समाचार

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन । आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका हुन । गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले उल्लेख गरे । तनहुँले विकासमा काँचुली फेर्ने जिकिर… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलाडीलाई ओलीको शुभकामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आफू प्रतियोगिता हेर्न पोखरा रङ्गशाला जान नपाए पनि खेल भने हेर्ने बताए । उनले लेखेका छन् – ‘खेलाडी साथीहरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको तपाईँहरु सबैलाई भव्य शुभकामना । पोखरा रङ्गशालामा आउन नपाए पनि तपाईँहरुको खेल म हेर्ने छु ।’ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अपरान्न ४ बजे भव्य कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दकिशोर पुनले उद्धघाटन गर्ने छन् । पुरा पढौ

पर्वतमा एक हजार नौ सय कर्मचारी निर्वाचनमा खटाइने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्वतमा एक हजार आठ सय ९४ कर्मचारी खटाइने भएको छ । निर्वाचनका लागि जिल्लाभरका ७४ स्थायी र दुई अस्थायी गरी ७६ मतदानस्थल कायम गरिएको छ । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी, स्वयंसेवकलगायतका कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाबाट एक हजार एक सय ८४ र १० प्रतिशत जगेडा कर्मचारी गरी एक हजार तीन सय दुई जना खटाइने भएको छ भने बाँकीलाई… पुरा पढौ

यसवर्षको एसईई चैत दोस्रो हप्तादेखि

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत दोस्रो हप्तादेखि सुरु हुने भएको राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसईई २०७९ को चैत दोस्रो हप्तादेखि सुरु हुनेछ । एसईईको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका छ। त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्ला, प्रदेश र परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने तथा त्यसको नतिजा प्रकाशन गर्ने काम चाहिँ परीक्षा नियन्त्रण कार्यालयले गर्ने… पुरा पढौ

मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हँुदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । बेनी–जोमसोम कोरला सडक आयोजनाको ठेकेदार कम्पनी खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वरका दुईवटा डोजर परिचालन गरेर पहिरो पन्छाइएको थियो । तत्कालका लागि यातायात सञ्चालन भए पनि थप… पुरा पढौ

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल जनाइएको छ । पुरा पढौ

सत्ता गठबन्धनले ७ वटै प्रदेशमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गर्दै

सत्ता गठबन्धनले ७ वटै प्रदेशमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गर्दै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेका छन्। बिहिबार बसेको गठबन्धन बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन तथा सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो। केन्द्रीय तहमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्नेछ। प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने गठबन्धन बैठकको निर्णय छ। जिल्ला संयन्त्रले आवश्यकताअनुसार… पुरा पढौ

अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थीले संयुक्त निर्वाचन परिचालन संयन्त्र बनाउँदै

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी यूनियनले संयुक्त निर्वाचन परिचालन समिति बनाउने भएका छन्। बुधवार बसेको दुई विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो। मंसीर ४ को निर्वाचनलक्षित प्रत्येक संघ र प्रदेशको निर्वाचन परिचालनका निम्ति स्थानीय तहसम्मकै निर्वाचन परिचालन संयन्त्र निर्माण गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्र र समाजवादी पार्टीले आगामी मंसिर ४ को निर्वाचनमा एउटै चुनाव चिह्न, एउटै… पुरा पढौ

गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। व्यवस्थाअनुरूप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्यसम्पादन गर्दै आएका छन्। मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखितरूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएका छन्। प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको कार्यालय रहँदै आएको छ। सो अवसरमा प्रदेश प्रमुख गुरुङले नेपाली जनताले आफ्ना लागि आर्जेको संविधानको सफल कार्यान्वयनमा गर्नुपर्नेमा जोड… पुरा पढौ

गण्डकी प्रदेश सरकारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले बिहीबार गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको हो। ‘निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा स्थानीय तहका कर्मचारीको वृत्तिविकास सम्बन्धमा दीर्घकालीन असर गर्ने प्रकृतिका कार्य किन गर्नु परेको हो? तहाँ कार्यालयबाट अगाडि बढाउन खोजिएको प्रक्रिया सञ्चालन गर्दा प्रचलित कानुनबमोजिम कर्मचारीको बढुवा तथा तहवृद्धि गर्दा अपनाउनुपर्ने सिद्धान्तहरूको पालना हुने सुनिश्चितता छ, छैन?,’ आयोगले सोधेको छ। आयोगले यस विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा… पुरा पढौ