समाचार

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो । उद्घाटन खेल अपराह्न ४ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए । बिहान ११ बजे दमौलीबाट विभिन्न जातजातिको झाँकीसहित विद्यालय प्राङ्गणमा ¥याली निकालिएको छ । प्रतियोगितका लागि फुलकोर्ट पाँच खेलाडी र… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङको इपि टिम इभेण्टमा आर्मीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ । आर्मीले एपिएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५ औ स्वर्ण पदक हो ।पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए । फेन्सिङको अंक तालिका अनुसार आर्मी च्याम्पियन बनेको छ ।… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : टेनिस शुरु, नौ टोलीको सहभागिता

पोखरा,२८ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखी पोखरा रङ्गशालाको टेनिस कोर्टमा टेनिस सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।सदस्य सचिव घिसिङले मुख्य टेनिस प्रशिक्षक रेणुदेवी कोण्डालाई टेनिस बल हस्तान्तरण गरेर प्रतियोगिताको सुभारम्भ गरेका थिए ।टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोलीले भाग लिएका छन् ।टेनिसमा महिला तथा पुरुष टिम इभेण्ट, महिला डबल्स, पुरुष डबल्स, मिक्स, महिला व्यक्तिगत र… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीमा गण्डकीको बिजयी यात्रा जारी

पोखरा, असोज २८ नवौं राष्ट्रिय खेलकुद महिला हक्कीको आज (शुक्रबार) भएको दोस्रो दिनको दोस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । आज भएको महिला हक्कीको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० को गोल अन्तरले हराएको हो ।खेलको पहिलो क्वार्टरमा गण्डकीका तर्फबाट ज्योति काफ्लेले गोल गर्दै अग्रता दिलाएकी थिईन् । खेलको सुरुआती ५ मिनेटमा नै ज्योतिले गोल गर्दै गण्डकीका लागि खाता खोलेकी थिईन् । खेलको १३ औं मिनेटमा गण्डकीकी सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको दोस्रो क्वाटरमा… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : सेनालाई फेन्सिङमा पाँच स्वर्ण पदक

कास्की । पोखरामा जारी नवौँं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष ‘टिम इपि’ खेल विधामा विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालाको ब्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई ४५–२८ अङ्कले पछि पार्दै स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा पाँचौँ स्वर्ण पदक हो । उपविजेता एपिएफले रजत पदक जित्दा आयोजक गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । यही असोज २४ गतेदेखि सञ्चालन भएको फेन्सिङतर्फ छ खेल… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुद : स्क्वास भोलिदेखि

पोखरा, असोज २८ नवौं राष्ट्रिय खेलकुद अन्र्तगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ । पोखरा रंगशालास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिंह भण्डारीले जानकारी दिए । उनका अनुसार वागमतिकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्थानी श्रेष्ठबीच पूर्वाह्न ९ बजे उद्घाटन खेल हुनेछ । प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी कुल ७ टोलीको सहभागिता रहेको भण्डारीले जानकारी दिए । उनका अनुसार महिलातर्फ वागमति प्रदेश, गण्डकी… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : ‘आइटिएफ तेक्वान्दो’का खेलाडी बागलुङमा

बलेवा । आजदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘आइटिएफ तेक्वान्दो’मा सहभागी हुन १० समुहका दुई सय ५० खेलाडी बागलुङ बजार आइपुगेका छन् । ‘आइटिएफ तेक्वान्दो’ प्रतियोगिता खेलाउन बागलुङको बाङ्गेचउरमा तयारी भएको छ । खेलका लागि सात प्रदेश र तीन विभागीय समूहका खेलाडी बागलुङ बजार आएका हुन् । खेलको औपचारिक उद्घाटन भने शनिबार गर्ने योजना रहेको बागलुङ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। आइटिएफ तेक्वान्दो प्रतियोगिताका लागि बागलुङ नगरपालिकाको अगुवाइमा पूर्वाधार निर्माणको काम भइरहेको छ । बागलुङ नगरपालिका–१ को बाङ्गेचउर खेल… पुरा पढौ

बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी सुरुआत

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन। पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गरेको निर्णायक दिपेश गिरीले जानकारी दिए । प्रतियोगिताअन्तर्गत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरी बलका विश्व विजय… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : साइक्लिङ भोलिदेखि, ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने

पोखरा, असोज २८ गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल भोलिदेखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए । उनका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो । आज त्यही पोखरामा चार दशकपछि नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ । तत्कालीन समयमा दर्शकका रुपमा रङ्गशालामा आएका भट्टराईलाई त्यही प्रेरणाले अन्ततः अन्तर्राष्ट्रिय खेलाडीका रुपमा स्थापित ग¥यो । निरन्तरको अभ्यास र लगावका कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका बक्सिङ प्रतियोगितामा आफूलाई अब्बल सावित गर्न सफल भट्टराई सन् १९९० मा पाकिस्तानमा सम्पन्न चौथो दक्षिण एशियाली खेलकुदका ‘सिल्भर मेडलिस्ट’ छन… पुरा पढौ