समाचार

भक्तपुरमा बढ्दै अपराधका घटना

भक्तपुर । भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८÷७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढेको बताए । प्रहरी परिसर भक्तपुुरले आव २०७८÷७९ मा ६६० वटा अपराधका घटना घटने अनुमान गरेकोमा अनुमान भन्दा घटना बढी भएको उनको भनाइ थियो । भक्तपुरमा बलात्कार, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागुऔषध कारोबार तथा सेवन बढेको पाइएको छ । यहाँ घटेका… पुरा पढौ

कोरोना सङ्क्रमित बढ्न थाले

वीरेन्द्रनगर । साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ । केही महिनायता स्थिर रहेको सङ्क्रमण विस्तारै बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दैनिक सरदर छ÷सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना सङ्क्रमित भेटिएको बताए । निर्देशनालयको तथ्याङ्कमा प्रदेशभर ६०भन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित छन् । कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश सङ्क्रमित सुर्खेतका छन् । यहाँ दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतभन्दा माथि… पुरा पढौ

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर

सर्लाही । हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी कमलले जानकारी दिए ।शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक वडामा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम भइरहेकोे उनले जानकारी दिए ।… पुरा पढौ

विद्युतिय दुर्घटनामा परी भारतमा दशको मृत्यु

नयाँ दिल्ली । विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।रासस पुरा पढौ

ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए

ललितपुर । ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए । हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको उनले जानकारी दिए । उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पु¥याउन आवश्यक भएको कार्यालय… पुरा पढौ

नक्कली नागरिकता प्रकरण छानबिन सुरु

वीरगञ्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट ३३ ÷०२÷०७९÷००५१३ नंको नागरिकता लिएको देखिएको छ । सो घटनाबारे छानबिन थालिएको छ । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही… पुरा पढौ

आर्थिक अभावले उपचार नहुँदा ओछ्यानमै थला

वालिङ । यहाँका १६ वर्षीय कृष्ण नेपाली आर्थिक अभावका कारण उपचार गर्न नसकेर ओछ्यानमै थला परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङका नेपालीको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर ओछ्यानमै थला परेका ह्ुन् । गत पुसमा ट्र्याक्टरमा काम गर्ने क्रममा खसेर ढाड भाँचिएपछि गण्डकी मेडिकल कलेज पोखरामा ढाडको शल्यक्रिया गरेका कृष्णको अहिले ढाडभन्दा मुनिको भाग चल्न छाडेको आमा केशरी नेपालीले बताइन्। “कक्षा १० मा पढ्दै थियो, कहिलेकाहीँ ट्र्याक्टरमा हिँड्थ्यो, हामीले नजान भनिरहेका थियौँ”, आमा केशरीले भनिन, “अकस्मात ट्र्याक्टर दुर्घटना… पुरा पढौ

पोखरा युनाइटेड एकेडेमीले पोखरामा पहिलोपल्ट ‘फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र’ कक्षा सञ्चालन गर्दै

पोखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवम सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरता लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक शिक्षा तर्फ उक्त विषयको अध्ययन गराउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार आफूहरुले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’लाई ऐच्छिक विषयको रुपमा समावेश गरेको जानकारी दिए… पुरा पढौ

आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बिहान ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड अहिले बिहान १० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । बिहान पनि वर्षा भइरहेको र ढुङ्गा खसेका… पुरा पढौ

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु – मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताए । निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवं ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाइ सम्बोधन गरिने जानकारी दिए । “वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उनले भने । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच भर्खर भएको… पुरा पढौ