समाचार

दोलखाको मतगणनामा माओवादीका कार्की अगाडि

दोलखा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा काकीले अग्रता लिएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीभन्दा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका कार्की १ हजार १९५ मतान्तरले अगाडि छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कार्कीले ३५ हजार ७९० मत ल्याएका छन् भने सिवाकोटीले ३४ हजार ५९० मत ल्याएका छन्। पुरा पढौ

संगम सहकारीका दिदिबहिनीहरु ढकिया बनाउँदै

पोखरा–१५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायमा रहेका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम दिएको छ। ‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई समेत आत्मसाथ राखी संस्थाका सेयर सदस्य भएका र नभएका दुबै बर्गलाई समेटी ६ दिने हस्तकला तालिम संचालन गरेको हो। शिक्षा उपसमितिको पहलमा संस्थाकै हलमा भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष सावित्री कोइरालाले यस किसिमका तालिमले घर–घरमै स्वरोजगारको सिर्जना भई आर्थिक बिकासमा महत्वपूर्ण टेवा दिने बताइन्।… पुरा पढौ

आइसीसी विश्वकप लिग–२: नेपाल स्कटल्यान्डसँग पराजित

नेपाल नामिबियामा जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको छ। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा आइतबार भएको खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेपछि नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भयो। नेपालले दिएको १३८ रनको विजय लक्ष्य स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेटको क्षतिमा १४३ रन जोड्दै पूरा गर्‍यो। स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४३ रन बनाए। ब्राण्डन म्याकमुलेनले अविजित ३२, माइकल लेस्कले २२, जर्ज मुन्सेले १७ र म्याथ्यु क्रसले १३ रन बनाए। बलिङमा नेपालका सागर ढकाल,… पुरा पढौ

आज विश्व माटो दिवस पनि

आज अंग्रेजी डिसेम्बर महिनाको ५ तारिक अर्थात विश्व माटो दिवस। स्वस्थ माटोको महत्वमा विश्वको ध्यान केन्द्रीत गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनचेतना फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको आब्हनमा विश्व माटो दिवस मनाउने गरेको छ। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो। खाधान्न र माटोलाई जोडेर यस वर्षको माटो दिवसको नारा क्यष्स् िध्जभचभ ाययम दभनष्लक तय गरिएको छ। कृषि तथा माटो विज्ञहरुका… पुरा पढौ

आज अन्तराष्ट्रिय स्वयंसेवक दिवस

आज अंग्रेजी डिसेम्बर महिनाको ५ तारिक अर्थात अन्तर्राट्रिय स्वयंसेवक दिवस। प्रत्येक वर्षको डिसेम्बर ५ तारिकका दिन यो दिवस मनाइँदै आएको छ। सन् १९८५ मा संयुक्त राष्ट्रसंघको महासभाले यसलाई अन्तर्राष्ट्रिय रुपमा मनाउने भनेर पारित गरेको हो। आर्थिक र सामाजिक विकासका लागि यो दिवसको अति नै महत्व छ। विशेषगरि, गैरसरकारी लगायतका विभिन्न संघसंस्थाहरुले आर्थिक तथा सामाजिक रुपान्तरणको नारा दिएर यो दिवसलाई विशेष महत्वका साथ मनाउँदै आएका छन्। आर्थिक र सामाजिक रूपान्तरणलाई समाज विकासको विशिष्ट आयामका रूपमा लिइन्छ। विश्वमा अहिले १ करोड ९… पुरा पढौ

स्वर सम्राट नारायण गोपाल स्मृति दिवस

आज मंसीर १९ गते नेपाली गीत संगीतका स्वर सम्राट नारायण गोपालको स्मृति दिवस। ‘म त लालीगुराँस भएँछु ‘‘ वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ ‘आँखा छोपी नरोउ भनी भन्नु पर्‍या छ,मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍याछ।’ यी र यस्ता सयौँ गीतलाई कर्णप्रिय स्वरले सिंगारेका नारायण गोपाल गुरुवाचार्यको आज स्मृति दिवस मनाइँदैछ। उनको सम्झनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर आज उनलाई सम्झने गरिन्छ। जादुमयी आवाजबाट गीत, संगीतमा सबैलाई आकर्षण गर्न सफल नारायण गोपालले स्वर सम्राटको उपाधि पाएका थिए। विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित… पुरा पढौ

फिफा विश्वकप: फ्रान्स र इंग्ल्यान्ड क्वार्टरफाइनलमा भिड्ने

फ्रान्सले कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन क्वार्टरफाइनलमा आफ्नो स्थान सुनिश्चित गराएको छ। फ्रान्सले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो। पहिलो हाफको ४४ औं मिनेटमा फ्रान्सका लागि ओलिभर जिरुले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। उनले एम्बापेको असिस्टमा गोल गरेका थिए। जिरुको उक्त गोल देशका लागि ५२ औं गोल थियो। उनी फ्रान्सका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। दोस्रो हाफमा सशक्त देखिएको फ्रान्सले आफ्ना स्टार खेलाडी काइलिन एम्बापेको २ गोलले… पुरा पढौ

चुनावी समीक्षाका लागि सत्ता गठबन्धनको बैठक भोलि

काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए । सठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका थिए । कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको… पुरा पढौ

तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा गरिएको जानकारी दिए । नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उहाँले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा… पुरा पढौ

आरजू सल्यानीलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् ।… पुरा पढौ