सहकारी निती, विधि र प्रविधिसंग जोडिनुपर्दछ निवर्तमान सांसद भट्टराई


     एभरेस्ट आवाज    
     असाेज १० गते २०७९ मा प्रकाशित




पोखरा । निवर्तमान प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले सहकारी निती, विधि र प्रविधिसंग सञ्चालन हुनुपर्ने बताएका छन् ।

सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ घारीपाटनको १५ औं साधारण सभाको आज उद्घाटन गर्दै उनले सहकारीको माध्येमबाट रोजगारी सिर्जना गर्दै गरिवी निवारणमा जोडदिनु पर्ने आवश्यकता औल्याए ।

सार्वजनिक, निजी र सहकारीमार्पmत मुलुकको समृद्धि र लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सहकारी संस्थाहरु संगठित भएर उत्पादनसंग जोडिनुको विकल्प नभएको बताए ।

सहकारीमा युवा शक्तिको सकृयता अपरिहार्य भएको उल्लेख गर्दै उनले सहकारी संञ्चालनमा देखिएका समस्या समाधानका लागि आप्mनोतर्पmवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेप्सुन केन्द्रीय सञ्चालक कमला गिरिले सहकारी विभागद्धारा जारी ३५ बुदे निर्देशनको पूर्णरुपमा पालना गरेर सहकारी सञ्चालन हुनु पर्नेमा जोड दिंदंै उनले कोकोमिसमा आवद्ध हुन सहकारीहरुलाई आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं.१७ का वडाअध्यक्ष राधिका शाही योगीले सहकारी बीच समन्वय र सहकार्य गर्दै आवश्यकता एवम् सम्भाव्यताका आधारमा उत्पादनसंग जोडिनु पर्ने बताए ।

कार्यक्रममा शेयर सदस्य तथा एकाघरका परिवारका जेष्ठनागरिक, विभिन्न विधामा सर्वोत्तकृष्ट विद्यार्थी र विश्वव्यापीरुपमा पैmलिएको कोभिड १९ संक्रमणलाई जित्न सफल तथा उत्कृष्ठ वचतकर्ता र कारोवारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

संस्थाले शेयर सदस्यलाई उत्पादनसंग जोडिन र कृषिमा आवद्ध गराउने उदेश्यका साथ प्रत्येक शेयर सदस्यलाई ३५० वटा कागतीका विरुवा वितरण गरिएको थियो ।

रोपीएका कागतीका विरुवाको अवस्था बुझेर प्रतिवेदन पेश गर्नका लागि अनुगम गरिने संस्थाका सचिव गणेश श्रेष्ठले जानकारी दिए ।

संस्थाका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ७ का वडासदस्य वसुन्धरा लामिछाने, महानगर सहकारी संघ पोखरा अध्यक्ष बलराम गौतम, जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बरालले सहकारीको निती नियमको अवस्था, महत्व र शेयर सदस्य एवम् सञ्चालकको भूमिका माथि चर्चा गरेका थिए ।

संस्थाका उपाध्यक्ष पवित्रा जिसीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष बासुदेव पौडेलले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष धनबहादुर रानाभाटले आर्थिक र लेखा सुपरिवेक्षण समितिका संयोजक रुकुमबहादुर जिसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा शेयर सदस्य दुर्गाकुमारी शर्मा पौडेलले सहकारी गित प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।