लमजुङमा यस आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै २ करोडभन्दा बढी राजस्व संकलन भएको छ।
गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै २ करोड ६७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिएका छन्।
कार्यालयले एक आर्थिक वर्षमा करिब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको समेत मिश्रले बताए। आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न शीर्षकमा २ करोड ८७ लाख २७ हजार २ सय ५३ रुपैयाँ राजस्व संकलन गरेको हो।
कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट ६ हजार ८ सय ५१ राहदानी सिफारिस सेवा भएको छ। सो अवधिमा राहदानीका लागि ५ हजार ३ सय ५० साधारण सिफारिस भएको छ भने १ हजार ५ एक द्रुत सिफारिस भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी मिश्रले बताएका छन्।
राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक र एजेन्सी दर्ता शुल्क बाट ५ लाख, ९५ हजार ४ सय २ रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रशासनिक दण्ड जरिवाना जफतबाट ८ लाख २० हजार ६ सय १० रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ। यस्तै, हातहतियार इजाजत पत्र दस्तुरबाट ५ लाख ११ हजार ३५ रुपैयाँ संकलन भएको छ भने परीक्षा दस्तुरबाट १ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ।
न्युज कारखानामा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







