समाचार

अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा

रसुवा । पहिराका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित बनुवा घुम्ती नजिकै करिब ७० मिटर सडक क्षतिहुँदा सो मार्ग अवरुद्ध भएको थियो । सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन, खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ – रसुवा सिधा बससेवा सञ्चालन… पुरा पढौ

‘राष्ट्रिय शहीद स्मारक अलपत्र हुनु हुँदैन’

काठमाडौँ । राष्ट्रिय शहीद स्मारकको निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । संविधान दिवसको अवसर पारेर स्मारक निर्माणस्थलस्थित यज्ञडोल जगडोल सामुदायिक वन पर्या पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले देशका लागि योगदान गर्ने शहीदका नाममा सरकारले घोषणा गरेको स्मारक अलपत्र हुनु नहुनेमा जोड दिए । स्मारक छिटो निर्माण गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख सन्तोष चालिसे, नगर उपप्रमुख सान्नानी लामा, वडा… पुरा पढौ

मेक्सिकोमा शक्तिशाली भूकम्प

मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६।९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले ६।८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमबार ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । मेक्सिको सिटीमा सयौं किलोमिटर टाढा हजारौं भवनमा क्षति पुर्याएको थियो । यस… पुरा पढौ

जग्गा बाँझो हुने क्रम रोक्न अनुदान

दमौली । युवाशक्ति विदेशिँदा गाउँघरका खेत बाँझो हुने क्रम बढेको छ । घरमा ज्येष्ठ नागरिक, महिला र बालबालिका मात्रै हुँदा खेतबारीमा खेती गर्ने क्रम घट्दो अवस्थामा छ । उर्बरभूमि बाँझो राखी बजारबाट खाद्यान्न खरिद गरी उपभोग गर्ने क्रम बढेको छ । बाँझो रहेका जग्गालाई पुनः उर्बर बनाउन तनहुँका स्थानीय तह र कृषिसँग सम्बन्धित निकायले प्रोत्साहन गर्ने नीति ल्याएका छन् । बाँझो जमिन उपयोग गरी खेती गर्नेलाई अनुदान दिने व्यवस्थाले कृषकहरू यसतर्फ आकर्षित हुने विश्वास गरिएको छ । कृषि ज्ञान केन्द्र… पुरा पढौ

तरकारी खेतीबाट मनग्ये आम्दानी

अछाम । काम देख्नेलाई स्वदेशमै धेरै अवसर छन् । यस्तै एउटा उदाहरण बनेका छन , अछाम पञ्चदेवल विनायक नगरपालिका– ३ कुरिपाटाका युवा जनक अधिकारी । कृषि विषयमा उच्च शिक्षा अध्ययन गरेका उनी तीन वर्षदेखि कृषि पेसामा रमाइ रहेका छन । उनको कृषि फार्म मध्यपहाडी पुष्पलाल लोकमार्गसँंगै जोडिएको छ । टनेल प्रविधिमार्फत तरकारीखेती गर्दै आएका उनले एक सिजनमा रु तीन लाख सम्मको आम्दानी गरेका छन । फार्ममा मुख्यगरी गोलभेँडा, काउली, गोलभेडा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती रहेको छ । उनी… पुरा पढौ

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न पक्राउ

दमक । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन । बुधबार अपराह्न खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए । गुरुङको खुट्टा र हातमा… पुरा पढौ

राम्दीको पुलसँगै जोडिएको महँगी

वालिङ । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रुपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दी (रामनदीधाम)मा निर्माण गरेको यो पुल सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा पर्दछ । भारत सरकारको सहयोगमा विसं २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माणकार्य सुरु भएर विसं २०२८ मा निर्माण सम्पन्न भएको थियो । पहाड र तराईलाई जोडेसँगै आवातजावत र व्यापार व्यवसायका लागि कोशेढुङ्गा सावित भएको यस पुल निर्माण भएको… पुरा पढौ

घोसखोलाका विद्यार्थीलाई विद्यालय पुग्नै समस्या

घोराही । दाङ राप्ती गाउँपालिका–९ घोसखोलाका वीरेन्द्र गाहा जङ्गल र पहाडै पहाडको तीनघण्टा बाटो हिँडेर विद्यालय पुग्छन । गाउँमा विद्यालय नभएपछि उनी बङ्गलाचुली गाउँपालिका–३ भेडाबारीस्थित मुलाबारीमा रहेको माध्यामिक विद्यालयमा पुग्छन । उनलाई जस्तै बङ्गलाचुली–५ रोकिनेडाँडाकी जानकी गाहालाई पनि आधारभूत तहको शिक्षा लिन दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । कक्षा ९ मा अध्ययनरत उनलाई विद्यालय पुग्न करिब दुई घण्टा हिँड्नुपर्छ । उनका अनुसार शिशु कक्षादेखि १२ सम्म करिब छ सय ७० विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा आधाभन्दा बढी विद्यार्थी दैनिक… पुरा पढौ

दक्षिणी अङ्गोलामा कार दुर्घटना हुँदा बाह्रको मृत्यु

अङ्गोलाको दक्षिणी बेन्गुएला प्रान्तमा बुधबार ३० यात्रु बोकेको एउटा गाडी पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । तीव्रगति, सावधानीको अभाव र प्राविधिक त्रुटिका कारण गाडी पल्टिएको राष्ट्रिय प्रहरीका प्रवक्ता अर्नेस्टो चिवालेले बताउनु भएको छ । बेन्गुएला जनरल अस्पतालमा चिकित्सा सहायता लिइरहेका १८ जना घाइतेको अवस्था गम्भीर रहेको एङ्गोलाको नेसनल इन्स्टिच्युट फर मेडिकल इमर्जेन्सीका बेन्गुएला प्रान्तीय संयोजक हर्नानी फ्रान्सिस्कोले बताउनु भएको छ ।रासस पुरा पढौ

बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो

इस्लामावाद। पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस विरामी परेका बताइएको हो। यहाँको सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यतामात्र यहाँका तीन सय २३ जनालाई डेङ्गु लागेको छ ।यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा… पुरा पढौ