समाचार

बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित

चौतारा। सिन्धुपाल्चोकका चाैँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ । परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई रु. ५३ लाख अनुदान दिएको छ । साठी चौँरीका लागि रु. ३३ लाख र… पुरा पढौ

म्याग्दीमा आठ मतदानस्थल थपिए

गलेश्वर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ मतदान स्थल थप गरिएको छ । जिल्लामा मतदाताको सङ्ख्या ८६ हजार एक सय २० कायम भएको छ । भौगोलिकरूपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएका सहित म्याग्दीमा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र कायम भएका जानकारी दिए । गत स्थानीय तह निर्वाचनमा ७४ मतदानस्थलमा एक सय १४ केन्द्र थिए… पुरा पढौ

बाग्लुङमा डेंगी संक्रमण बढ्दोः परीक्षणका लागि किट अभाव

बाग्लुङमा डेंगी रोगको संक्रमण बढ्दै गएको छ । जिल्लामा डेंगीका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । पर्याप्त रूपमा डेंगी परीक्षणका लागि किटको अभावले गर्दा धेरै शंकास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ । जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेंगी संक्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा… पुरा पढौ

सिर्जनामा कास्की ‘घाचोक’

एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ ‘घाचोक’ प्राकृतिक सुन्दरताले भरिएको ठाउँ हो । यहाँको दृश्य मन लोभ्याउँदो छ । पहाडी दृश्य, त्यसमाथि गुरुङ/मगर बस्ती, त्यहाँ बनेका परम्परागतशैलीका घर, नजिकै ठूला–ठूला पहाड भएपछि कलाकारलाई अरु केही चाहिएन । सेतो पर्दाझैँ लाग्ने हिमशृंखला थपिँदाको दृश्यपान घाचोक पुग्नेका लागि ठूलो सपना भइदिन्छ । शनिबार भने त्यो अवसर राम्ररी जुरेन । मौसम परिवर्तनले नजिकबाट नियाल्न पाउने हिमशृंखलालाई क्यान्भासमा उतार्न नपाइए पनि बेलाबेलामा बादल छिचोल्दै टुप्लुक्क निस्कने हिम चुचुराले चार देशबाट जम्मा भएका… पुरा पढौ

बन्दीपुरमा निर्माण हुँदै ‘मिनी ग्रेटवाल’

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको छ । चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म रु ७४ लाख खर्च भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ। बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरी थालिएको मिनी ग्रेटवाल पर्यटकको पहिलो आर्कषण बन्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको ‘मिनी… पुरा पढौ

पोखरा महानगर सहकारी समितिको अध्यक्षमा तिवारी

पोखरा महानगरपालिकाअन्तर्गत सहकारी समितिको अध्यक्षमा रविरमण तिवारी चयन भएका छन्। लामो समय सहकारी अभियानमा होमिएका तिवारी कास्की जिल्ला सहकारी संघका पूर्व अध्यक्ष र कास्की बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार समेत हुन्। यसैबीच कास्की जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइरालाले तिवारी महानगरको सहकारी समितिको अध्यक्षमा चयन भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिएकी छन्। उनले भनेकी छन्, ‘संघका पूर्वअध्यक्षसमेत रहनुभएका तिवारी समग्र सहकारीको अभिभावक बन्नुभएकोमा असाध्यै खुशी लागेको छ। तिवारीको नेतृत्वमा सहकारी अभियान थप उचाइमा पुग्ने विश्वास छ। हार्दिक बधाई एवं… पुरा पढौ

पोखरामा एटीएम फोरेर चोरी गर्न खोज्ने ३ जना पक्राउ

पोखराको २ छुट्टाछुट्टै स्थानबाट एटीएम फोरेर चोरी गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखराबाट सन्दीप बस्नेत अनिष रानामगर तथा मनोज कुमाललाई पक्राउ गरेको हो। पोखरा–१६ का २२ वर्षीय बस्नेत र १९ वर्षीय रानामगर सोमबार दिउँसो पृथ्वीचोकस्थित कृषि विकास बैंकको एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। बस्नेतलाई घटनास्थलबाटै र रानामगरलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई वैदाम प्रहरीको टोलीले पक्राउ गरेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद… पुरा पढौ

आज अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस

आज, सेप्टेम्बर २१ तारिक अर्थात अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस। नेपाललगायत विश्वभर यो दिन अल्जाइमर्स दिवस मनाँउदै आएको छ। अल्जाइमरबारे जनचेतना बढाउने उद्देश्ले हरेक वर्षको सेप्टेम्बर २१ तारिखका दिन यो दिवस मनाइन्छ। सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ। यो वर्ष २०२२ को नारा चाँही Know Dementia, Know Alzheimers रहेको छ। अल्जाइमर एक प्रकारको डिमेन्सिया हो। जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ। यो स्नायूप्रणालीको एउटा रोग हो। सुरुवात कालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा अल्जाइमरका लक्षणहरू… पुरा पढौ

आज विश्व शान्ति दिवस

आज सेप्टेम्बर २१ तारिक अर्थात विश्व शान्ति दिवस। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००१ देखि सेप्टेम्बर २१ तारिखका दिन हरेक वर्ष आजैका दिन यो दिवस मनाउने गरिएको छ। नेपालमा भने २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो। यो वर्ष End Racism, establish Peace  अर्थात् ‘जातिवादको अन्त र शान्तिको स्थापना’ नारासहित नेपाल लगायत विश्वभर यो दिवस मनाइँदैछ। विश्व शान्तिको उदेश्यले हरेक वर्ष यो दिवस विश्वभर मनाइने गरिन्छ। शान्ति दिवसका अवसरमा नेपालमा भने सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन्।… पुरा पढौ

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम शुरु

पोखरा । पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम शुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक… पुरा पढौ