समाचार

‘एबीसी’ मा एसियाका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन !

आरोहणका दृष्टिले विश्वकै जेठो हिमाल अन्नपूर्णको काखमा रहेको अन्नपूर्ण आधारशिविर (एबीसी) मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने विषयले यतिखेर उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी उत्साहित बनेका छन्। पर्यटन मन्त्रालयका तर्फबाट आइतबार सार्वजनिक नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९ को बुँदा ६८ मा ‘एबीसी’मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने विषय उल्लेख छ। विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘एबीसी’मा वर्सेनि ठूलो संख्यामा पदयात्री पर्यटक पुग्ने गरेपनि विगत २ वर्षयता कोरोनाका… पुरा पढौ

लमजुङमा राहदानीबाट २ करोड बढी राजस्व संकलन

लमजुङमा यस आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै २ करोडभन्दा बढी राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै २ करोड ६७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिएका छन्। कार्यालयले एक आर्थिक वर्षमा करिब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको समेत मिश्रले बताए। आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न शीर्षकमा २ करोड ८७ लाख २७ हजार २ सय ५३ रुपैयाँ राजस्व संकलन गरेको… पुरा पढौ

वडाको नियम : जुवातास, धूम्रपान सेवन गरे जरिवाना

धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ। वडाका जनप्रतिनिधीहरूको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ। चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए। ‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक १ सय रुपैयाँ र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका… पुरा पढौ

पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको वर्षाका कारण आज (मंगलबार) बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड २ तर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। पहिरो हटाएर राजमार्ग २ तर्फी संचालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने… पुरा पढौ

शित भण्डारमै उम्रियो आलु, किसानले क्षतिपूर्ति पाएनन्

भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन्। स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रिएको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ। पकानका किसानले सामूहिक वा व्यक्तिगत रुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ–११ अमलेस्थित ढुंगाना कृषि फर्मद्वारा संचालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताएका छन् । शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँदा यहाँका धेरै किसान मर्कामा परेको उनले बताए। ‘महँगो पर्ने बीउ… पुरा पढौ

स्वास्थ्य मापदण्ड पालना गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

कोभिडको संक्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ। यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलहरूका मास्क अनिवार्य र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ। त्यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता बाक्लो जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्नेजस्ता… पुरा पढौ

तनहुँको शुक्लागण्डकी नगरपालिकामा जग्गा नापजाँच सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्यांक संकलनको काम सुरुआत गरिएको छ। राष्ट्रिय भूमि आयोगले शुक्लागण्डकी नगरपालिका–७ बाट हिँजो (सोमबार) देखि जग्गाको नापजाँच सुरु गरेको हो। विसं २०७७ मा प्रकाशित सूचनाअनुसार दर्ता हुन आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदनबमोजिम जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत जग्गाको नापजाँच सुरु गरिएको शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिएका छन्। जग्गा नापजाँच सुरु गर्नु अगाडि नगरपालिकाले स्थानीयवासीलाई निवेदन दर्ताको निस्सा वितरण गरेको थियो। शुक्लागण्डकीमा करिब ५ हजार ५… पुरा पढौ

पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते

पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। कुश्मा नगरपालिका–५ बडागाउँमा बिहान सवा ११ बजे ग १ ज ७८५१ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ। जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप बडागाउँस्थित सशस्त्र प्रहरी बलको गण नजिकैको सडकबाट फुत्किएर नालीमा धसारिएको हो। दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय… पुरा पढौ

संसदीय सहयोग कार्यक्रमका फेलोबारे अन्तरक्रिया

पुर्वाब्यबसयिक संसदीय सहयोग कार्यक्रमका फेलोबारे पोखरामा अन्तरक्रिया कार्यक्रम गरिएको छ। पोखरा रिसर्च सेन्टरको आयोजनामा गण्डकी प्रदेश सभाका सदस्यहरुबीच अन्तरक्रिया गरिएको हो। कार्यक्रममा पुर्वाब्यबसयिक संसदीय सहयोग कार्यक्रमका फेलोहरुले तयार पारेको प्रदेशसभाका सदस्यहरुको प्रोफाइलको प्रस्तुतिकरण गरिएको थियो। जसलाइ फेलोहरुले प्रदेशसभा सदस्यहरुले प्रदेशसभामा प्रस्तुत गरेका र उठाएका विषयवस्तुबारे सुष्म अनुसन्धान गर्दै तयार पारेका हुन्। खुला छलफलमा गण्डकी प्रदेश सभाको विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, विधायन समिति सदस्यहरु धनञ्जय दवाडी, धनमाया पोखरेल लामा, राजीव पहारी, पियारी थापा… पुरा पढौ

इन्सेकको समन्वयमा अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह समन्वय समिती गठन

पोखरा । अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह समन्वय समिती साउन ९ गते गठन गरिएको छ ।मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना कार्यन्वयनका लागि गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीको संयोजकत्वमा २२ सदस्यीय स्थानीय तह समन्वय समिति गठन गरिएको हो।कार्यक्रम प्रमुख अतिथी जिल्ला समन्वय समिति उपप्रमुख सरिता कुमालले महिला तथा बालबालिकाका सवालमा स्थानीय तहले बनाउने नीति कार्यक्रमहरु केन्द्रित हुन आवश्यक रहेको बताइन् ।स्थानीय तह समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीले कास्की जिल्लामा पहिलो पटक समन्वय समिती गठन गरिएको भन्दै कार्यन्वयनमा पनि पहिलो… पुरा पढौ