समाचार

पार्किङको चपेटामा पोखराको साइकल लेन

पोखरा । साइकलमैत्री सहर बनाउने उद्देश्यले पोखराको सडकमा बनाइएको साइकल लेन पार्किङको अतिक्रमणमा परेको छ । साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइपेलाइमा परेको देखिन्छ । पोखरा महानगरपालिकाले बनाएको जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड विपीचोक र महेन्द्र पुल क्षेत्रको साइकल लेनमा जथाभाबि पार्किङ गरेको भेटिन्छ । स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि पार्किङ समस्याले साइकल यात्रीलाई निरुत्साहित बनाएको छ । साइकल सिटी पोखराको परिकल्पना र महानगरको लगानीमा साइकल लेन निर्माण गरिएको साइकल लेन निर्माण उपभोक्ता समितिका… पुरा पढौ

पोखरामा विदेशी पर्यटकलाई स्वागत

गण्डकी । विश्व पर्यटन दिवसको अवसरमा आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौँबाट बुद्ध र यति एयरलाइन्सबाट आएका स्वदेशी एवं विदेशी पर्यटकलाई स्वागत गरिएको हो । पोखरा विमानस्थलमा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वागत गरे । उक्त अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष… पुरा पढौ

उजाड मरुभूमिमा मछेलीको पानी छरिँदा

सहजपुर । कैलालीको गोदावरी नगरपालिका–१२ का चन्द्र सिंह बडैला अहिले ८१ वर्षका भए । त्यस्तै २०÷२२ वर्षका छँदा पहाडमा समस्या भएपछि उनको परिवार तराई झ¥यो । गोदावरी नगरपालिका–१२ ओलानीमा जङ्गल कटान गरेर उनी सँगै आएका आठ÷दश परिवार पनि बसे । जङ्गल काटेर बस्त बसेसँगै उनीहरुले खेतीपातीको लागि सङ्घर्ष गरे । उब्जनीलाई जमिन तयार भयो तर पानी भएन । नजिकै मछेली खोलामा पानी थियो, तर ल्याउन सकिएन । वर्षाको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता आइलाग्न थालेपछि उनीहरुले जसोतसो एउटा कुलोसम्म ल्याउने निर्णय… पुरा पढौ

बसाइँसराइले उराठिएको ‘टोकरीगाउँ’

ढोरपाटन । सुनसान गाउँ । जीर्ण घरहरु । बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ । बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी प¥यो भने अस्पतालसम्म पु¥याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो । यस गाउँका अधिकांश युवा विदेशिएका छन् । विदेश नगएका परिवार लिएर बजार झरे । यहाँका धेरै युवा जापानमा… पुरा पढौ

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ७३ हजार छ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ । दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ । अघिल्लो दिन १४ हजार एक सय ६८ जना सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक… पुरा पढौ

सिरहामा झिझिया नृत्यको रौनक

गोलबजार । सिरहामा झिझिया नृत्यको रौनक सुरु भएको छ । घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । दसैँ सुरुसँगै गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिला क्षेत्रमा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ । दसैँ सुरु भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ ।… पुरा पढौ

ठेला व्यवसाय हटाइदै

बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगर पालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले एक महिनाभित्र बागलुङ बजार क्षेत्रमा तरकारी फलफूल र चनाचटपटलगायतका ठेलामा व्यवसाय गर्ने र झोलामा कपडालगायतका सामग्री बोकेर घरघरमा डुल्ने पोके व्यापारीलाई… पुरा पढौ

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण आठको मृत्यु

मनिला । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार जनाएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ । नोरु आइतवार दिउँसो अवतरण गरेको केही घण्टापछि एजेन्सीले क्युजोन प्रान्तमा एक र जाम्बालेस प्रान्तमा दुईवटा आँधीका कारण थप तीन जनाको मृत्यु भएको जनाइएको छ । यस… पुरा पढौ

सुरु भयो रामलीला महोत्सव

राँझा । बडादसैँको सुरुआतसँगै नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सव सुरु भएको छ । नेपालगञ्ज–९ स्थित रामलीला मैदानमा विशेष समारोहका बीच गए रातिदेखि रामलीला महोत्सव सुरु भएको हो । नेपालगञ्जको रामलीला महोत्सव यो वर्ष एक सय ५५ औँ वर्षमा प्रवेश गरेको छ । विजयादशमीका अवसरमा मञ्चन हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला महोत्सव यो वर्ष भव्यताका साथ सुरु भएकोे रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार, एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक… पुरा पढौ

सुदूरपश्चिममा छैनन् सुपथ मूल्य पसल

दोधारा चाँदनी । दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन । साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट्र टे«डिङसँग नुनबाहेक अन्य सामान नहुँदा सुपथ मूल्य पसल सञ्चालनमा नआएको बताए । सुपथ मूल्य पसल सञ्चालनका लागि यस… पुरा पढौ