समाचार

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा आज राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा… पुरा पढौ

अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने

सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सुचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दैै कारवाही गर्ने बताएको हो । ‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ । अति आवश्यक प्रयोजनको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौल… पुरा पढौ

उम्मेदवारी फिर्ता लिन दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न आजै दिइने

आउँदो मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन निर्वाचन आयोगले आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने छन् । आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आजै सार्वजनिक गर्नेछ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

निष्पक्ष र स्वतन्त्र पर्यवेक्षणका लागि प्रमुख आयुक्त थपलियाको आग्रह

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताए । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि पर्यवेक्षण संस्थाहरूका लागि आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूमा केही उदाहरणले केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गरे । उनले निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग र एक प्रकारले नागरिक समाजको… पुरा पढौ

रुपन्देही–२ बाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही–२ बाट सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। आसन्न मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–२ बाट उम्मेदवारी दिएका सत्तारुढ गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वाेच्च जाने तयारी गरेका छन्। बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको हो। निर्वाचन कार्यालय रुपन्देहीले मंगलबार राति ११ बजे सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जनाकारी गराएका थिए। गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध… पुरा पढौ

रुकुमपश्चिम–२ का काँग्रेस उम्मेदवार वलीको उम्मेदवारी खारेज

रुकुमपश्चिम प्रदेश (२) का काँग्रेस उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ। बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका कारण उनको उम्मेदवारी खारेज भएको हो। वली रुकुमपश्चिमका काँग्रेस सभापतिसमेत हुन्। वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भनि मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिम प्रदेश (२) माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए। उक्त उजुरीमा निर्णय गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज भएको जनाएको छ। पुरा पढौ

रुपन्देही–५ बाट खिमलाल भट्टराईको प्रतिनिधि सभामा उम्मेदवारी खारेज

नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका सचेतक खिमलाल भट्टराईको प्रतिनिधि सभा उम्मेदवारी खारेज भएको छ।एनले राष्ट्रिय सभाबाट पनि आइतबारै सांसद् पद गुमाइसकेका छन्। रुपन्देही–५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने नेकपा एमालेका २ वटा उम्मेदवार भएपछि उनको खारेज गरिएको हो। एमालेबाट सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका बासुदेव घिमिरेलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ। आइतबार रूपन्देही–५ मा एमालेका २ जनाको उम्मेदवारी दर्ता भएको थियो। प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे… पुरा पढौ

प्रधानमन्त्री देउवाविरुद्धको उजुरी खारेज

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ। उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी खारेज गर्ने निर्णय गरेको हो। निर्वाचन कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका संपूर्ण कागजात कानुनसम्मत देखिएको जनाउँदै उजुरी कानुनसम्मत नदेखिएको बताएको छ। देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका थिए। देउवाको… पुरा पढौ

राष्ट्रिय खेलकुदः २ दिन बाँकी, सबै तयारी पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब, काउन्ट डाउनमा २ दिन मात्रै बाँकी छन्। प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिएपनि प्रतियोगिताअन्तर्गत केही खेल भने सुरु भइसकेका छन्। खेलअन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भइसकेको छ। प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ। प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ। कूल ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेल… पुरा पढौ