समाचार

पोखरा–४ को मुख्य बजारमा अनुगमन शुरुमा सचेत, अटेर गरे कार्वाही

पोखरा महानगरपालिका वडा–४ ले बजार अनुगमनलाई तीव्रता दिएको छ। वडा कार्यालयले वडाभित्रको गणेशटोल, रामकृष्ण टोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, गै¥हापाटन क्षेत्रमा बजार अनुगमन गरेको हो। वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा गरिएको औषधि पसल, फ्रेस हाउस, खाद्यान्न पसल, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको हो। चाडपर्वको अवसरमा कोही पनि नागरिक नठगिउन्, गुणस्तरीय सामग्री पाउनबाट बञ्चित नहुन् भन्ने लक्ष्यसहित बजार अनुगमन गरिएको उनले बताए। वडाध्यक्ष पराजुलीका अनुसार केही पसलबाट अखाद्य सामान बरामद गरेर व्यापारीलाई सचेत मात्रै गराएर छाडिएको छ। केही समयपछि पुनः अनुगमन गरिने र… पुरा पढौ

पोखरा महानगरको अनुगमन लेखनाथ बजारमा

पोखरा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ। पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ। पोखराका मुख्यबजारका पसलहरुमा अनुगमन गरेको हो। महानगर उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा अनुगमन गरिएको हो। अनुगमन अन्तर्गत पोखरा २६ र २७ का ५ वटा खाद्य पसलमा अनुगमन गरेको थियो। अनुगमनमा मुल्यसूची नभएको, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघेको खाद्य सामग्री र नापतौल दर्ता र नवीकरण नभएका फेला परेको अनुगमनमा सहभागी महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव… पुरा पढौ

७ वटै प्रदेशका उपाध्यक्षहरुले तयार पारेको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो

७ वटै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निश्कर्षसहितको प्रतिवेदन आज ९बिहीबार० गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ। भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदासहितको विवरण नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा। रघुराज काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री पोखरेलले प्रतिवेदन बुझ्दै ६ दसकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोगसमेत गठनादेशबाट चल्दै… पुरा पढौ

दसैं नवरात्रको पाँचौ दिन, आज स्कन्दमाताको पूजा गरिँदै

आज आस्विन शुक्ल पञ्चमी अर्थात दसैं नवरात्रको पाँचौ दिन। नवरात्रको पाँचौ दिन आज (शुक्रबार) भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजा–आराधना गरिँदैछ। स्कन्दकुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। स्कन्दमाताको यो रुपलाई मातृरुप मानिन्छ। स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ। कमलको आसनमा बसेकी हुनाले उनलाई पद्मासना देवी पनि भन्ने गरिन्छ। हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका ९ वटा स्वरुप छन्। जसलाई नवरात्रभर हरेक… पुरा पढौ

मङ्सिर ४ को निर्वाचन देश बनाउन महत्वपूर्ण : एमाले अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताएका छन् । आज ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्वपूर्ण हुने बताए । देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरे… पुरा पढौ

स्याउ बोकेको ट्रक दुर्घटनामा चालकको मृत्यु

जुम्ला । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले भने, “बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको छ । सहचालक मकवानपुर कै हरि न्यौपाने घाइते भएका छन् ।” घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक… पुरा पढौ

भ्रष्टाचारको प्रभाव कम्युनिस्ट आन्दोलनमा देखा पर्दैछ : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीतिक र प्रशासनिक क्षेत्रमा भइरहेका भ्रष्टाचारले अन्तर्राष्ट्रिय तहमा नेपालको छवि नकारात्मक बनेको बताए । राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिष्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको उनको भनाइ थियो । “अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृत्ति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ”, उनले… पुरा पढौ

वडा अध्यक्ष क्षेत्रीद्वारा विद्यालयललाई सहयोग

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो तलव भत्ता वापतको आंशिक रकम एक विद्यालयललाई सहयोग गरेका छन् । क्षेत्रीले एक कार्यक्रमकाविच स्याङ्जाको फेदीखोला १ स्थित पर्सेभाटीमा अवस्थित शिवालय आधारभुत विद्यालयलाई ३२ हजार रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुली, निमित्त प्रध्यानाध्यापक शान्तदेवी न्यौपानेलाई रकम हस्तान्त्रण गरे । अतन्तै आर्थिक अभावमा सञ्चालन हुँदै आएको विद्यालयलाई क्षेत्रीले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट निजी स्रोतका एक जना शिक्षकको तलव भत्ता… पुरा पढौ

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ७० सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार छ सय १७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर… पुरा पढौ

दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

काठमाडौँ । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो । संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा रु ५०, पनिरमा रु २०, चिज सबैमा रु २० र दहीमा रु १० सहुलियत प्रदान गरिएको राससलाई जानकारी दिए । उपभोक्ताले असोज १ देखि कात्तिक १५ गतेसम्म उक्त सामान… पुरा पढौ