देखिएको छ । नबौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनाको समस्या बढी देखिएको हो । पैँयू गाउँपालिकाको सातवटै वार्डबाट माटोको एक सय दुई नमुना परीक्षण गरिएको थियो । सङ्कलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा पनि कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिनुभयो । नतिजामा २५ प्रतिशत नमुनामा अम्लियपनाको समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखिएको… पुरा पढौ

चरक मेमोरियल हस्पिटलमा निःशूल्क परामर्श सहित ५० प्रतिशतसम्म छुट

पोखरा । चरक मेमोरियल हस्पिटल प्रा.लि. ले १० औं वार्षिकोत्सवका अवसरमा निःशूल्क परामर्श सहित विशेष छुट दिने भएको छ । हस्पिटलले वार्षिकोत्सवका अवसरमा मंसिर २१ गतेदेखि २९ गतेसम्म विभिन्न उपचारमा निःशूल्क परामर्श सहित विशेष छुटको घोषणा गरेको हो । पोखरा ८ नागढुंगास्थित अस्पतालले हाडजोर्नी, नशा तथा मेरुढण्ड, सुगर, थाइरोइड, मुटु र ब्लडप्रेसर, महिला तथा प्रसुती रोग, बाल रोग, पेट, छाती, फोक्सो, पत्थरी, हर्निया, पाइल्स, फिस्टुला लगायतका समस्याको निःशूल्क परार्श दिने जनाएको छ । यसका साथै हस्पिटललले भिडियो एक्स–रेमा ५० प्रतिशत,… पुरा पढौ

छतमा लटरम्म फलफूल र तरकारी

म्याग्दीको सदरमुकाम बेनीको हुलाकचोकको दायाँतर्फ शान्ति टोल नपुग्दै बेनी नगरपालिका– ७ का पूर्ववडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको तीन तले घरको छत सिमी, गाजर, मुला, साग, खुर्सानी, बन्दा, काउलीलगायत तरकारी र अन्य एकदर्जन भन्दाबढी फूलले भरिभराउ छ । श्रेष्ठको घरको छत, व्यावसायिक किसानको करेसाबारीभन्दा कम छैन । छतमै तरकारी र फलफूल फल्न र फूल्न थालेपछि श्रेष्ठ दम्पतीलाई बाहिरबाट तरकारी किन्ने झण्झट छैन । म्याग्दी जिल्ला हुलाक कार्यालयको प्रमुखसमेत रहनुभएकी साधना कुमारीले घरको छतलाई नै करेसाबारी र फूलबारी बनाउनुभएको हो। त्यसैगरी वीरेन्द्रचोककी सिर्जना भट्टचनको… पुरा पढौ