समाचार

‘समृद्धिको खाका कोर्न उम्मेदवार’ – विद्या भट्टराई

नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा समृद्धिको खाका कोर्न आप्mनो उम्मेदवारी भएको बताएकी छन्। पोलिटिकल साइन्स सोसाइटी नेपालद्धारा आइतवार पोखरामा आयोजित कास्की जिल्लाबाट संघीय र प्रदेश सभाका उम्मेदवारहरुसँगको मंसीर ४ को निर्वाचनमा ‘तपाई किन उम्मेदवार ? भन्ने बहस कार्यक्रममा उनले पठाएको सन्देशमा अवको समृद्धिको आन्दोलन आवश्यक रहेको उल्लेख गरेकी छन्। डेंगु संंक्रमणका कारण पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईले पठाएकोे सन्देशमा घोषणा पत्रमार्पmत गरिएका समृद्धिका… पुरा पढौ

पोखरा–१४ मा एमालेको चुनाव प्रचार–प्रसार समिति कार्यालय स्थापना

पोखरा महानगरपालिका–१४ मा नेकपा एमालेले चुनाव प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ। कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) ले प्रचार कार्यालयको उद्घाटन गर्दै पार्टीका नेता कार्यकर्तालाई मतदाताहरुको साथमा सधैं एमाले रहने र स्थानीयका विकासका कार्यदेखि नीति निर्माण पनि नेकपा एमाले पार्टीले मात्र वकालत गर्न सक्ने कुरा बुझाउन निर्देशन दिए। उनले वडावासीको हितका पक्षमा आफू सदैव लागिरहने बताउँदै एमालेलाई मंसीर ४ गते हुने निर्वाचनमा पहिलो पार्टी बनाउन सूर्य चिन्हमा मतदान… पुरा पढौ

आज विश्व विकास सूचना दिवस पनि

आज अंग्रेजी महिनाको २४ तारिक अर्थात विश्व विकास सूचना दिवस पनि। सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस यता हरेक वर्षको २४ अक्टुबरको दिनमा विश्वभरि विश्व विकास सूचना दिवस मनाइँदै आएको छ। राष्ट्र संघको विधानसभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खासगरी युवा मान्छेमा रहने विकासको समस्याहरुको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ। यसले विकासको लागि… पुरा पढौ

आज संयुक्त राष्ट्र संघ दिवस

आज अंग्रेजी अक्टुबर महिनाको २४ तारिक अर्थात संयुक्त राष्ट्र संघ दिवस। आजका दिन विश्वभर संयुक्त राष्ट्र संघको स्थापना दिवसको सम्झनामा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघको दिवस परम्परागत रूपमा संगठनको उपलब्धीहरू र लक्ष्यहरूको बारेमा बैठकहरू, छलफल र प्रदर्शन गरी विश्वभरमा मनाइने गरिएको छ। सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको अधिकारिक स्थापनाको सम्झनामा यो दिवस मनाइँदै आएको हो। संयुक्त राष्ट्र संघ सन् १९४७ मा, संयुक्त राष्ट्र महासभाले अक्टोबर २४ लाई, संयुक्त राष्ट्रसंघको बडापत्रको वार्षिकोत्सव घोषणा गरेको थियो। जसअनुसार ‘विश्वका जनतालाई… पुरा पढौ

महाकवि लक्ष्मीप्रसद देवकोटाको ११४ औं जन्मजयन्ति

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्ती। आजका दिन कहाकवि देवकोटाको जन्म जयन्ती देश तथा विदेशमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटको जन्म जयन्ती मनाइँदैछ। आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष नेपालसँगै भारतको दार्जिलिङ सिक्किम जस्ता नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ। विसं १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए। तत्कालीन… पुरा पढौ

आज एकै दिन लक्ष्मीपूजा र कुकूर तिहार

आज कार्तिक चतुर्दशी अर्थात यम पञ्चकको एकैदिन लक्ष्मीपूजा र कुकूर तिहार एकै दिन परेको छ। आज विहान कुकूरको पूजा गरिन्छ भने बेलुकी धनधान्यकी देवी लक्ष्मीपूजा गरिन्छ। यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै लक्ष्मी पूजा परेको छ। आज कार्तिक ७ गते सोमबार बेलुकी नै औँसी तिथि परेकाले आजकै दिन बिहान कुकुर पूजा गरी बेलुकी लक्ष्मी पूजा गर्न मिल्ने पञ्चांग निर्णायक समितिले जनाएको छ। यसअघिका वर्षहरुमा यमपञ्चकको दोस्रो दिन कुकूर तिहार र तेस्रो दिन गाई तिहार अर्थात लक्ष्मीपूजा… पुरा पढौ

एभरेस्टकर्मी श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित

कार्तिक ६ पोखरा । एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित भएका छन् । ड्यामसाइड क्लव पोखरा– १७ ले एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एफएमका प्रस्तोता तथा नेपाल पत्रकार महासंघ कास्कीका निबर्तमान अध्यक्ष श्रेष्ठलाई पत्रकारिताको माध्यमबाट सामाजिक उत्तरदायित्व वहन गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी विभिन्न कालखण्डमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । आइतबार साँझ क्लवले तिहारको अवसरमा आयोजना गरेको तिहार विशेष साँस्कृतिक साँझका अवसरमा पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही… पुरा पढौ

जनताको अवस्था बदल्नको लागि मेरो उम्मेदवारी :कडेल

पोखरा । पोलिटिकल साइन्स सोसाइटी नेपालले आयोजना गरेको संघिय तथा प्रदेश सभाका उम्मेदहरु संगको बहस कार्याक्रममा कास्की क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका माधव प्रसाद कडेलले भ्रष्टचार हटाउनको लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन् । कडेलले नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको बनाउको लागि काम गर्ने, गुणस्तरीय शिक्षाले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने, शिक्षकलाई सुविधा अन्यलाई भन्दा फरक गर्ने योजना रहेको सुनाए । अहिलेसम्म व्यवस्था परिर्वतन भएको आफ्नो जितेमा जनताको अवस्था परिर्वतन गर्ने धारणा राखेका छन् । अहिलेसम्मका शासकले… पुरा पढौ

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्ध : आयुक्त भण्डारी

कास्की । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताएका छन । राष्ट्रिय समाचार समिति रासस सँगको सहकार्यमा निर्वाचन आयोगले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धताअनुसार आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारे । आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्न लागिएको बताए । उनले… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलब ४९ मा उक्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८८ अङ्कले बढेर तीन सय ६५ दशमलब ९३ मा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर रु ५१ करोड ६८ लाख तीन हजार… पुरा पढौ