साउनको तेस्रो हप्तासम्म स्याङ्जामा ९९ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । कालीगण्डकी र गल्याङ्मा ९७ प्रतिशत रोपाइँ सकिएको हो । आँधिखोला, फेदीखोला, अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिकामा ९९ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, चापाकोट, बिरुवा, हरिनासमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा १६ हजार हेक्टरमा धानखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । छिट्टै र पर्याप्त वर्षा भएका कारण यो वर्ष किसानले समयमै धान रोप्न पाएका हुन् । साउनको अन्तिमसम्म रोपिने टारी खेत पनि यसपटक भने…
पुरा पढौ