समाचार

म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

सर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेण्डा’ अघि सारेका छन् । हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ । जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर विकास योजना र बजेट भित्र्याउन नसकेको आम गुनासो भइरहँदा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेताले विकास र समृद्धिलाई नै प्रमुख एजेण्डा बनाएका छन् । सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा नेकपा (एमाले) ले… पुरा पढौ

अल्पसंयअल्पसंख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा

तनहुँको देवघाट गाउँपालिकाले अल्पसंख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुवात गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिए बमोजिम गाउँपालिकाले अल्पसंख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो । गाउँपालिकाले वडा नम्बर ५ को गणेश टोलबाट अल्पसंख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिएका छन् । यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ । ‘पहिलो चरणमा २७ परिवारको स्वास्थ्य… पुरा पढौ

तनहुँमा बढी शुल्क लिने होटललाई दुई लाख रुपैयाँ जरीवाना

जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरीवाना गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो । व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई÷दुई लाखका दरले जरीवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । ‘ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो,… पुरा पढौ

यस वर्षपनि पोखरामा भाइटीका महोत्सव हुँदै

होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस वर्षपनि भाइटिका महोत्सवलाई निरन्तरता दिदैँछ। संघले यस वर्षको तिहारमा (आउँदो कात्तिक १० गते) १५ औँ संस्कारणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको हो।लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने भएको हो। संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। कोभिड–१९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास लिइएको छ । पुरा पढौ

निर्वाचनमा सक्रिय सहभागिता आवश्यक: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आउँदो मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। धार्मिकरुपमा प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा शनिबार मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन्। ‘लोकतन्त्रलाई सुदृढ गर्न आउँदो मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक छ,’ उनले भने। नेपाली जनताले राजतन्त्र फालेर संघीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेकाले लोकतन्त्र जीवन्त राख्न आम नेपालीले निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने… पुरा पढौ

बेगनासतालमा डुंगा पल्टदा एक जनाको मृत्यु

बेगनास तालमा डुंगा पल्टदा एक जनाको मृत्यु भएको छ। पोखराको माझीकुना स्थित बेगनासतालमा शुक्रबार डुंगा पल्टदा एक पुरुषको मृत्यु हो । पोखरा १३ बाझापाटन घर भएका ३८ वर्षीय लालबहादुर गुरुङको तालमा डुबेर मृत्यु भएको हो। गुरुङले माझीकुनाको एक स्थानीय होटलबाट आफै कायक डुंगा लिएर तालमा घुम्न गएकाे प्रहरीकाे भनाई छ। उनीसँगै उनको साली नाता पर्ने महिला पनि कायक डुंगा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन्। त्यसलगत्तै, महिलाको उद्धार गरेर खोजीकार्य थाले पनि गुरुङ भने फेला परेका थिएनन्।… पुरा पढौ

आज विश्व खाद्य दिवस

आज अंग्रेजी अक्टुबर महिनाको १६ तारिक अर्थात विश्व खाद्य दिवस। हरेक वर्षको अक्टुबर १६ तारिकका दिन खाद्यसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरी नेपाल लगायत विश्वभर खाद्य दिवस मनाइँदै आएको छ। सन् १९७९ देखि सुरु गरिएको विश्व खाद्य दिवस नेपालले मनाउन थालेको ४ दशक नाघेको छ। संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै हरेक वर्षको अक्टोवर १६ को दिन विश्व खाद्य संकट र भोकमरीविरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ। विश्व खाद्य… पुरा पढौ

पत्रकार गिरी लोकदोहोरी पत्रकारीता सम्मानबाट सम्मानित

पोखरा । राष्ट्रिय लोकदोहोरी पत्रकारीता पुरस्कार कास्कीबाट पत्रकार एकराज गिरी सम्मानित भएका छन् । राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीले पत्रकार एकराज गिरी सहित विभिन्न ब्यक्तिलाई सम्मान गरेको हो । आठौँ जिल्ला अधिवेशन तथा २१ औ साधारण सभामा पत्रकारीताको क्षेत्रबाट लोकदोहोरी गीत प्रतिष्ठानका गतिविधिलाई पत्रकारीताको माध्यमबाट प्रचार प्रसार गरी पु¥याएको योगदानको कदर गदै नगद, सम्मानपत्र, दोसल्ल्ला र खादाँले सम्मान गरिएको हो । पत्रकार गिरी विगत १९ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । उनले गोरखापत्र दैनिक, पोखरा हटलाईन दैनिक, पोखरा एफएम,… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अगाडि, पुरुषतर्फ दुर्गा र महिलातर्फ अनुस्का

पोखरा । आर्चरी खेलतर्फ गण्डकीका खेलाडी अगाडि देखिएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबारदेखि सुरु आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्ती मगर र महिलातर्फ अनुश्का शेरचन उच्च स्कोरका साथ पहिलो वरियतामा रहे । ¥याङकिङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका हुन् । ७२० पूर्णांक रहेको खेलमा नेपाल पुलिसका नगेन्द्र आचार्य ६५३ अंकका साथ वरियताको दोस्रो स्थानमा र गण्डकीकै खड्ग घर्ती ६४९ अंक ल्याउँदै तेस्रो वरियतामा रहे… पुरा पढौ

ब्याडमिन्टन टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि

पोखरा २९ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्ट टिम इभेन्टको सेमिफाइनल र फाइनल भोलि हुँदैछ । पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा हुने सेमिफाइन र फाइनल खेल्ने टोलीको टुंगो शनिबार लागिसकेको छ । महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ । दुवै सेमिफाइनल बिहान ७ बजे खेलाइने छ । यस्तै पुरुष टिम इभेन्टतर्फको सेमिफाइनलमा बिहान ८ बजे भित्रुवन आर्मी क्लब र नेपाल पुलिस… पुरा पढौ