समाचार

बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन सुरु

गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ । नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास–५ को पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन गरिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए… पुरा पढौ

कोलपाटन आमा समूहद्धारा सिद्ध माविलाई रकम हस्तान्तरण

पोखरा । कोलपाटन आमा समूह पोखरा १५ ले श्री सिद्ध मावि अक्षयकोषमा अक्षरुपी तीस हजार एक सय पचपन्न रकम सहयोग गरेको छ । आमा समूहले नेपालीहरुको महान् पर्व तिहारको अवसरमा देउसी भैलो खेलेको केही रकम हस्तान्तरण गरेको समूहकी अध्यक्ष सावित्री पौडेलले बताइन् । पौडेलले आफूहरुले एकएक गरि जम्मा गरेको रकम शिक्षाको पवित्र स्थानमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आमा समूहले अर्को वर्ष पनि रकम सहयोग गरी अक्षयकोषमा रु ५० हजार पुर्याउने लक्ष्य रहेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा… पुरा पढौ

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

काठमाडौ । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ÷नौ स्थानमा विजयी भएका छन् । प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ ।… पुरा पढौ

नगरपालिकाको व्यवस्थापनमा विद्यार्थीलाई निःशुल्क यातायात सेवा

चितवन । चितवन जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु¥याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्बजनिक यातायातमा निःशुल्क गरिएको हो । यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उनले बताए । अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका… पुरा पढौ

नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले निवारण उन्मुख

बागलुङ नगरपालिका(१४ नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले सङ्क्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । विसं २०६६ मा ‘बेसलाइन सर्वे’ हुँदा १३ प्रतिशतमा सङ्क्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम सङ्क्रमण भएको नतिजा आएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय बागलुङले नारायणस्थानमा आम औषधि सेवन अभियानअघि प्रारम्भिक परीक्षण गरेका थिए । नारायणस्थानमा तीन सय ४७ जनामा गरिएको परीक्षणमा एक जनामा मात्रै हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन… पुरा पढौ

पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि

पोखरा । अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्… पुरा पढौ

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला… पुरा पढौ

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । नेकपा एमाले ४४, नेकपा माओवादी केन्द्र १८,। नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात÷सात, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु… पुरा पढौ

दोलखाको प्रदेशसभा (२) बाट एमालेका भरतबहादुर केसी निर्वाचित

दोलखा जिल्लाको प्रदेशसभा (२) बाट नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वर्मा लामालाई १ हजार ८१९ को मतान्तरले हराउँदै बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा केसीले १९ हजार ४१४ मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका लामाले १७ हजार ५९५ मत प्राप्त गरे। पुरा पढौ