समाचार

रूसी आक्रमणका कारण युक्रेनको आधाभन्दा बढी भागमा विद्युत् आपूर्ति बन्द

रूसी फौजले सोमबार भयानक आक्रमण गरेपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाइराख्न त्यसलाई आपतकालीन रुपमा बन्द गर्न लागेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। उनले युक्रेनका थुप्रै क्षेत्र आक्रमणबाट प्रभावित भएको र स्थानीय निकायहरुले आगामी केही दिनसम्म युक्रेनको करिब आधा भागमा विद्युत् आपूर्ति नहुने चेतावनी दिएको जानकारी दिएका छन्। युक्रेनमा सोमबार भएको आक्रमणमा ४ जना मानिसले ज्यान गुमाएको संचारमाध्यमहरुले लेखेको छ। अधिकारीहरुका अनुसार रातभर दक्षिणी सहर जापोरिझझिया नजिकका संवेदनशील पूर्वाधारमा रूसी फौजले थप क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसैगरी, मंगलबार रूसको… पुरा पढौ

कोलम्बिया पहिरो : ३३ जना पुरिए

कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने ९ जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार जनाको अवस्था गंभीर छ। यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रुवाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत ३ जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्रा.डा.ले बताएका छन्। पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाई र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो। राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको… पुरा पढौ

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलवार साँझ बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षिया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिएका छन्। प्रहरीका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएको अवस्थामा जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। स्थानीय घरले वृद्ध अवर रातिसम्म पनि घर नफर्केपछि वनमा खोजी गर्दा शरीर च्यातेर फालेको अवस्थामा फेला परेको बताए। पुरा पढौ

नरभक्षी चितुवालाई गोली हानी मारियो

तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्नेमा नरभक्षी चितुवालाई गोली हानी मारिएको छ। प्रहरी नायब निरीक्षक रामशरण रानाको कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन्। करिब ५० किलो तौल भएको चितुवामाथि २ राउण्ड गोली प्रहार गरी मारिएको उनले जानकारी दिए। सोमबार साँझ मारिएको चितुवालाई डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको छ। निरन्तर रूपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न कात्तिक १६ गते जिल्ला प्रशासन कार्यालयले आदेश दिएको थियो। प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को… पुरा पढौ

कन्या क्याम्पसले जित्यो भलिवल प्रतियोगिता

कन्या क्याम्पस प्राध्यापक संघद्वारा आयोजित सामुदायिक क्याम्पसस्तरीय छात्रा भलिवल प्रतियोगिता कन्या क्याम्पसले जितेको छ। कन्या क्याम्पस पोखराको ३१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा जनप्रिय बहुमुखी क्याम्पसलाई पराजित गर्दै कन्या क्याम्पसले उपाधि जितेको हो। रोमाञ्चक प्रतिस्पर्धामा कन्याले जनप्रियलाई ३–२ को सेटमा पराजित गर्‍यो। सुरुआती २ सेट गुमाएको कन्याले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल बन्यो। मंगलबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा विन्ध्यवासिनी क्याम्पसले कालिका पब्लिक कलेजलाई ३–१ सेटमा पराजित गर्‍यो। पहिलो खेलमा कालिका पब्लिक कलेजकी… पुरा पढौ

लैङ्गिक हिंसा विरुद्धमा सचेतना र्‍याली

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा न्यूनीकरणको लागि राष्ट्रव्यापी रुपमा १६ दिने अभियान संचालन गरेको छ। ‘सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित संचालित अभियानमा अन्तर्गत सचेतना र्‍याली, अन्तरकृया, कोणसभा गर्दै आएको हो। कास्की जिल्ला महासंघको आयोजना तथा फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पोखरा २५ हेमजामा र्‍याली तथा कोणसभाको आयोजना गरियो। समाजमा हुने शारिरीक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका बिभिन्न हिंसा विरुद्धमा सिंगो समाज एकताबद्ध भएर लाग्नु पर्नेमा सभाका बक्ताहरुले जोड दिएका… पुरा पढौ

सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन

सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ। कम्पनीले मंगलबारदेखि आईपीओ निष्कासन गरेको हो। उक्त आईपीओमा आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका आवेदन दिन सक्नेछन्। जसमा कास्की जिल्लाको मादी गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, कास्की जिल्लाको मादी गाउँपालिका–३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका–२६, २७ र २८ का स्थानीय बासिन्दाले ७ लाख ३५ हजार कित्ताका लागि… पुरा पढौ

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

आज अंग्रेजी डिसेम्बर महिनाको ७ तारिक अर्थात अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस। विविध कार्यक्रमका साथ आजका दिन नेपाललगायत विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ। शिकागो कन्भेन्सन लागू भएपछि सन् १९ सय ९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले यो दिवस मनाउँदै आएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन्। आजका दिन संसारभरका नागरिक उड्डयन विभागहरूले एकै स्वरमा नागरिक उड्डयन सुरक्षा र… पुरा पढौ

फिफा विश्वकप: क्वार्टरफाइनल समिकरण पूरा

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। मंगलबार राति सम्पन्न अन्तिम २ खेलसँगै प्रिक्वार्टरफाइनल चरणका खेलहरु सकिएका छन्। प्रिक्वार्टरफाइनलका अन्तिम २ खेल, मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको छ। मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि–क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम ८ मा स्थान बनाएका छन्। अब, पहिलो क्वाटरफाइनलमा ब्राजिल… पुरा पढौ

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

काठमाण्डौं । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गरेका हुन् । उनले निर्वाचनमा रु २६ लाख १२… पुरा पढौ