समाचार

विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै

आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ । हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’अर्थात् ‘परम्परागत ज्ञान र सीपहरूको संवद्र्धन र हस्तान्तरणका लागि आदिवासी महिलाहरूको भूमिका’ भन्ने मूल नारा तय गरेको छ । नेपालमा पनि आदिवासी जनजातिजन्य संघसंस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्तरुपमा… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन, दुई सय बढी खेलाडीलाई ‘डाईट’ वितरण

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदको नवनिर्मित प्रशासनिक भवनको आइतबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको झण्डै एक करोड रुपैयाँको लगानीमा निर्माण भएको उक्त भवनको प्रदेश सरकारका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । उक्त भवन निर्माण सम्पन्न गर्न करिव ९६ लाख लागत लागेको गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । मन्त्री  गुरुङले भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवाल, भरत आले, बाल कुमारी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन : सदस्यसचिव घिसिङ

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्वाचनले प्रभाव नपार्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले दावी गरेका छन् । सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने तय भएको छ । ‘मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको हो, सोही कारण निर्धारित मितिमानै प्रतियोगिता हुन्छ, निर्वाचनले यसलाई… पुरा पढौ

आमसञ्चार विधेयक पत्रकारमैत्री हुन्छ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए । संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक संजालमा गरिने टिकाटिप्पणी मर्यादा विपरीत रहने गरेको वताए । उनले गण्डकी प्रदेशमा यातायात, मालपात लगायतका कर वृद्धि सम्बन्धमा भएको टिकाटिप्पणीबारे त्यसबारे सच्चाएर सरकार अघि बढेको बताए । उनले… पुरा पढौ

यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई पोखरामा सम्मान

पोखरा । राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी)लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो । उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड बगरका सदस्यहरुले खादा तथा सम्मान पत्र अर्पण गरे । सो अवसरमा बोल्दै फुटबलर श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना साकार भएको बताए । उनले आगामी दिनमा झन… पुरा पढौ

मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा

भादगाउँ । मध्यपुरथिमि नगरपालिकामा यसवर्षको गुन्हुँपुन्ही जनैपूर्णिमा साउन २६ गते बिहीबार र सापारु गाईजात्रा साउन २७ गते शुक्रबार मनाइने भएको छ । नगरपालिकाले सोमबार सरोकारवालाहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन साउन २७ गते परेको छ । नगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवालाले नेवारी परम्परागत संस्कृतिमा एकै दिन दुई पर्व मनाउन व्यावहारिक नभएको बताएको थियो । उनीहरुले ज्योतिषशास्त्र अनुसार तिथिमिति मिलाएर सांस्कृतिक… पुरा पढौ

राष्ट्रियसभा ः पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग

काठमाडौँ । सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् । बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र… पुरा पढौ

अर्थमन्त्री बरालले दीन दुःखीको सेवा गर्दै मनाए आफ्नो जन्म दिन

पोखरा, साउन २३ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आफ्नो जन्म दिन दीन दुःखीको सेवा गर्दै मनाएका छन् । अर्थमन्त्री बरालले पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजास्थित मानव सेवा आश्रममा आश्रित दीन दुःखीको सेवा गरेर जन्म दिन मनाएका हुन् । दीन दुःखीको सेवा गर्दै जन्म दिन मनाउन पुगेका अर्थमन्त्री बरालले त्यहाँ आश्रितहरुलाई विहानको भोजन दान गरे । साथै उनी आफैले खाना पस्केर आश्रितहरुको टेबल टेबलमा पु¥याएका थिए । करीब २० हजार बराबरको भोजन दान गरेका अर्थमन्त्री बरालले मानव सेवा आश्रमलाई एउटा… पुरा पढौ

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ । यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७।६८ अङ्कले ओरालो लागेर दुई हजार १०६।१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३।४४ अङ्कले ओरालो लागेर ४०६।११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई… पुरा पढौ