समाचार

राष्ट्रिय खेलकुदः महिला ह्याण्डबलमा विभागीय एपीएफको दोस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले दोहरो जित निकालेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो दोस्रो खेलमा एपीएफले लुम्बिनीलाई ४०–४ ले जित निकालेको हो। जितसँगै एपीएफले ६ अंक जोड्न सफल भएको छ। एपीएफका लागि बन्दना राईले सर्वाधिक १० गोल गरिन्। दुवै खेलमा पराजित लुम्बिनी प्रदेश भने अंकविहीन छ। पुरा पढौ

राष्ट्रिय खेलकुदः महिला ह्याण्डबलमा गण्डकीको जित दर्ता

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा घरेलु गण्डकीले जित दर्ता गरेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ३ अंक जोडेको छ। गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन्। पुरा पढौ

राष्ट्रिय खेलकुदल्ः महिला ह्याण्डबलमा प्रदेश–१ को जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा प्रदेश–१ ले लगातार दोस्रो जित निकालेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई २४–८ ले पराजित गरेको हो। पहिलो खेलमा सोमबार कर्णालीविरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै महत्वपूर्ण ६ अंक जोडेको छ। प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन्। पुरा पढौ

राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा लुम्बिनीको पहिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ। समूह ‘बी’ को प्रतिस्पर्धात्मक खेलमा लुम्बिनीले प्रदेश–१ माथि २९–२४ ले जित निकालेको हो। जितसँगै लुम्बिनीले महत्वपूर्ण ३ अंक बटुल्न सफल बनेको छ। लुम्बिनीका शरण थापाले सर्वाधिक १५ गोल गरे। पहिलो खेलमा लुम्बिनीले विभागीय सशस्त्रको एपीएफसँग ३६–१३ ले हार व्यहोरेको थियो। प्रदेश–१ भने जितविहीन बनेको छ। प्रदेश–१ ले आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग २९–१५ ले हार व्यहोरेको थियो। पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । यस अगाडी ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ आर्मी टिम र एकल दुईमा रजत पदक जितेका थिए । सेवरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदक जितेका छन् । त्यसै गरी आर्मी कै रघुविर चन्द्र र एपिएफका… पुरा पढौ

महिला क्रिकेट : एपीएफ र सुदुर पश्चिम विजयी

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिमाञ्चल बिजयी भएका छन् । पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बागमतीले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त ग¥यो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र… पुरा पढौ

सृजना विकास केन्द्र ४३ औं वर्षमा

पोखराको सृजना विकास केन्द्र ४३ औं वर्षमा प्रवेश गरेको छ । सामाजिक संस्थाका रुपमा स्थापित सृजना विकास केन्द्र मंगलबारदेखि ४३ औं वर्षमा प्रवेश गरेको हो । संस्थाको वार्षिकोत्सवको मंगलबार मानव सेवा आश्रममा सहयोग गर्नुका साथै आपसमा शुभकामना आदानप्रदान गरेर मनाइएको छ । २०३७ सालमा स्थापित संस्थाले सृजना बहिरा विद्यालय, जनप्रिय बहुमुखी क्याम्पस, सृजना लघुवित्तको स्थापनासहित सृजना बालगृह, सृजना खानेपानी परियोजनासहित शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका सामाजिक कार्य गर्दै आएको सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाको… पुरा पढौ

फेवाताल सरसफाईको महाअभियानमा उत्साहनजनक सहभागिता, फेवातालको फोहोर ७५ प्रतिशत हटाईयो

पोखरा, असोज २५ पोखरामा फेवाताल सरसफाईको महाअभियान शुरु भएको छ । पोखराको पर्यटकीय गन्तव्य फेवातालमा बृहद सरसफाई महाअभियान शुरु गरिएको हो । पोखरा महानगरपालिकाको आयोजना तथा ३३ वटै वडाको सहकार्यमा शुरु गरिएको महाअभियानको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । अभियानमा पोखराका नागरिक समाजसहित सयौं संघसंस्थाले सकृय सहभागिता जनाएका छन् । सरसफाइ महाअभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, सहकारी, बैंक तथा वित्तीय संस्था, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी,… पुरा पढौ

नेप्से परिसूचकमा पहिरो जाने क्रम रोेकिएन

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६३ मा सीमित भएको छ । कूल दुई सय २९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर रु ५५ करोड २७ लाख १२ हजार… पुरा पढौ

गण्डकीका दुई सय ७१ जना सहित प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला… पुरा पढौ