समाचार

‘जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यकता छ’

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताए । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे । मन्त्री यादले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको जानकारी गराए । उनले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डाको लागि नेपालको प्राथमिक मार्गदर्शक दस्तावेजको रुपमा कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले सन्… पुरा पढौ

बैंकको व्याजले व्यवसाय धान्न समस्या

पोखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च ओटेफले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने भन्दै एक अङ्कको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्नुपर्ने बताएका हुन । उनले पछिल्लो समय वित्तीय संस्थाले व्याज बढाउँदा व्यवसायीमा थप आर्थिक सङ्कट निम्त्याएर व्यवसायबाट… पुरा पढौ

‘गुठियार बाहिरिँदा समस्या हुन थाल्यो’

काठमाडौँ । राजधानीको मुख्य सहरी क्षेत्रका नेवार समुदाय असन, इन्द्रचोकलगायत ठाउँबाट बाहिरिन थालेपछि दसैँलगायत सांस्कृतिक पर्वको प्रक्रिया लोप हुन थालेको छ । कतिपय मुख्य सहरी क्षेत्रमा जग्गा अभाव भएर काठमाडौँकै अन्य खुला स्थान विशेषगरी काठ क्षेत्रमा सर्न थालेका छन् । कतिपय नेवार समुदाय भने अहिले पनि धेरै जना दाजुभाइ एउटै घरमा बसिरहेका छन् । नेवार समुदायले विभिन्न देवी–देवताका रथयात्रा एवं बडादसैँलगायत मुख्य सांस्कृतिक चाड गुठीबाट भोज गरी मनाउँछन् । गुठीका सदस्य गुठियार टाढिँदा गुठी पनि लोप हुने अवस्थामा पुगिसकेको काठमाडौँ… पुरा पढौ

नेपाल फेरि पनि साबा महिला बास्केटबलको उपविजेता

नेपालले साबा महिला बास्केटबल च्याम्पियनसीपमा उपविजेतामै चित्त बुझाएको छ। माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला २ खेलमा भुटान र श्रीलंकालाई हराएको थियो। तर, च्याम्पियनसीपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिँजो माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो। यसअघि, सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो। प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान सहभागी थिए । पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः अनुसन्धान उपसमितिको संयोजकमा पराजुली

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित अनुसन्धान उपसमितिको संयोजकमा हरिप्रसाद पराजुलीलाई मनोनयन गरिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित विभिन्न १४ उपसमितिमध्ये अनुसन्धान उपसमितिको संयोजक पद भने रिक्त थियो। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पराजुलीलाई संयोजकको जिम्मेवारी दिएको हो। नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत रहेका पराजुली पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी समेत हुन्। संयोजकको जिम्मेवारी दिएकोमा पराजुलीले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई धन्यबाद दिएका छन्। पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः १५ दिन मात्रै बाँकी, तयारी तीब्र

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १५ दिनमात्र बाँकी छ। असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ। प्रतियोगितालाई सम्पन्न गर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएका छन्। ७ वटै प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टिमको प्रतिस्पर्धा रहने प्रतियोगिताका लागि खेलाडी छनोट भएर टिमहरुले खेलाडीको नाम दर्ता गर्दैछन्। यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ… पुरा पढौ

धादिङ–पोखरा सम्पर्क समाजमा शुभकामना आदान–प्रदान

धादिङ–पोखरा सम्पर्क समाजले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ। नेपालीहरुको महानपर्व वडादसैं, दीपावली, छठ, नेपाल संवतलगायतका पर्वको अवसरमा पहिलो पटक पोखराको लेखनाथमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम शुभारम्भ गर्दैै सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख विष्णुलाल श्रेष्ठले धादिङवासीहरु एकतावद्ध भएर अघि बढेको बताउँदै खुशी व्यक्त गरे। उनले धादिङवासीहरुका हरेक दुःख सुखमा आफूले साथ दिने प्रतिवद्धतासमेत जनाए। कार्यक्रममा धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल, समाजका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, पूर्व अध्यक्ष बलराम खतिवडा, सल्लाहकार रामकृष्ण दुवाडी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति… पुरा पढौ

मुद्रण उद्योग महासंघ गण्डकीमा शुभकामना आदान–प्रदान

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिले बुधबार शुभकामना आदान–प्रदान गरेको छ। सो अवसरमा महासंघले पोखरा उद्योग वाणिज्य संघमा निर्वाचित अध्यक्ष लगायतलाई सम्मान तथा बधाई ज्ञापनसमेत गरेको छ । नेपालीहरुको महान पर्व वडादशैं, दीपावली, छठ, नेपाल संवत् लगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो। सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलालगायतलाई महासंघले सम्मान तथा बधाई ज्ञापन गरेको थियो। कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष पदमलाल श्रेष्ठले सरकारले… पुरा पढौ

चाडपर्वमा सहज ढंगले सुरक्षा प्रदान गर्न पोखरेली उद्योगी, व्यवसायीको माग

पोखराका उद्योगी, व्यवसायीहरुले चाडपर्वमा उद्योगी, व्यवसायीको सुरक्षा र सहजताको माग गरेका छन्। पोखरा उद्योग वाणिज्य संघले सुरक्षाका सरोकारवालासँग माग राखेका हुन। संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी तथा कास्की प्रहरी प्रमुख अजय केसीलाई भेटेर सो आग्रह गरेको हो। भेटका अवसरमा संघका अध्यक्ष प्रजापतिले चाडबाडको बेला हुने किनमेललाई सहजता प्रदान गर्न आग्रह गरे।‘चाडबाडमा किनमेल गरिएका सामान बोक्ने गाडीहरुलाई मुख्य सडक क्षेत्रमा सहजतासाथ प्रवेश गर्ने वातावरण निर्माण होस्, अत्यावश्यक सामान वितरण गर्ने गाडीलाई अवरोध नगरियोस्,’ प्रजापतिको… पुरा पढौ

सृजनाचोकस्थित पोखरा महानगरको व्यवसायिक भवनको पार्किङ खुल्ला

पोखरा महानगरपालिकाले सृजनाचोकस्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ। महानगरमा निर्माण गरिएका भूमिगत पार्किङसहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुला गरेको हो। यसअघि, भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो। सूचनाको म्याद अझ केही दिन बाँकी छ। तर, महानगरले सोअगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराज आचार्यले… पुरा पढौ