समाचार

अरिङगालले टोकेर रानाको ज्यान गयो

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका ४३ वर्षका ज्ञानबहादुर रानाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार राना रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्नेक्रममा अरिङ्गालले टोकेर गंभीर घाइते भएका थिए। राना स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएका थिए। तर, आज मंगलबार बिहान घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। पुरा पढौ

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार शेयर बाँडफाँट गरेको हो। बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। त्यस्तै, आवेदन गर्ने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ। कम्पनीको आइपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको… पुरा पढौ

सुनास कास्कीको अध्यक्षमा रबीन्द्र बास्तोला

सुशासनका लागि नागरिक समाजको ८ औं अधिवेशन तथा १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिबेशनले रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सिरोजविजय कोइराला, सचिव विष्णुप्रसाद अधिकारी, सह–सचिव विष्णुप्रसाद पौडेल र कोषाध्यक्ष शान्ति गुरूङ निर्वाचित भएका छन्। त्यसैगरि, सदस्यहरुमा लोकनाथ गौतम, शिवहरि आचार्य, ईन्दिरा भण्डारी, त्रिभुवन पौडेल, मन्जु गौतम र चित्र सुनार चयन भएको निर्वाचन समिति संयोजक पुन्य पौडेलले जानकारी दिएका छन्। कार्यक्रममा सचिब बिष्णु अधिकारी तथा कोषाध्यक्ष बिश्वमोहन अधिकारीद्वारा प्रस्तुत प्रतिबेदन सर्बसम्मत… पुरा पढौ

राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावका बेला कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर ३ तलाको हुने सुनाए। बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी ३ तलाको बसपार्क बन्ने आश्वासनले दंग परे। बागलुङ, म्याग्दी र मुस्ताङ पुग्ने मुख्य नाकाको रूपमा रहेको कुश्मामा राजमार्ग बनेको ३ दशकसम्म पनि बसपार्क बन्न सकेको छैन। दोस्रो पटक पनि नगर प्रमुखमा निर्वाचित बनेपछि जोशीले ३ तले बसपार्कको काम अघि बढाइने कुरा… पुरा पढौ

म्याग्दीको बेगखोलामा ह्युमपाइप राखियो

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ। बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, बेनी–जोमसोम–कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो। बेगखोलामा सवारीसाधनलाई सहज रूपमा आवत–जावतको व्यवस्था मिलाउन बेनीबाट२ वटा ह्युमपाइप लगेर राखिएको बेनी यातायात प्रालिका सञ्चालक टीका पुर्जाले जानकारी दिएका छन्। ‘बेनीबाट बेगखोलासम्म ह्युमपाइप ढुवानी बेनी यातायात प्रालिले गरेको हो,’ उनले भने, ‘ह्युमपाइपलाई खोलामा राख्न बेगखोलामा निर्माणाधीन पुलका ठेकेदारले डोजर… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः १६ दिन मात्रै बाँकी

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १६ दिनमात्र बाँकी छ। असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ। प्रतियोगितालाई सम्पन्न गर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएका छन्। यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पु¥याएर देखाउने काम भइरहेको छ । ७ वटै प्रदेश, ३ विभागीय र एनआरएनए गरी… पुरा पढौ

रेबिजविरुद्धको अन्तराष्ट्रिय दिवस

आज अंग्रेजी महिनाको २८ तारिक अर्थात रेबिजविरुद्धको अन्तराष्ट्रिय दिवस पनि । यस दिन नेपाल लगायत विश्वभर रेबिज विरुद्धको विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर यो दिवस मनाइन्छ। सबैको स्वास्थमा एकरुपता र रेबिजबाट हुने मृत्युलाई शून्य बनाउने उद्देश्यसहित Rabies: One Health, Zero Death यस वर्षको रेबिज दिवसको नारा तय गरिएको छ। रेविज रोग, मानव सभ्यतासँगै धेरै अगाडिदेखि देखिएको रोग हो। उत्तर पूर्वी अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा… पुरा पढौ

सूचनामा विश्वव्यापी पहुँचको दिवस

आज अंग्रेजी सेप्टेम्बर महिनाको २८ तारिक अर्थात सूचनामा विश्वव्यापी पहुँचको दिवस। आजको दिन नेपाल लगायत विश्वभर सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइन्छ। दिवसका अवसरमा यस वर्ष सूचनामा यो दिवसमा सूचनाका माध्यमहरुमा आर्टिफिसियल इन्टलिजेन्स, अनलाइन डिजिटल माध्यम र पहुँचका बारेमा बहस गर्ने Artificial Intelligence, e-Governance and Access to Information नारा तय गरेको छ। सूचनामा पहुँचको महत्वलाई मान्यता दिँदै ७५ औं संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र संघस्तरमा सूचनामा विश्वव्यापी पहुँच को लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको… पुरा पढौ

दसैं नवरात्रको तेस्रो दिन, आज चन्द्रघण्टा देवीको पूजा गरिदैं

आज असोजको शुक्ल प्रतिपदाको तेस्रो दिन अर्थात चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैंछ। घटस्थापनासँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा आराधना गर्ने प्रचलन छ।हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्दछन्। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै छ। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धिपश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ। तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी… पुरा पढौ

मुनाल सहकारीको साधारण सभा सम्पन्न, उत्कृष्ट बित्तिय कारोबार गर्ने ब्यक्तिहरूसहित निवर्तमान अध्यक्ष हुमागाई सम्मानित

पोखरा । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि.को चौधौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भयो । साधारण सभाको उद्घाटन गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले गरेका थिए ।सो अवसरमा प्रमुख अतिथि बुढाले संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारी सम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने र सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्ने कुरामा जोड दिएका थिए । मन्त्री बुढाले अहिलेको बजारको अवस्थालाई मध्य नजर गर्दै सहकारीहरूले आफ्ना शेयर सदस्यहरूलाई आय आर्जनका… पुरा पढौ