समाचार

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

नेपाल र बंगलादेशबीच आज (मंगलबार) मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल बेलुका साढे ५ बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ। नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन्। खेलअघि हिँजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिएका छन्। यसअघि, कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए। तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन्। किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन्। एन्फाले आजको खेलमा समान्यतर्फ ५… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुदः ४ हजार ३३५ खेलाडीले नाम दर्ता गराए

मा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन्। नवौँ खेलकुदका लागि आइतबारसम्म ७ प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्नो खेलाडीहरुको नाम दर्ता गराएका हुन्। नवौँका लागि अहिलेसम्म गण्डकी प्रदेशले सबैभन्दा धेरै खेलाडी दर्ता गरेको छ। गण्डकी प्रदेशले सबैभन्दा धेरै ७०२, त्रिभुवन आर्मीले ६७३ जना खेलाडी दर्ता गरेको छ। एपीएफले ५२२, नेपाल प्रहरीले ४८८, सुदुरपश्चिम प्रदेशले ४३६, बागमती प्रदेशले ४३०, प्रदेश १ ले ३७१, मधेश प्रदेशले २६२, कर्णाली प्रदेशले १९७, एनआरएनएले… पुरा पढौ

सेनाका मोहनदेव र श्यामकलीले जिते पोखरा महानगर १० किमि दौडको उपाधि

नेपाली सेनाका मोहनदेव जोशी र सेनाकै श्यामकली जैशीले पोखरामा भएको १० किमि दौडको उपाधि जितेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र वडा दशैंको अवसरमा पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको दौड प्रतियोगिताको पुरुषतर्फ मोहनदेवले ३५ मिनेट ३१.४ सेकेण्ड र महिलातर्फ श्यामकलीले ४६ मिनेट ५८.२ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। उनीहरुले उपाधिसँगै २५/२५ हजार नगद हात पारे। त्यस्तै, पुरुषतर्फ गोरखाका निराजन भट्टराईले ३६ मिनेट ०४.२ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए। गोरखाकै नवराज गुरुङ ३६ मिनेट ५०.४ सेकेण्डमा दौड… पुरा पढौ

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

पोखराको विन्ध्यवासिनी मन्दिरमा सोमबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ। महोत्सवको शुभारम्भपछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका ९ रुपको झाँकी, १०८ कलससहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो। मन्दिरमा घटस्थापनाको दिनदेखि सुरु गरिने नबदुर्गा महोत्सबको पूर्वसन्धयामा महोत्सबको पहिलो दिन ९ वटै देवीको रुपसहितको रथारोहण शोभायात्रा निकालेको हो। विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको सो सोभायात्रा पोखराको मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालाकोमुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै पुनः मन्दिरमा पुगेको थियो। शोभायात्रामा विभिन्न भजन समूह, जातीय… पुरा पढौ

कास्कीकोट दरवारमा दसैं उत्सव सुरु

कास्कीकोट दरवारमा रहेको गुप्तकालिका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरिएको छ। गुप्तकालिका मन्दिरमा सधैं झैं यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव गरिदैंछ । तान्त्रिक र वैदिक तरिकाले पूजा हुने गुप्तकालिका मन्दिरमा घस्थापनादेखि दशमीसम्म पाणा पूजारीहरु मन्दिरमानै वसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ। वडा दसैंमा यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए। कास्कीकोटमा दसैंको वेलामा वजाइने नगरा, सत्रौ शताव्दीका ढाल तरवारहरुलगायत धोपहरुको समेत… पुरा पढौ

‘कचहरी’ नाटकको तालिम सकियो

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा ‘कचहरी’ नाटकको तालिम सकिएको छ। चिल्ड्रेन नेपालको आयोजनामा संस्थाको परियोजना अन्तरगत दीगो जिवनस्तर बिकास क्रियाकलापहरुमा महिला र सीमान्तकृत समुहको सहभागिता अभिबृद्धि गर्ने उद्देश्यले ‘कचहरी’ नाटक बनाइएको हो। संस्थाको कार्यक्षेत्र अन्नपूर्ण गाउँपालिका कास्कीको लेवाडे, फल्लापानी समुदाय र तनहुँको म्याग्दे गाउँपालिका गुन्जरा समुदायका अगुवा कृषकहरुको निम्ति तालिमको आयोजना गरिएको हो। संस्थाको फुलबारी स्रोत केन्द्र अन्नपूर्ण–१ लेवाडेमा ५ दिनसम्म संचालित उक्त नाटकको उद्देश्य समुदायमा रहेका बिपन्न सीमान्तकृतहरुको समुहहरुले भोगेका समस्याहरुको सहभागितामुलक समाधानका प्रयासहरु प्रबद्र्धनन गर्ने, समुदायमा भएका विभिन्न… पुरा पढौ

विश्व पर्यटन दिवसः पोखरामा ‘मिनि सडक महोत्सव’ गरिदैं

आज सेप्टेम्बर २७ तारिक अर्थात विश्व पर्यटन दिवस। हरेक वर्ष नेपाललगायत विश्वभर यो दिन सबैका लागि पहुँचयोग्य विश्व पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटन दिवस मनाइँदै आएको छ। २ वर्षको कोभिड संक्रमणले थलिएको पर्यटनलाई चलायमान बनाउन यो वर्षको दिवसमा Re-thinking Tourism अर्थात ‘पर्यटनबारे पुनः सोचौं’ नारा तय गरिएको छ। दिवसको अवसरमा पोखरामा एक दिने मिनि सडक महोत्सव गरिदैंछ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) ले आज (असोज ११ गते, मंगलबार) पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो। ‘पर्यटनमा पुनविचार गरौँ’ भन्ने… पुरा पढौ

आज दशैंको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिदैं

आज असोजको शुक्ल द्धितियको दिन अर्थात, बडादशैंको दोस्रो दिन। आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदैंछ। बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिन्छ। यसअघि, हिँजो (सोमबार) दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज (मंगलबार) देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधामसाथ मनाइँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन… पुरा पढौ

शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाको आन्दोलन १२ गतेसम्म स्थगित

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाले घोषणा गरेको आन्दोलनका कार्यक्रम असोज १२ गतेसम्मका लागि स्थगित गरेको छ । माछापुच्छ्रे गाउँपालिका ६ स्थित भुमेश्वर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक समेत रहेका सामाजिक विषयमा स्थायी दरवन्दीका शिक्षक बुद्धि बहादुर मिजार र विद्यालय सहयोगी वर्षा परियारलाई गाउँपालिकाको कार्यापालिका बैठकले सहमती विनानै सरुवा गर्ने निर्णयलाई सच्याउन माग गर्दै संगठनले आन्दोलनको घोषणा गरेको थियो । संगठनले राखेका मागका विषयमा पालिका अध्यक्ष, स्वकिय सचिव सहित संगठनका पदाधिकारी सहितको छलफलमा शिक्षकहरुको मागप्रति पालिका सकारात्मक रहेको प्रतिवद्धता पाइएपछि… पुरा पढौ

नेराशिसं पोखरा महानगरको दसैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिद्वारा आयोजित विजया दशमी, शुभदीपावली, छठ , नेपालसम्वत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले उपस्थित शिक्षकहरुलाई शुभकामना दिँदै अब विकासको आधार भौतिक विकास मात्र नभई मानसिक र बौद्धिक विकास पनि हुनुपर्ने बताए । हरेक मानिस आफ्नो पेसामा मस्त, व्यस्त र शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएमा जीवन सफल हुने भन्दै वडादसैंको शुभकामना दिए । अतिथि नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति… पुरा पढौ