समाचार

राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना

पाेखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गरेकि हुन् । राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गरेका थिए । सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट राष्ट्रपति भण्डारीलाई अध्यक्ष श्रेष्ठले मन्दिरका सम्बन्धमा जानकारी गराउनुका साथै मायाको चिनो हस्तान्तरण गरेका थिए ।रासस पुरा पढौ

गण्डकी प्रदेशमा नेकपा (एमाले) ले बहुमतको सरकार बनाउने

नेकपा (एमाले) का नेताहरुले गण्डकी प्रदेशमा आफ्नो सरकार बन्ने गरी आगामी चुनावमा बहुमत ल्याउने दावी गरेका छन् । केही स्थानीय तह र वडामा प्राविधिक कारणले जित निकाल्न नसकेकोमा प्रदेश सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा थप सुधार हुने नेताहरुको दावी छ ।तनहुँको बन्दिपुरमा आइतबार र सोमबार आयोजित संगठनात्मक कार्यशालामा नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) ले संघ र प्रदेशमा बहुमतसहितको सरकार बनाउने दावी गरे । गुरुङले देश अहिले एमालेमय भएकाले संघ र प्रदेश… पुरा पढौ

पोखरा-२४ कास्कीकोटमा शनिबार दहीको होली खेलिने

पोखरा ३० साउनश्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ । यही भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीले जनाएको छ ।गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभीन्न सांस्कीतीक झाकी वाजा गाजा सहित जात्रा गरीने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले बताए । भजन चुटका तथा विभिन्न झाँकी सहित… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा पोखरामा सन्चालित अन्नपूर्ण केवलकारको अवलोकन

पोखरा, साउन ३० राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा सन्चालित अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गरेकी छन् । भोलि मंगलबार पोखरामा हुने गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होँटे र विन्द्य्यबासिनी मावि बाटुलेचौरको रजत जयन्ती समापन समारोहमा सहभागि हुन सोमबार पोखरा आएकी राष्ट्रपति भण्डारीले पोखराको नया प्रोडक्टको रुपमा रहेको अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गरेकी हुन् । अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गर्न राष्ट्रपति भण्डारी साँझ करीब ५ बजे सेदीस्थित केवलकार कार्यालय पुगेकी थिईन् । त्यहाँ करीब आधा घण्टा बिताएकी राष्ट्रपति भण्डारी केवलकारमा चढेर सराङकोटसम्म पुगेर फर्किएको… पुरा पढौ

पेन्सन पेइड.क्याम्प पोखराले मनायो भारतीय स्वतन्त्रताको ७५ औं बार्षिकोत्सव

पोखरा । १५ अगस्त भारतीय स्वतन्त्रता दिवस । सन् १९४७ अगस्त १५ का दिन ब्रिटिस उपनिवेसबाट भारतले स्वतन्त्रता पाएको दिन । सोहि सन्दर्भमा पोखरामा अवश्थित भारतीय दुतावास पेन्सन पेइड.(पि.पि.) क्याम्पले सोमवार ७५ औं स्वतन्त्रता दिवस बिबिध कार्यक्रमका साथ मनाएको छ ।पि.पि.क्याम्प पोखराका प्रमुख ले.क. सशांक त्रिपाठीले झण्डोत्तोलन गर्दै नेपाल भारत सम्बन्ध अझ सुमधुर हुन सकोस् भनि स्वतन्त्रता दिवसको शुभकामना दिए । त्रिपाठीले नेपाल भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र सामाजिक मात्र नभई रगतको नाता भएको बताए । उनले गोर्खा रेजिमेन्ट मार्फत… पुरा पढौ

रेवानको आयोजनमा पोखरामा चार दिने आधारभूत बेकरी तालिम सम्पन्न

पोखरा, २९ साउनरेष्टुरेण्ट तथा बार एसोसियन ९रेवान० पोखराको आयोजनामा पोखरामा चार दिने आधारभूत बेकरी तालिम सम्पन्न भएको छ । पोखराका विभिन्न होटल तथा रेष्टुरेण्टमा कार्यरत कुकहरुलाई बेकरी तालिम प्रदान गरेको हो । तालिमको समापन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले तालिमले गुणस्तरी बेकरी उत्पादनका लागि सहयोगी बन्ने बताए । गुणस्तरी सामानको बजारीकरणका खाँचो नरहेको उनको भनाई छ । पछिल्लो समय नेपालमा गुणस्तरीय कच्चा प्रदार्थ नहाउदा उत्पादीत सामग्रीहरु पनि गुस्तरीय हुन नसकेको बताए । उनले नेपालमा नै जनशक्तिको अभाव रहेका… पुरा पढौ

नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहज : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता मिल्ने बताए । पोखरा महानगरपालिका वडा नं ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भवनको मन्त्री थापासँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।‘पोखरा ८ नयाँबजार दमकल मार्गमा निर्माण भएको बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्नेछ’, उनले भने, ‘सामाजिक,धार्मिक लगायतका कार्यक्रमहरुका लागि भवनका माध्यम सहजता मिल्नेछ… पुरा पढौ

जनप्रतिनिधि उत्पादनसँग जोडिनु पर्दछ-उप-सभामुख शर्मा

गण्डकी, ३० साउन(रासस) ः गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसंग जोडिनु पर्ने बताएकी छन् ।नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसंगको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको बताईन् ।बजार आवश्यकताको अध्ययनका आधारमा वस्तु उत्पादन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकार जिम्मेवार हुनु पर्नेमा उपसभामुख शर्माको जोड थियो ।पालिकामा महिला तथा वालवालिका सम्वन्धित धेरै शिर्षकमा रकमान्तर गरिएको हुन्छ उहाँले भन्नुभयो त्यसको भरपुर उपयोगमा जनप्रतिनिधि महिलाहरु सचेत हुनु पर्ने आवश्यकता… पुरा पढौ

बागलुङ–पोखरा मगर समाजको अध्यक्षमा दोहोरिए थापा

पोखरा, २९ साउनबागलुङ–पोखरा मगर समाजको आठौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि गजेन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट समाजको उपाध्यक्षमा सु.मे. चन्द्रबहादुर थापामगर, सचिवमा रूद्रबहादुर श्रीसमगर, सह–सचिवमा गौरीदेवी थापामगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा नरमाया पुनमगर सर्वसम्मत निर्वाचित भएका हुन् ।त्यसैगरी, सदस्यहरूमा चन्द्रकली थापामगर, सु.मे. रामबहादुर थापामगर, सु.मे. सूर्यबहादुर रानामगर, पदमबहादुर श्रीसमगर (थमन), सुनिता रानामगर, राकेश थापामगर, होमबहादुर थापामगर, गिरबहादुर रानामगर, दलबहादुर थापामगर, हिरा पुनमगर र कृष्णा रानामगर रहनुभएको छ ।… पुरा पढौ

सङ्घले प्रदेशको अधिकार खोस्न मिल्दैन : मन्त्री श्रेष्ठ

कर्णाली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानले दिएको प्रदेशको अधिकार सङ्घले खोस्न नमिल्ने बताएका छन । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज सुर्खेतमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तक्र्रियामा उनले संविधानबमोजिम बहुमत प्रदेशले निर्णय नगरेसम्म सङ्घले अधिकार खोस्न नसक्ने बताए । मन्त्री श्रेष्ठले वित्तीय सङ्घीयता स्थानीय तहसम्म पुग्न नसक्नु, सङ्घीय निजामती सेवा ऐन नबन्दा र प्रदेशले आफ्नो अधिकार क्षेत्रको कानून निर्माण नगर्दा सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना भएको बताए । त्यसका लागि प्रदेश… पुरा पढौ