समाचार

पुरुष भलिबल भोलिदेखि, उद्घाटन खेलमा पुलिस र कर्णाली भिड्ने

पोखरा, असोज २७ गण्डकी प्रदेको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा समूहमा रहेको अर्को टोलीमा लुम्बिनी प्रदेश रहेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पुरुष भलिबलमा ११ टिमले सहभागिता जनाउँदैछन् । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ विजयी

पोखरा । नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै प्राप्त ग¥यो । एपीएफको तर्फबाट सिता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन । इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन् । खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको… पुरा पढौ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बिहीबार १० रुपैयाँले घटेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

बागलुङमा पाँच जनाको उम्मेदवारी फिर्ता, ३१ कायम

पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङ–१ बाट एक जना र २ बाट चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–१ मा उम्मेदवारी दिनुभएका कृष्णशङ्कर श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका गणेशकुमार थापा, प्रदेशसभा सदस्यका लागि बागलुङ–२ (क) का उम्मेदवार भीमलाल पोखरेल, ९ख०का दीपक थापा र करमती पुनले उम्मेदवारी फिर्ता लिएका… पुरा पढौ

तनहुँमा ५७ उम्मेदवार कायम

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ५७ उम्मेदवार कायम भएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जनाले फिर्ता लिएपछि ५७ उम्मेदवार कायम भएका हुन् । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा–१ (क) का लागि ११ र प्रदेशसभा (ख) का लागि सात जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँ–२ को प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा (क)… पुरा पढौ

सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

जबरजस्ती करणी आरोपमा प्रहरी हिरासतमा रहेका पुर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौले अनुमति दिएको छ । सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज फेरि म्याद थपका लागि अनुमति मागेको हो । गएको २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सन्दीपमाथि १७ वर्षकी किशोरीले बलात्कार आरोप लगाएकी छिन् । किशोरीले गएको भदौ २१ गएकोे प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । पुरा पढौ

भीम रावलले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका नेता डा भीम रावलले आज बिहीबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जिकिर गरेका डा रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन् । पुरा पढौ

ढोरपाटनमा सुरु भयो सिकारको याम

नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जंगली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् । असोजको अन्तिम सातादेखि सुरु हुने सिकारका लागि सिकारी आरक्ष क्षेत्रमा आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताएका छन् । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइसकेको छ । राष्ट्रिय… पुरा पढौ

६ महिनामा २७९ जनाको ज्यान गयो, ५९५ जना घाइते

नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २७९ जनाले ज्यान गुमाएका छन्।त्यस्तै, ५९५ जना घाइते भएको तथ्यांक छ। बाढी, पहिरो तथा चट्याङबाट मात्रै १ सय ८८ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परेर ३७ जना बेपत्ता रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। २०७२ सालको भूकम्पमा परि नेपालमा झन्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए। त्यस्तै, ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदालगायतमा क्षति पुगेको थियो। पुरा पढौ

उम्मेदवारको अन्तिम नामावली प्रकाशन

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिकाअनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन्। ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। यसैगरी, प्रदेशसभातर्फ ३,२२४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन्। उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला छन् भने प्रदेशसभातर्फ २,९४३ जना पुरुष र २८० जना… पुरा पढौ