समाचार

हाप्किडोलाई राष्ट्रिय खेलमा सहभागी नगराउनु दुखद् ः पर्यटनमन्त्री शर्मा

जुना थापा३० असोज, पोखरा ।गण्डकी प्रदेशका पर्यटनमन्त्री माननीय मणिभद्र शर्माले पोखरा रंगशालामा भइरहेको नवौँ राष्ट्रिय खेलकुदमा मार्सल आर्टस्अन्तर्गतको हाप्किडोलाई प्रदर्शन तथा प्रतियोगितामा स्थान नदिइनु दुखद भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको नेपाल हाप्किडो संघको हाप्किडो खेल प्रदर्शनी, राष्ट्रिय प्रशिक्षक लिडरसिप तथा रेफ्री सेमिनार कार्यक्रममा बोल्दै मन्त्री शर्माले हाप्किडोलाई राज्यले अन्य खेल सरह हेर्न नसक्नु दुखपूर्ण भएको बताउँदै यस्तो कार्य खेलकुदका लागि असल अभ्यास नभएको बताए । खेलकुदका गतिविधिले पनि नेपालको पर्यटनमा टेवा पुर्याएको भन्दै मार्सल आर्टअन्तर्गतको हाप्किडो खेललाई… पुरा पढौ

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए । पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मी र पुलिस अगाडि

पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिवारदेखि सुरु बक्सिङ खेलमा विभागीय टोली आर्मी, र प्रहरी अगाडि रहेका छन् । शनिवार पुरुषतर्फ ११ र महिलातर्फ १२ खेल सम्पन्न थिए । पहिलोपटक पुरुषतर्फ खेलमा गण्डकी प्रदेशका दर्शन गुरुङ र कर्णाली प्रदेशका मोहन गुरुङ भिडेका थिए । गण्डकीका गुरुङलाई हराउँदै ४ नम्बर प्राप्त गरेको मोहन विजयी भएका छन् । यस्तै, गण्डकी प्रदेशका विफिन गुरुङलाई हराउदै कर्णालीकै जीवनकुमार पुन विजयी घोषित भएका छन् । उनले ५ नम्बर ल्याएका थिए । नेपाल पुलिस क्लवका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ । नीलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् । नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो… पुरा पढौ

एथलेटिक्समा आर्मीका दुई कीर्तिमान

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ । पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले १ मिनेट… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबल बागमतीको जित

तनहुँ । तनहुँमा जारी महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अंकको अन्तरमा पराजित गरेको हो । प्रतियोगिता लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो चरणमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो । यसै गरी बागमतीले दोस्रो चरणमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर कायम ग¥यो । चौथो चरणमा गण्डकीले १६–९ को अन्तर बनायो । खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अंक जोडेकी थिइन् । यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४… पुरा पढौ

राष्ट्रिय खेलकुद: ३० स्वर्णको छिनोफानो, आर्मीलाई १५ स्वर्ण

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ। हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ। यसैगरी बागमती प्रदेशले ६ स्वर्ण, छ रजत र २ कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ। सशस्त्र प्रहरीको (एपीएफ) ४ स्वर्ण, ६ रजत र ९ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ। आयोजक गण्डकी प्रदेशले हालसम्म २ स्वर्ण, २ रजत र ६ कास्यसहित १०… पुरा पढौ

शताब्दी पुरुषको निधनले अहिलेको पुस्तालाई जीवन्त साक्षात्कार गर्ने अवसर गुम्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले जोशीको निधनले अत्यन्त दु:खी बनाएको बताएका छन्। साथै उनले जोशीको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गरेका छन्। अध्यक्ष ओलीले भनेका छन्, ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दु:खी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ।’ पुरा पढौ

सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिदैं

सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिदैंछन्। सत्तारुढ गठबन्धनले काठमाडौँमा आज (आइतबार) प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो। काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। उनका अनुसार काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंहलगायतले प्रशिक्षण दिने कार्यक्रम छ। कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ। पुरा पढौ

नगरपालिकामा स्तनपान कक्ष स्थापना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पु¥याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। ‘यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको थियो’, नगरप्रमुख अधिकारीले भने, ‘स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहजता आउँछ… पुरा पढौ