समाचार

वाई सर्भिस क्लब अफ पोखराद्वारा खानेपानी वितरण

पोखरा । वाई सर्भिस क्लब अफ पोखरा नेपालले नेपालीहरुको महान चाड वडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा विभिन्न संघसंस्थाहरुले आयोजना गरेका धार्मिक शोभायात्रामा सहभागी महानुभावहरुको लागि निशुल्क खानेपानी वितरण गरेको छ । पोखरा महानगरमा रहेको अत्यन्तै चर्चित देवीको मन्दिर विन्दवासीनी मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष आयोजना गर्ने धार्मिक शोभायात्रामा हजारौं धर्माबलम्बीहरु सहभागी भएका थिए । उनिहरुको लागि क्लबले विभिन्न स्थानहरुमा खानेपानी राखेको क्लबका अध्यक्ष अरुण रानाभाटले वताए । सोमबार एकै दिन सयौं भक्तजनहरुले उक्त सेवाको सदुपयोग गरेका थिए । स्थापनाको… पुरा पढौ

सहकारी निती, विधि र प्रविधिसंग जोडिनुपर्दछ निवर्तमान सांसद भट्टराई

पोखरा । निवर्तमान प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले सहकारी निती, विधि र प्रविधिसंग सञ्चालन हुनुपर्ने बताएका छन् । सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ घारीपाटनको १५ औं साधारण सभाको आज उद्घाटन गर्दै उनले सहकारीको माध्येमबाट रोजगारी सिर्जना गर्दै गरिवी निवारणमा जोडदिनु पर्ने आवश्यकता औल्याए । सार्वजनिक, निजी र सहकारीमार्पmत मुलुकको समृद्धि र लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सहकारी संस्थाहरु संगठित भएर उत्पादनसंग जोडिनुको विकल्प नभएको बताए । सहकारीमा युवा शक्तिको सकृयता… पुरा पढौ

पद्म नर्सिङ्ग होम अब थप सुबिधा सहित नदिपुरमा

पोखरा । पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा. लि. नदिपुरबाट संचालनमा आएको छ । बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम सोमबार घटस्थापनाको दिन देखि पोखरा–३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै सुबिधा सम्पन्न भवन बाट संचालनमा आएको हो । नर्सिङ्ग होमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इ.सि.जि., इकोकार्डियोग्राफी, इन्डोस्कोपी, फार्मेसी लगायत यस अगाडि प्रदान गर्दै आईरहेको सेवालाई यथावत राखेको जनाएको छ… पुरा पढौ

कास्की दरवारमा दशै उत्सव शुरु नेपालकै लोपउन्मुख सरुङ खेल फुलपातीमा प्रर्दशन

पोखरा । कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरीएको छ । गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमी सम्म पाणा पुजारीहरु मन्दीरमानै वसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन रहेको छ । वडा दशैमा यहाँ नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।… पुरा पढौ

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक ः गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिए । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए । “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन”, उनले भने । गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरकिताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गरे… पुरा पढौ

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८।७ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ७८ जना पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको… पुरा पढौ

फिलिपिन्समा ‘नोरु’ आँधीबाट छको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको छ । टाइफुन नोरुले रुखहरु, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ । राजधानी मनिलानजिकै रहेको बुलाकान प्रान्तको सान मिगुएल नगरपालिकामा बाढीपीडित बासिन्दाहरूलाई मद्दत गर्न पठाइएका पाँच उद्धारकर्ताको मृत्यु भएको प्रान्तका गभर्नर ड्यानियल फर्नान्डोले बताउनु भएको छ । उनीलाई प्रान्तीय सरकारले बाढीग्रस्त क्षेत्रमा तैनाथ गरेको सान मिगुएलका… पुरा पढौ

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ । यहाँका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए ।“आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ,“ पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिए । उहाँले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको तथा आइतबार… पुरा पढौ

देखासिकीले सचेत बन्दै उपभोक्ता

तनहुँ । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उनीमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् । कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति हेर्ने र खुला स्थानको खाद्यान्न खाँदै नखाने बानी बसालेको नागिलाले बताए । “पहिले मलाई जे पनि खान पाए भइहाल्थ्यो भन्ने लाग्थ्यो”, उनले भने, “परीक्षण… पुरा पढौ

कागती खेतीमा भविष्य खोज्दै युवा

बागलुङ । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन् । उनले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाए। ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन् । दुई वर्ष अगाडि… पुरा पढौ