समाचार

कोभिडविरुद्धको बुस्टर मात्रा लिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर मात्रा लिन अनुरोध गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका अनुसार पछिल्लोपटक कोभिड संक्रमणमा परी ज्यान गुमाउनेमध्ये ७६ प्रतिशतले कोभिडविरुद्धको खोप नलगाएको पाइएको समाचार छ । वैशाख, जेठ र असारमा मृत्यु नभएका र संक्रमण पनि कम भएको अवस्था रहे पनि श्रावणको पहिलो साताबाट शुरू भएको मृत्युबाट शनिबारसम्म १८ जनाको मृत्यु भएको र तीमध्ये १४ जनाले कोभिडविरुद्धको खोप नलगाएको बताइएकोछ । मृत्यु हुनेमध्ये तीन… पुरा पढौ

सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने कुँवर पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई बिहीबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका कुँवरलाई… पुरा पढौ

तनहुँको व्यास नपामा भोली सार्वजनिक बिदा

तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको हिँजो (आइतबार) बसेको बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। उक्त दिन नगरपालिकाकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने नगरपालिकाकाले जनाएको छ। आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले उक्त दिन जिल्लाका १० वटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ। पुरा पढौ

आन्तरिक पर्यटकको रोजाइमा दूधेखोलाको कोप्रे झरना

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन थालेका छन् । सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । भकिम्लीको दूधेखोला नजिकै पर्ने कोप्रे झरनामा पछिल्लो पटक दैनिकजसो पर्यटक पुगेर रमाउने गरेका छन् । स्थानीय बासिन्दाले ‘कोप्रे छहरा’ भन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा बिदाका दिनमा आन्तरिक… पुरा पढौ

पुस १७ देखि सञ्चालनमा आउँदै पोखरा अन्तरराष्ट्रिय विमानस्थल

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि संचालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतवार बसेको संचालक समितिको बैठकले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई उक्त मितिदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । प्राधिकरणका अनुसार सो विमानस्थलमा आगामी अक्टोबरमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुनेछ । करीब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यो विमानस्थलको क्षेत्रफल २०० हेक्टर रहेको छ । पुरा पढौ

पोखरामा पनि भक्तपुरको घिन्ता घिसी नचाइँदै

भक्तपुरमा सापारु (गाईजात्रा)को समय नाचिने बिशेष नृत्य घिन्ता घिसी पोखरामा पनि प्रदर्शन गरिदैछ । विश्व आदिवासी दिवसको अवसरमा भोली (मंगलबार) पोखरामा रहेको नेवाःहरुको सहभागितामा घिन्ता घिसी नृत्य समाबेस गरिदैछ । पोखरामा रहेको नेवाःहरुको सांस्कृतिक उत्थानका लागि सकृय संस्था नेवाः देय दबू कास्की जिल्ला समिति तथा पोखरा महानगर समितिको आयोजनामा घिन्ता घिसीको नृत्य प्रदर्शन गर्न लागिएको हो। नेपाल भाषा साहित्य तःमुज्या, येँ, यल व ख्वपको सहयोगमा नेवाः सांस्कृतिक आदान–प्रदान कार्यक्रम अन्तर्गत घिन्ता घिसी नृत्य पोखरामा प्रदर्शन गर्न लागिएको आयोजक देय दबूले… पुरा पढौ

आज साउनको चौथो सोमबार, बोलबम मनाइँदै

आज, साउन महिनाको चौथो सोमबार, बोलबम मनाइँदैछ । साउनको सोमबार, देशका शिवमन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । पोखराको केदारेश्वर मन्दिरसहित काठमाण्डौंको पशुपतिनाथ, चितवनको देवघाट क्षेत्र, पूर्वको हलेसीलगायतका शिव मन्दिरहरुमा बोलबम मेला लाग्ने गर्दछ । शिव मन्दिरहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनहको ठूलो मात्रामा भीड लाग्ने गर्दछ । पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर र अन्य शिव मन्दिरहरुमा भक्तजनहरुले शिवको पूजा आराधना र जल चढाउने गर्दछन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु शिवलिङ्गमा जल चढाउन केदारेश्वर… पुरा पढौ

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेल र बाँस्तोलालाई

पोखरा । नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बाँस्तोलालाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिसबमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७९ का लागि रवीन्द्र बाँस्तोलालाई प्रदान गर्न लागिएको हो । गङ्गाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पङ्गेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य रहेका थिए । युनियनले रु… पुरा पढौ

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ : अध्यक्ष प्रचण्ड

जापान । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताए । उनले नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेको भन्दै त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिए । “हाम्रो… पुरा पढौ

सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताएका छन् । डेमोक्रेटिक लयर्स एशोसिएशन झापाको आज चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भने, “राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।” उनले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको औँल्याए । आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका… पुरा पढौ