पोखरा । चरक मेमोरियल हस्पिटल प्रा.लि. ले १० औं वार्षिकोत्सवका अवसरमा निःशूल्क परामर्श सहित विशेष छुट दिने भएको छ ।
हस्पिटलले वार्षिकोत्सवका अवसरमा मंसिर २१ गतेदेखि २९ गतेसम्म विभिन्न उपचारमा निःशूल्क परामर्श सहित विशेष छुटको घोषणा गरेको हो ।
पोखरा ८ नागढुंगास्थित अस्पतालले हाडजोर्नी, नशा तथा मेरुढण्ड, सुगर, थाइरोइड, मुटु र ब्लडप्रेसर, महिला तथा प्रसुती रोग, बाल रोग, पेट, छाती, फोक्सो, पत्थरी, हर्निया, पाइल्स, फिस्टुला लगायतका समस्याको निःशूल्क परार्श दिने जनाएको छ ।
यसका साथै हस्पिटललले भिडियो एक्स–रेमा ५० प्रतिशत, ल्याव टेष्ट र रेडियोलोजीतर्फ १५–१५ प्रतिशत छुटको व्यवस्था गरेको पनि जनाएको छ ।
हस्पिटलका यि सेवा विहान ९ बजेदेखि ४ बजेसम्म उपलब्ध रहने जनाइएको छ । साथै अस्पतालले समयमा नै स्वास्थ्य परीक्षण गरि स्वास्थ्य लाभ लिन आग्रह गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







