समाचार

डेंगी नियन्त्रणमा सरकार चुक्यो : एमाले

नेकपा एमालेले डेंगी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै डेंगी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताए। एमालेले डेंगीबाट २१ जनाको मृत्यु भएको र ७५ जिल्लामा यसका बिरामी फेला परेको पनि उल्लेख गरेको छ। ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्यो त्यसमा सरकार चुकेको छ। सरकारी… पुरा पढौ

डेँगुबाट एघार जनाको मृत्यु

बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा… पुरा पढौ

मुगुको स्याउले बजार पाएन

मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु , यसवर्ष स्याउ उत्पादन बढेको छ तर े बजार पाउन… पुरा पढौ

पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा गुरुङ

घान्दु्रुकको पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले उनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सहसचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा क्रमशः रामकुमारी दर्जी, मनोज गुुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमलबहादुर गुरुङ र अक्षा रसाइली चयन भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी… पुरा पढौ

ब्राजिलमा कन्टेनर डिपो भत्कदा नौ जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन् । भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिएको उनले बताइन् । यही असोज १६ गते हुने स्थानीय उपप्रमुखका दुई स्थानमा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले… पुरा पढौ

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराती ८ बजे नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्री भई डिभाइडरमा ठोक्किएको थियो ।दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तनहुँको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको हो । पछाडी सवार निजको छोरी १५ वर्षीया सोनी राईको उपचार भइरहेको प्रहरीले जनाएको… पुरा पढौ

राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् । पौडेलले सामाजिक संजाल मार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताए । उनले सामाजिक संजालमा लेख्दैँ भनेका छन्, ‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार… पुरा पढौ

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उन्को उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उनको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उनी चर्चामा आएका थिए । उनले हिन्दी चलचित्रमा समेत अभिनय गरेका छन् । पुरा पढौ

सुनको भाउ आज तोलामा पाँच सयले घट्यो

हिजो बढेको सुनचाँदीको भाउ आज भने घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । हिजो ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

पोखरा लेडी जेसीजको सिपमुलक तालिम शुरु

पोखरा लेडी जेसीको आयोजनामा पोखरामा मंगलबारदेखि एक हप्ते सिपमुलक तालिम शुरु भएको छ । आगामी असोज ९ गतेसम्म सञ्चालन गरिने तालिमको पोखरा महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै बरालले दैनिक जीवनमा प्रयोगमा आउने सरसफाई सामाग्री बनाउने तालिमले उद्यमी बन्न सघाउने हुँदा तालिमपछि सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । संस्थाले उद्यमी बन्न चाहनेलाई उद्यमी र बेरोजगारलाई रोजगार बनाउने उद्देश्यले सञ्चालन गरेको तालिममा घरयासी सरसफाईको क्रममा प्रयोगमा आउने साबुन, सरफ, हरपिक लगायतका… पुरा पढौ