समाचार

नेकपा (एस) द्वारा आगामी मङ्सिर ४ गते हुने निर्वाचनको स्वागत

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सरकारले घोषणा गरेकामा त्यसको स्वागत गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको उक्त बैठकले निर्वाचनको मिति घोषणा गरेकामा सरकारलाई धन्यवाद व्यक्त गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । देशभर निर्वाचनको प्रचार गर्न पार्टीका सबै सङ्गठनलाई बैठकले निर्देशन दिएको छ । सम्पूर्ण नागरिकलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर ४ गते… पुरा पढौ

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाण्डौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ । तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले आज स्पष्ट गरेको छ । आयोगका पदाधिकारीले गत असार २२ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वर्तमान सांसद्हरु निर्वाचित भएको मितिका आधारमा आउँदो मङ्सिर २१ गते उनीहरुको कार्यकाल सकिने भएकाले सो अगाडि मङ्सिर ४ गते निर्वाचन गर्न उपर्युक्त हुने परामर्श दिएको… पुरा पढौ

तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि प्राविधिक टोली पोखरामा

पोखरा । पोखरामा आगामी असोज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ को लागि बुधबार प्राविधिक टोली पोखरा आइपुगेको छ । टोलीले पोखरा रंगशालाको कभडहलमा प्रतियोगिताको लागि एरिनाको अवलोकन गरेको छ । अन्तराष्ट्रिय च्याम्पियनसिपको लागि एरिना सोही मापदण्ड अनुसार हुनु पर्ने भएकाले प्राविधिक टोली एरिनाको अवलोकन गर्न पोखरा आएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ बताए । नेपालमै पहिलो पटक आयोजना हुन लागेको जिटु तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिष्ठा जोडिएकोले देश विदेशमा… पुरा पढौ

७६० मा कोरोना सङ्क्रमण , ३२४ सङ्क्रमणमुक्त

काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एक लाख ४३ हजार सात सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या… पुरा पढौ

निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ : उपाध्यक्ष नेम्वाङ

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ ।” हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको… पुरा पढौ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते

काठमाण्डौं । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए । पुरा पढौ

चार वटा कृषक समूहलाई २० लाख अनुदान वितरण, ‘गुरुङलाई‘ सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मान

पोखरा, १९ साउन । पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा शाखा द्धारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गरेका हुन् । अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक… पुरा पढौ

मुख्यमन्त्री र मन्त्रीका ‘बा–आमाको नामका ट्रष्टका लागि छुट्याएको बजेट स्वरोजगार उत्पादनमा लगाउ’

पोखरा, साउन १९ बा–आमाको नाममा खुलेका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा खर्चिन सरोकारवालाहरुले आग्रह गरेका छन् । प्रेरणा नेपालले विहीबार पोखरामा आयोजना गरेको ‘स्वरोजगार प्रवद्र्धनमा सरकार, गैरसरकारी, राजनीतिक दल र नीति क्षेत्रको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मुख्यमन्त्री, मन्त्री र नेताहरुको बुबाआमाको नाममा खुलेका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा लगाउन आग्रह गरेका हुन् । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सत्तारुढ नेताहरुको बा–आमाको नाममा खुलेका ट्रष्टलाई करोडौं रुपैयाँ बजेट विनियोजित गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका… पुरा पढौ

भेलछडा–सिलगढी खानेपानी आयोजनाको बाटो खुला

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने डोटीको भेलछडा, काडामाडौँ, गैरागाउँ तथा सिलगढी खानेपानी आयोजना निर्माणमा वर्षौदेखि हुँदै आएको अवरोध खुला गरिदिएका छन । उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुने भन्दै खानेपानी निर्माणकार्यमा विमति जानाउँदै आएको थियो । भेलछडाको पानी सिलगढी ल्याउन निकुञ्जले विमति जनाएपछि त्यहाँका नागरिक खानेपानी नपाउने भन्दै निरास भएका थिए । मन्त्री यादवले यही साउन १८ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय उपभोक्तालाई सहजरूपमा खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यावसायिक प्रयोजन… पुरा पढौ

सङ्क्रमणको चौथो लहरको सङ्केत

काठमाडौँ । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ… पुरा पढौ