चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताएका छन् । प्रेस सेन्टर नेपालले आज चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए । प्रधानमन्त्री मुख्य होइन भन्दै उनले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र आफूलाई त्यसका निम्ति समर्पित गर्ने प्रतिबद्धता रहेको बताए । आउँदो समय सम्वृद्धिको दशक भएको भन्दै उहाँले अबको क्रान्ति आर्थिक हुनुपर्ने…
पुरा पढौ