समाचार

‘गण्डकी प्रदेशमा बहुमतको सरकार बनाउछौँ’ : उम्मेदवार अधिकारी

पोखरा, ६ कात्तिक । कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर सरकार बनाउने दाबी गरेका हुन् । उनले जनताको पक्षमा निरन्तर बोल्दै र काम गर्दै आएकै कारण एमालेलाई जनताले जिताउने विश्वास व्यक्त गरे । पछिल्लो समय जनताका दैनिक गुजारा गर्न आवश्यक खाद्य सामाग्रीमा बढेको मुल्यवृद्वीलाई बेवास्ता… पुरा पढौ

पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता

पोखरा, ६ कात्तिक । कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै नै सुचारु हुदैछ तर सुकुम्वासीहरुका समस्या जहाँका त्यहि हुनाले हामीलाई आत्मग्लानी भएको छ । त्यसैले निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता सुकुम्वासीहरुको समस्या समाधानमा हुनेछ, त्यसका लागि एमालेलाई जिताउन सूर्य चिन्हमा मत दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ मंसिर ४… पुरा पढौ

बस दुर्घटनामा २३ जना घाइते

नवलपरासी पुर्व । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए । घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल… पुरा पढौ

सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन् । तिहारका समयमा उनलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उनले भनिन् “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएकी छु । उनले आफ्नै… पुरा पढौ

पूर्व सांसद मैयाँदेवी श्रेष्ठको निधन

राजनीतिज्ञ एवं पूर्व सांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। नेपाली काँग्रेसकी नेतृ श्रेष्ठमा पछिल्लो समय निमोनियालगायतको स्वास्थ्य थियो। श्रेष्ठको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो। श्रेष्ठलाई गएको असोज २५ गते भर्ना गरी ५ दिनपछि घर लगिएको थियो। तर पुन: स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो। श्रेष्ठ अविवाहित हुन्। आज बिहान उपचारका क्रममा श्रेष्ठको निधन भएको धर्मपुत्र टंकनाथ पौडेलले जानकारी दिएका छन्। विक्रम सम्वत् १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा मैयाँदेवी जन्म भएको… पुरा पढौ

निर्वाचन आयोगलाई ३० वटा स्पष्टीकरणको जवाफ

निर्वाचन आयोगले ४८ वटा स्पष्टीकरण मागेकोमध्ये ३० वटाको मात्र जवाफ प्राप्त भएको जनाएको छ। शुक्रबारसम्म ३० वटाको मात्र जवाफ आएको जानकारी आएको आयोगले जनाएको छ। आयोगले शुक्रबार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण मगेको छ। शर्माविरुद्व आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको हो। झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै… पुरा पढौ

आलोचनापछि निर्वाचन आयोगले हटायो ‘निर्वाचन गीत’

निर्वाचन आयोगले मंसीर ४ गते निर्वाचनको प्रचार–प्रसार र सचेतनाका लागि भन्दै निर्माण गरेको निर्वाचनसम्बन्धी गीत हटाएको छ।आयोगले एक सूचना जारी गर्दै भिडियो सामग्री परिमार्जनका लागि हटाएको बताएको छ। ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौं,’ आयोगको सूचनामा भनिएको छ, ‘यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ।’ आयोगले निर्माण गरेको उक्त सामग्री वेसुर रहेको र भिडियो निर्माणमासमेत सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गरेका थिए।सामाजिक सञ्जाल… पुरा पढौ

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ। निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाई सक्नुपर्नेछ। आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट ५ भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको… पुरा पढौ

एसईईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए’ प्लस ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरूको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिएका छन् । एसईईमा ‘ए’ प्लस ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई रू. दुई हजार भत्ता दिन शुरु गरिएको जोशीले… पुरा पढौ

पोखराका फेन्सी पसलमा महानगरको अनुगमन

पोखरा महानगरपालिकाले महानगर क्षेत्रका फेन्सी पसलमा अनुगमन गरेको छ। पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा फेन्सी पसलमा अनुगमन गरिएको हो। पोखरामा खाद्यान्न, तरकारी, फलफूल, होटललगायत क्षेत्रमा अनुगमन हुने गरेपनि फेन्सी पसलमा भने महानगरले पहिलोपटक अनुगमन गरेको हो। फेन्सी पसलमा ग्राहकहरू ठगिएको गुनासो आउने गरेकाले अनुगमन गरिएको महानगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले जानकारी दिएका छन्। अनुगमनका क्रममा व्यवसाय दर्ताविना संचालन भएको, दर्ता भएपनि नवीकरण नभएको र खरीद बिल नभएको पाइएको सदस्य… पुरा पढौ