समाचार

हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

नेपाल–चीन सीमा नजिकै उनको सानो घर छ । माटोको सहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा पुगिन्छ उनको गाउँ । बर्खाका केही महिना उनको परिवार त्यही घरमा बस्छ । तर हिउँदमा गाउँ बसिसक्नु हुन्न हिउँले । अबका केही दिनपछि घरका छानो नै छोप्न थाल्छ हिउँले । त्यसैले मङ्सिर महिना नलाग्दै २८ वर्षीय कर्म भोटे परिवारसहित बेंसी झरेका छन । मनभरि उनको घर छ, अबका केही महिना उनी घरमा छन । लोमान्थाङ गाउँपालिका–२ मा रहेको आफ्नै दुःखले आर्जेको घर छ । तर… पुरा पढौ

कर्णाली प्रदेश: बालबालिकाका क्षेत्रमा न्यून बजेट

कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियानद्वारा गरिएको अध्ययनमा सो क्षेत्रमा दुई प्रतिशत मात्रै बजेट विनियोजन हुने गरेको पाइएको हो । प्रदेश सरकारले अधिकांश बजेट भौतिक पूर्वाधारमा केन्द्रीत गरेको देखिएको छ । अध्ययनमा तीन आर्थिक वर्षको बजेट समेटिएको थियो । अर्थिक वर्ष २०७५÷७६ मा २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट मध्ये बालबालिको क्षेत्रमा २।३० प्रतिशत मात्रै बजेट विनियोजन गरिएको प्रतिवेदनले जनाएको छ ।… पुरा पढौ

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन् । जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु–१ मा मानवीर राई, खोटाङ–१ मा रामकुमार राई, इलाम–२ बाट सुवास नेम्वाङ, झापा–४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित हुनुभएको छ… पुरा पढौ

पोखरा उद्योग वाणिज्य सङ्घ: पोखराको समृद्धिको महत्वपूर्ण साझेदार

जहानियाँ राणाशासनको अन्त्य भई २००७ सालमा स्थापित प्रजातन्त्रपछि पोखरामा स्थापित यहाँको पुरानो संस्था हो पोखरा उद्योग वाणिज्य सङ्घ । उद्योग व्यवसायीको हकहितका लागि स्थापित सङ्घ स्थापनायता निरन्तर यहाँको शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा साझेदार बन्दै आएको छ । तत्कालीन समयमा यहाँका व्यापारीले आफ्ना हक तथा अधिकारको संरक्षणका लागि २००८ सालमा स्व टेकबहादुर ढेवाजुको अध्यक्षतामा ३३ जना व्यवसायी सम्मिलित संस्था खोलिएको थियो । उक्त संस्थाले निरन्तरता पाउन नसके पनि उक्त प्रयासकै जगमा २०११ माघ २५ गते स्व अमृतप्रसाद शेरचनको अध्यक्षतामा पोखरा व्यापार… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै… पुरा पढौ

वालिङ नगरपालिका र निफ्राबीच सम्झौता

आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका विषयमा स्याङ्जाको वालिङ नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । वालिङ नगरपालिकाले आँधीखोलामा जलाशय निर्माण गरी जलविहारको व्यवस्था मिलाइ आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्नका लागि सार्वजनिक निजी साझेदारीमा विकास, लगानी, निर्माण एवं सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर… पुरा पढौ

अर्थतन्त्र सङ्कटमा छैन: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । “अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।” अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको… पुरा पढौ

अर्थतन्त्र सुधारोन्मुख छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए । “समस्या समाधानका लागि हामी खुला छौँ”, उनले भने, “केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।” गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष… पुरा पढौ

सुन चाँदीको भाउ फेरि बढ्यो

साताको पाँचौ दिन आज सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको पनि आज भाउ बढेको छ ।चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

पोखरा वडा नं १५ को कपाल काट्ने तालिम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को एक महिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायिक सिपमूलक कपाल काट्ने तालिम वडा नम्बर १५ का १० जना युवालाई एक महिनासम्म दिइएको वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए । एक महिनासम्म तालिम सिकेर एक हप्तासम्म वडावासीको निशुल्क कपाल काटिरहेको पनि बानियााँले बताए । त्यस्तै वडा सदस्य आशिष भण्डारीले पोखरा १५ स्थित सिद्ध मावि फलेपाटनका १५० विद्यार्थीहरु र वडामा आउने वडाबासी गरि हप्ताभरिमा… पुरा पढौ