गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीका पारिवारिक ट्रस्टका लागि विनियोजित बजेटको सांकेतिक विरोध स्वरुप संकलित रकम ७१७ रुपैयाँ दान गरिएको छ ।
अनेरास्ववियु गण्डकीले बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सो रकम हस्तान्तरण गरेको हो ।
अनेरास्ववियुले हालै पोखराका चोकचोकमा बिरोध स्वरुप १ रुपैयाँ दान अभियान चलाएको थियो । त्यसबेला संकलित ७ सय १७ रुपैयाँ मुख्यमन्त्री पोखरेललाई प्रदान गरेको अनेरास्ववियु गण्डकी प्रदेश सचिव रोमाकान्त पोखरेल (आरके)ले जानकारी दिएका छन् ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सत्तारुढ दलका केही नेता तथा प्रदेश सभाका सदस्यका आफन्तको नाममा खोलेको स्मृति कोष, फाउन्डेसनका लागि रकम विनियोजन गरेको विरोधमा अनेरास्ववियुले अभियान चलाएको थियो ।
गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेपछि जनस्तरमा चर्को विरोध भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







