समाचार

लघुजलविद्युत् र सौर्य ऊर्जाका माध्यमबाट मनाङमा इन्टरनेटको पहुँच

मनाङ । हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । सो गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा ९सोलार० का माध्यमबाट इन्टरनेटको पहुँच पु¥याउने उद्देश्यले योजना निर्धारण गरिएको छ । नार, फु र मेतामा रहेको लघुजलविद्युत् तथा सौर्य ऊर्जाको भरमा गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । नार्पाभूमिमा हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् जडान भने भएको छैन । पालिकावासीलाई सहज र छिटो सूचना प्रवाह गर्न सञ्चारमैत्री बनाउने योजना बजेट तथा कार्यक्रममा नै समावेश गरी अगाडि बढेको छ ।… पुरा पढौ

म्याग्दीमा छ हजार नागरिकता वितरण

म्याग्दी । म्याग्दी जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक अङ्गिकृति नागरिकतासमेत लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नागरिकता र राहदानी लिनेको सङ्ख्या बढेको बताए । सहायक प्रजिअ शर्माका अनुसार गत आर्थिक… पुरा पढौ

ग्रामीण क्षेत्रको विकास सरकारको प्राथमिकतामा स् वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास नै देश विकासको जग भएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१३ र १४ का विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ग्रामीण क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। गाउँमै रोजगारी र गाउँमै आम्दानी भएमात्रै गाउँमा मानिस बस्ने भएकाले अबको प्राथमिकता त्यसतर्फ हुनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । गाउँको विकास आफ्नो एकमात्र लक्ष्य रहेको वरिष्ठ नेता पौडेलले बताए । फरक प्रसङ्गमा वरिष्ठ नेता… पुरा पढौ

कास्कीका गुरुङ पक्राउ

पोखरा । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख १४ हजार २५० जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले रु २३ लाख १४ हजार २५० नगद र पाँच दिन कैद सजाय ठहर गरेका कास्कीको पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौँको बाफल बस्दै आएकी ४२ वर्षीय निशा गुरुङलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम… पुरा पढौ

रुपाताल माथि १ करोड ३७ लाख लागतमा २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण

पोखरा । पोखराको पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को मिलनविन्दु सिमलटुँडामा बनेको झोलुङ्गे पुलको मंगलबार उद्घाटन गरियो । पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा सांसद दीपक कोईरालाले उद्घाटन गरेका हुन् । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार ७ सय ३०… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेश बासीको माग

पोखरा । नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेश बासीले माग गरेका छन्। खेलस्थल व्यबस्थापन उपसमितिले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेश बासीले उक्त प्रतियोगिताका ३६ वटै खेलहरु गण्डकी प्रदेशकै हुनु पर्ने माग गरेका हुन । सुटिङ, सुइमिङ लगायतका खेलको लागि प्रदेश भित्रै उपयुक्त स्थानको खोजि गर्न छलफलमा सहभागि राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, विभिन्न खेल संघका पदाधिकारी र सरोकारवालाहरु एवं खेलकुदकर्मीहरुले उक्त राय व्यक्त गरेको खेलस्थल व्यबस्थापन उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास… पुरा पढौ

६३८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय नाघ्यो

काठमाण्डौं । मंगलबार एकैदिन ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय र २ हजार ८४० जनाको एन्टिजेन परीक्ष गर्दा २३८ जनामा संक्रमढा पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधीमा थप २ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधीमा २१८ संक्रमणमुक्त भएका छन् । देशभर अव ३… पुरा पढौ

पोखराबारे लेखिएका कविता अब एकै ठाउँमा

पोखरा । पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुनः पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृवितासङ्ग्रहलाई आफ्नो जन्मदिन पारेर साउन ९ गते पोखरामा लोकार्पण गरेका हुन् । कार्यक्रमका विशेष अतिथित्रय पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा… पुरा पढौ

म्याग्दीको गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँड, रक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । “तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलोपटक सम्झाइबुझाई, दोस्रोपटक रु १०० र तेस्रोपटकदेखि दोब्बरका दरले जरिवाना… पुरा पढौ

अपडेटस् : अवरुद्व डुम्रे–आँबुखैरेनी सडकखण्ड ५ घण्टापछि खुल्यो

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३ः०० बजेदेखि अवरुद्व भएको थियो । जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो । डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको उनले बताए… पुरा पढौ