समाचार

पुस्तान्तरण नहुँदा संस्कृति धान्नै धौधौ

बागलुङ । रीतिअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेमङ्गलदेखि नै लाखे नचाउनुपथ्र्यो । पहिले–पहिले गठेमङ्गलमा सुरु भएको लाखे नाचलाई तीजमा अन्त गर्ने प्रचलन थियो । यसपालि भने लाखेको कुनै सुरसार छैन ।अन्यत्र लाखे नाचको रौनक सुरु भइसक्दा पनि यहाँको नेवार समुदाय भने अन्योलमा छ । शाक्य कल्याण समाजका सचिव मञ्जुल शाक्यले पछिल्लो समय लाखे नाच्ने कलाकारै नभएको बताए । उक्त समाजको अगुवाइमा बर्सेनि लाखेनाच प्रदर्शन हुँदै आएको थियो । सचिव शाक्यले पछिल्ला दुई वर्ष कोभिड–१९ ले पनि लाखेलगायत बर्खे… पुरा पढौ

‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउनुपर्ने जनाएको छ । यो पर्व साउन २६ गते बिहीबार मनाउनुपर्ने भनी केही सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट भइरहेको प्रचार–प्रसार शास्त्रसम्मत नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको… पुरा पढौ

बिपी आधारभूत विद्यालयको भौतिक अवस्थामा सुधार

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ९ स्थित बिपी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार भएपछि पठनपाठनमा पनि सुधार भएको पाइएको छ । बिपी कोइरालाको नामबाट २०५३ सालमा स्थापना भएको सो विद्यालयको भवन जीर्ण बनेको थियो ।प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पटक÷पटक अनुगमन एवं निरीक्षण गर्नाका साथै विद्यालयको भौतिक सुधारमा सक्रिय रुपमा लागेका थिए । राससले पनि उक्त विद्यालयको विषयमा पटक÷पटक समाचार लेखेपछि केही निकायको ध्यान केन्द्रित भएर सो विद्यालयको भौतिक सुधार भएको स्थानीयवासीले बताए । नर्सरीदेखि कक्षा पाँचसम्म पठनपाठन हुने सो… पुरा पढौ

एम्बुलेन्सको ठक्करबाट मृत्यु

बाग्मती । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस पुरा पढौ

वैकल्पिक मार्ग प्रयोग

रसुवा । पहिरोका कारण रसुवा खण्डको पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । माझगाउँ– बनुवा घुम्ती खण्डमा मङ्गलबार राति गएको पहिराले उक्त मार्ग क्षति बनाएपछि आमभञ्ज्याङ सिम्ले, तारूके हुँदै तल्लो धारापानी क्षेत्रबाट यातायात चालुु गराइएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बनुवा खण्डको पासाङल्हामु मार्ग क्षतिग्रस्त स्थान पुनःनिर्माण गराउन धेरै समय लाग्ने प्राविधिक सुझाव आएकाले तारूकेतर्फको ग्रामीण सडक प्रयोग गराइएको हो । आम भञ्ज्याङदेखि पालेको वन, सिम्ले तारूके हुँदै धारापानी पुगेर पुनः पासाङल्हामु मार्गमा जोडिने… पुरा पढौ

नेपाली भारतीय बजारतिर आकर्षित

बाँके । बाँकेको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड थेगिनसक्नु छ भने नेपालगञ्जका व्यापारी पसलमा ग्राहक कुरेर बस्नुपर्ने विडम्बनापूर्ण स्थितिको अन्त्य अझै हुनसकेको छैन । केही समयअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नीति जारी गरेपछि रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो । तर यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको छ । घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी… पुरा पढौ

नयाँ सहर योजना मन्त्रिपरिषद

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद पुगेको छ । उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद् पुगेको प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको पूर्वी सहरी आयोजना प्रमुख दीपक श्रेष्ठले राससलाई जानकारी दिए । शङ्खरापुर नगरपालिका– ९, कागेश्वरी… पुरा पढौ

साल्पासिलिछो गाउँपालिकाको सेवा काठमाडौँबाटै

काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौँमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ । भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातयात सञ्चालनमा कठिनाई भएपछि गाउँपालिकाले काठमाडौँमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो । काम विषेशले काठमाडौँ पुगेका तथा विभिन्न कारण बस सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै सेवा प्रवाह गरिएको साल्पासिलिछोका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । जोरपाटीमा सञ्चालन भएको शिविरमा काठमाडाँैमा रहेका करिब एक सय ५० जनाले विभिन्न किसिमका सेवा लिएको… पुरा पढौ

सडक दुर्घटनामा तीनको मृत्यु ,दश घाइते

पाकिस्तान । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् । मेहरान राष्ट्रिय राजमार्गमा दिउँसो ट्रकले भ्यानलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई अस्पताल पुर्याएको जनाइएको छ । दुर्घटनाग्रस्त भ्यान सिन्धको राजधानी कराँचीबाट खैरपुर जाँदै गरेको बताइएको छ । पाकिस्तानमा खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा… पुरा पढौ

प्रजातान्त्रिक विचार समाजका अध्यक्षमा दाहाल

झापा । प्रजातान्त्रिक विचार समाजको झापा जिल्ला अध्यक्षमा चिन्तामणि दाहाल चयन भएका छन । समाजको बुधबार सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भरत प्रसाईँ, सहसचिवमा धनकुमारी खरेल र कोषाध्यक्षमा मन्जु सिटौला पोखरेल लाई सर्वसम्मतरूपमा चयन गरेको हो । यसैगरी सदस्यमा केशव काफ्ले, बडाराम हेमरम, सन्तोष प्रसाईँ, यज्ञलक्ष्मी चौलागाईँ, राजेन्द्र दाहाल, देवीप्रसाद आचार्य, प्रकाश भण्डारी, गणेश गिरी, ज्ञानेन्द्र निरौला र शम्भु थापामगर पनि सर्वसम्मत चुनिनु भएको छ । समाजको आगामी भदौ २३ र २४ गते विराटनगरमा केन्द्रीय अधिवेशन हुने जनाइएको… पुरा पढौ