समाचार

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक… पुरा पढौ

एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन

काठमाडौँ । आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । उच्च क्षमताका प्रसारण पूर्वाधारका… पुरा पढौ

कास्कीमा आठ हजार मतदाता थपिए

गण्डकी । कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुनसक्ने उनले बताए । जिल्लामा यस अघिको कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार ९४० थियो । जिल्लामा करिब… पुरा पढौ

साउन २३ गतेदेखि मनकामना केबलकार बन्द

नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने जनाएको छ । केबलकारको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार सञ्चालन हुनेछ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने भएका छन् । स्तरोन्नति कार्य करिब पाँच… पुरा पढौ

ढोरपाटनमा किन घटे नाउर ?

हरेक पाँच/पाँच वर्षमा ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना हुन्छ । गणनाको नतिजालाई हेरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा तोक्ने गर्छ । पछिल्ला याममा भने सिकार कोटा घट्दो छ । वन्यजन्तुको संख्या घटेपछि विभागले सिकारलाई पनि थप नियन्त्रित गरेको हो । गत वर्षको हिउँदमा गरिएको गणनामा नाउरको संख्या ह्वात्तै घटेर एक हजार दुई सय ९० मा झरेको पाइएको थियो । जबकि विसं २०७२ को गणनामा दुई हजार दुई सय दुई नाउर आरक्षमा भेटिएका थिए । सोही… पुरा पढौ

पोखरामा वर्षा, गण्डकीमा दिउँसो भारी वर्षाको संभावना

हाल, पोखरामा मध्यम खालको वर्षा भइरहेको छ । पोखरामा रातीदेखि हल्का वर्षा भएपनि हाल यहाँ मध्यमखालको वर्षा भइरहेछ । मनसुन सक्रिय रहेका कारण पोखरा लगायत देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा भइरहेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ । गत एक घण्टामा गण्डकी प्रदेशको घलेखर्क, माछापुच्छ«े बेस क्याम्प, लमजुङको कुन्छा र राइनासटार, गोरखाको आरुघाट र बारपाक, घारेढुंगा, म्याग्दीको मुना, लगायतको स्थानमा वर्षा भइरहेछ । एक घण्टाको वर्षा मापन रेकर्डअनुसार सबैभन्दा बढी घलेखर्कमा १३.४ मिलिलिटर पानी परेको छ । महाशाखाका अनुसार… पुरा पढौ

गोरखाका चुमनुब्री स्थानीयवासीद्वारा पुल मर्मत गरी सञ्चालन

गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् । गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोलामाथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएका छन् । ‘पुल खोलामा आएको बाढीले बगाएपछि दुई गाउँबीच सम्पर्क नै विच्छेद भएको थियो, उनले भने, ‘गाउँपालिकाले आवश्यक समन्वय गरेपछि जनप्रतिनिधि तथा स्थानीयवासीले आवश्यक सामग्री जुटाएर पुनः मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् ।’… पुरा पढौ

लमजुङमा कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत

स्वास्थ्य कार्यालय लमजुङले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४९ लाख रुपैया राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणा पत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको हो । कार्यालयले जिल्लाका ८ वटै… पुरा पढौ

सरकारी ईन्जीनियरिङ पेशाकर्मी समाज गण्डकी गठन

गण्डकी प्रदेश सरकार मातहतमा इन्जिनियरिङ सेवामा कार्यरत कर्मचारीहरुको भेला भएको छ । भेलाले उर्जा, गण्डकी प्रदेशस्तरिय जलस्रोत तथा खानेपानी मन्त्रालयमा कार्यरत ई. झलकमोहन ओझाको अध्यक्षतामा १५ सदस्यीय सरकारी ईन्जीनियरिङ पेशाकर्मी समाजको कार्यसमिति गठन गरेको छ । प्रदेश निजामति सेवा ऐनमा समेटिनुपर्ने वृति विकास, सरुवा बढुवा लगायतका अन्य सेवा सुविधाका विषयमा छलफल तथा अन्तक्रियाका लागि जुटेको भेलाले समाजको गण्डकी प्रदेश कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय स्याङजामा कार्यरत ई. मोहनराज आचार्य र सचिवमा पूर्वाधार… पुरा पढौ

दिल्लीमा मङ्कीपक्सबाट थप एक व्यक्ति सङ्क्रमित

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विदेशी मूलकी एक महिलामा बुधबार साँझ मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य विभागका अधिकारीले पुष्टि गरेका छन् । स्थानीय सञ्चारमाध्यमले सङ्क्रमित नाइजेरियाली नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा मङ्कीपक्स पहिलोपटक महिलामा सङ्क्रमण भेटिएको हो । यससँगै नयाँ दिल्लीमा मङ्कीपक्सबाट चौथो व्यक्ति सङ्क्रमित भेटिएको पुष्टि भएको छ भने देशभर कूल नौ जनामा यो भाइरस सङ्क्रमण पुष्टि गरिएको छ । अहिलेसम्म सङ्क्रमितमध्ये दक्षिण भारतको केरलाका एक जनाको मृत्यु भएको छ । जुलाई १४… पुरा पढौ