पोखरा, साउन २३
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापतीलेपनि उम्मेदवारी घोषणा गरेका छन् । संघका वर्तमान बरिष्ठ उपाध्यक्ष प्रजापतीले सोमबार सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि संघका वर्तमान उद्योग तर्फका उपाध्यक्ष अर्जुन पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापती यसअघी सदस्य, कोषाध्यक्ष, उपाध्यक्षहुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन् । १० वर्षअघि सदस्यका रुपमा संघमा प्रवेश गरेका प्रजापतीले बाँकी एक कार्यकाल अध्यक्ष भएर काम गर्ने भन्दै अध्यक्षका लागि मत मागेका छन् ।
प्रजापतीले आफूले प्यानल बनाएर केहि दिनमै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ बाट करिब ८ लाख रुपैयाँ…





