समाचार

अभियानबाट उठेको रकम ७१७ रुपैयाँ मुख्यमन्त्री पोखरेललाई बुझाइयो

गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीका पारिवारिक ट्रस्टका लागि विनियोजित बजेटको सांकेतिक विरोध स्वरुप संकलित रकम ७१७ रुपैयाँ दान गरिएको छ । अनेरास्ववियु गण्डकीले बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सो रकम हस्तान्तरण गरेको हो । अनेरास्ववियुले हालै पोखराका चोकचोकमा बिरोध स्वरुप १ रुपैयाँ दान अभियान चलाएको थियो । त्यसबेला संकलित ७ सय १७ रुपैयाँ मुख्यमन्त्री पोखरेललाई प्रदान गरेको अनेरास्ववियु गण्डकी प्रदेश सचिव रोमाकान्त पोखरेल (आरके)ले जानकारी दिएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सत्तारुढ… पुरा पढौ

निगमको प्रष्टीकरण–ऋण तिर्न बाँकी छ, मूल्य घट्दैन

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेशन ९आइओसी० लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो । आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७… पुरा पढौ

सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सत्ता गठबन्धनको सुझाव

काठमाण्डौं । सत्ता गठबन्धनले सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धन बैठकले सरकारलाई निर्वाचनको घोषणा गर्न सुझाव दिएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । निर्वाचनको मितिका बारेमा बैठकमा छलफल नभएको उहाँले बताउनुभयो । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए । “बैठकले सरकारलाई निर्वाचन घोषणा गर भन्ने सुझाव दियो”, अध्यक्ष… पुरा पढौ

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

पोखरा । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेल सँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो… पुरा पढौ

माओबादीलाई कमजोर बनाउने षडयन्त्र भई रहेको छः केन्द्रिय सदस्य बराल

पोखरा । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले माओबादीलाई कमजोर पार्ने षडयन्त्र भएको बताए । नेकपा माओबादी पोखरा २५ को पार्टी प्रबेश कार्यक्रममा बुधबार सम्बोधन गर्दै मन्त्री बरालले अझै पनि पार्टीलाई कमजोर पार्ने षडयन्त्र देश भित्र र बाहिरबाट भई रहेको बताएका हुन्। देश भित्र र बाहिरबाट माओबादी माथि आक्रमण गरी पार्टी अध्यक्ष प्रचण्डलाई समेत कमजोर पार्ने षडयन्त्र बिरुद्ध एक हुनुपर्ने समय आएको सदस्य बरालको भनाई छ । सुकुम्बासी, दलित, महिला, जनजातिको हकअधिकारको… पुरा पढौ

स्याङ्जाको एक कालिज फार्ममा चितुवा पस्दा ९० हजारको क्षति

स्याङ्जा । स्याङ्जाको एक कालिज फार्ममा चितुवा पस्दा नब्बे हजार बढीको क्षति भएको छ । बुधबार दिउँसो स्याङजाको पुतलीबजार नगरपालिका–१३ भिपिनडाँडास्थित मोहन रोकाले सञ्चालन गरेको मनिस कालिज फार्ममा चितुवा पस्दा उक्त क्षति भएको प्रहरीले जनाएको छ । दिउँसो करिव १ बजे पसेको चितुवाले फार्ममा रहेका ७ वटा कालिज खाएको छ भने एउटा कालिज मारेको छ । यस्तै २५ वटा कालिज उडेर भागेको सञ्चालक रोकाले जानकारी दिए । फार्मममा चितुवा पसेर कालिज मारको खबर प्राप्त हुन साथ पुगेको प्रहरीले उक्त चितुवालाई… पुरा पढौ

अबैध नदिजन्य पदार्थ सहित ११ सवारी साधान प्रहरी नियन्त्रणमा

पोखरा । कास्की प्रहरीले अवैध नदिजन्य पदार्थ सहित ११ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको छ । बुधबार बेलुका पोखरा महानगरपालिका पुरनचौरस्थित ढावा घाटबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन ओसार पोसार गर्ने ११ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीले लोड तथा खाली टिप्पर र ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका लिइएका टिप्पर तथा ट्याक्टरलाई वडा प्रहरी कार्यालय बगरमा राखिएको र तीनका चालकलाई सम्पर्कमा ल्याउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : पोखराका विभिन्न खेलमैदानको अनुगमन

पोखरा । आगामी असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन उपसमितिले आफ्नो तयारीलाई तिव्र बनाएको छ । बुधबार खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले पोखराका विभिन्न खेलमैदानको अवलोकन गरेको छ । टोलीले पोखरा १५ द्वारेखर्कस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको मैदान, वन विज्ञान अध्यन संस्थान हरियोखर्कको खेल मैदान र गण्डकी बोर्डिङ स्कुलको खेल मैदानको अवलोकन गरेको उपसमिति संयोजक गुरुङले जानकारी दिए । उनले भने, ‘खेल… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयले फरेष्ट्री, जियोमेट्रिक ईञ्जिनिरिङ, फार्मेसी र एच.ए. अध्यापनको अनुमति पायो

पोखरा, साउन १८ गण्डकी बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेष्ट्री), जियोमेट्रिक ईञ्जिनिरिङ, डिप्लोमा ईन फार्मेसी र हेल्थ असिष्टेन्ट (एच.ए.) अध्यापन गर्ने अनुमति प्राप्त गरेको छ । दुई वर्षअघि पोखरामा स्थापित शिक्षालयले यी चारवटा विषयमा अध्यापन गर्ने अनुमति पाएको हो । सिटीईभिटी परिषदको यहि साउन १५ गते बसेको बैठकले गण्डकी बहुप्राविधिक शिक्षालयलाई फरेष्ट्री, जियोमेट्रिक ईञ्जिनिरिङ, फार्मेसी र एच.ए. अध्यापनको अनुमति दिने निर्णय गरेको शिक्षालयका निर्देशक लक्ष्मणप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले फार्मेसी र एच.ए. अध्यापनका लागि चिकित्सा आयोगमा सहमति लिने प्रक्रिया थाल्नेपनि… पुरा पढौ

ब्राह्मण नारी समाज बैदामको साधारण सभा सम्पन्न, भवन बनाउन सवा दुई लाख हस्तान्तरण

पोखरा, श्रावण १८ । ब्राह्मण नारी समाज पोखरा ६ बैदाम शाखाको दोस्रो साधारण सभा बुधबार सम्पन्न भएको छ । समाजले पोखरा महानगर पालिकामा वडा नं–८ सिमल चौरमा बन्दै गरेको केन्द्रिय कार्यलयको निर्माण सहयोगार्थ अ्रक्षेरुपी २ लाख २५ हजार रुपैयाको चेक समाजकी अध्यक्ष सावित्रि तिमिल्सीनाले ब्राह्मण समाज कास्की अध्यक्ष रामप्रसाद बास्ताकोटीलाई प्रदान गरिएको थियो ।साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि ब्राह्मण समाज कास्कीका अध्यक्ष राम प्रसाद बास्ताकोटी नेपालका अरु जातजाति भन्दा ब्राह्मण जाति संख्यात्मक रुपमा धेरै भएता पनि सरकारको निति… पुरा पढौ