समाचार

चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा

सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताए । वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ । पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौंँ घर डुबानमा परी लाखौँ रुपियाँ बराबरको क्षतिभएको नगरपालिकाले जनाएको… पुरा पढौ

जखेरा तालमा घुम्न आउने पर्यटक बढ्दै

दाङ । चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका–५ मा पर्ने जखेरा ताल अहिले पर्यटकको मुख्य आकर्षक केन्द्र बन्न पुगेको छ । पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उतरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले यतिखेर सबैलाई नै लोभ्याउने गरेको छ । कोरोनाको समयमा सुनसान रहेको उक्त तालमा अहिले वर्षात्को समयमा पनि चहलपहल बढेको छ । विशेष गरेर बिदाको दिनमा ताल घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको… पुरा पढौ

पोखरा उ.वा.संघको अध्यक्षमा पवन प्रजापतीद्वारापनि उम्मेदवारी घोषणा

पोखरा, साउन २३ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापतीलेपनि उम्मेदवारी घोषणा गरेका छन् । संघका वर्तमान बरिष्ठ उपाध्यक्ष प्रजापतीले सोमबार सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि संघका वर्तमान उद्योग तर्फका उपाध्यक्ष अर्जुन पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापती यसअघी सदस्य, कोषाध्यक्ष, उपाध्यक्षहुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन् । १० वर्षअघि सदस्यका रुपमा संघमा प्रवेश गरेका प्रजापतीले बाँकी एक कार्यकाल अध्यक्ष भएर काम गर्ने भन्दै अध्यक्षका लागि मत मागेका छन् । प्रजापतीले… पुरा पढौ

दक्षिण कोरियामा सङ्क्रमित घटे

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ । यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर… पुरा पढौ

माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाएका छन । अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाउनुभएको छ । मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध छन । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उनको भनाइ छ । उनले गएको वर्ष रु ४० लाखको माछा बिक्री गरेका थिए । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उनले माछाका… पुरा पढौ

आयोजना सम्पन्न भयो तर आएन पानी

गलकोट । बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको चरम अभाव छ । माझी बस्तीवासीले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तीन वर्ष अघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजना निर्माण भए पनि पानी आउन नसक्दा घरमा रित्तो धारो एक वर्षदेखि हेर्दै छन् माझी समुदाय । विसं २०४८ मा बागलुङ पोखरा सडकखण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो । नगरपालिकाको पहलमा वडा… पुरा पढौ

व्यास नगरपालिकाको विविध निर्णय

गण्डकी । व्यास नगरपालिकाले आगामी भदौ १ गतेदेखि सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनको फोटोकपीमा लाग्ने खर्च निःशुल्क गर्ने भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो ।व्यास नगरपालिका मातहतका चौध वटै वडामा उक्त सेवा निःशुल्क गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं व्यास– ६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए । नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टरसमेत प्रयोगमा ल्याई निःशुल्क सेवा दिने निर्णय गरिएको उनले बताए । आव २०७९÷८० का… पुरा पढौ

लोपोन्मुख प्रजातिका माछा पाइन थाले

गोदावरी । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछा पाइन थालेका छन् । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएपछि पछिल्लो समय लोपोन्मुख प्रजातिको सहर माछा पाइन थालेको हो । सहर माछा प्रति किलो रु एक हजार ८०० मा बिक्री हुँदै आएको चुरे गाउँपालिका–३ का हिक्मत भाटले जानकारी दिए । उनका अनुसार वर्षायाममा ठूलीगाड जलाधार क्षेत्रमा पानीको बहाब बढेसँगै सहर माछा पाइन थालेको हो । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर… पुरा पढौ

नेपालगञ्जमा बाल उद्यान बनाइँदैै

राँझा । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएकोे छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए । यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए । उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको करिब पाँच दशमलव पाँच… पुरा पढौ

केन्द्रबाट म्याग्दीका कृषकलाई दुई करोड अनुदान

म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले रु.एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धी, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको बताए । बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र… पुरा पढौ