समाचार

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा ऋषिराम दाहाल

राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा ऋषिराम दाहाल चयन भएका छन्। संघको तेश्रो साधारणसभा दोश्रो अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएका हुन्। संस्थाको वरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वित्तीय उपाध्यक्षमा जौमाया हिताङ, उपाध्यक्षमा कपिल श्रेष्ठ छन्। यसैगरी, सचिवमा सुनिल गायक, प्रवक्तामा ईश्वरराज भण्डारी, कोषाध्यक्ष राजन सुवेदी, सह–सचिवमा रिजन बस्ताकोटी, सह–कोषाध्यक्षमा हरिराज कोइराला छन्। संस्थाको कार्यसमिति सदस्यमा सपना सुनार, ऋषिराम बास्तोला (बाबुराम), गंगा परियार, सोनिया कार्की खत्री र सृजना श्रेष्ठ छन्। पुरा पढौ

पोखरामा डिजिटल मार्केटिङको कार्यशाला

पोखरामा डिजिटल मार्केटिङको कार्यशाला गरिएको छ। युनाइट्स नेपालले शनिबार पोखरामा डिजिटल मार्केटिङको कार्यशाला आयोजना गरेको हो। व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचार प्रसार, बजारीकरण निकै महत्वपूर्ण हुने र अहिलेको अवस्थामा डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको थियो। आभास अधिकारी र प्रतिमा भट्टले कार्यशालाको सहजीकरण गरेका थिए। उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे। व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा प्रशिक्षण दिइएको थियो। क्यान महासंघ सचिव जगन… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी सभापतिमा श्रेष्ठ, कास्कीमा गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशको सभापतिमा डा. ढाकाकुमार श्रेष्ठ चयन भएका छन्। पार्टीको शनिबार पोखरामा भएको भेलाले श्रेष्ठलाई प्रदेश सभापतिमा चयन गरेको हो। यसैगरी कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चुनिएकी छन्। पार्टीको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त छन्। पुरा पढौ

पोखरामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालनको तयारी

पोखरा । पोखरा महानगरपालिकाका युवा लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने भएको छ । यसका लागि पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ । युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट पाँच/पाँच करोड रुपैयाँसहितको सहकार्यमा १५ करोडको कोष मार्फत कार्यक्रम सञ्चालन गरिने भएको हो । उक्त कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि शैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । हालै युवा… पुरा पढौ

संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठक गर्न इराकको आग्रह

बग्दाद ७ साउन । इराकको उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा घातक बम विस्फोटपछि इराकले शनिबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को तत्काल बैठकको आग्रह गरेको छ । इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ ।” आक्रमणमा दुहोक प्रान्तमा नौ सर्बसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । टर्कीले गत बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरेको थियो । इराकी… पुरा पढौ

एकै दिन थप ३३५ जनामा कोरोना सङ्क्रमण, ८६ जना संक्रमणमुक्त

काठमाण्डौं । पछिल्ला दिन कोभिड– १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । आज दुई हजार ९९६ नमूनाको परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज ८६ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९७१ छ । काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मोरङ र ललितपुरमा २०० बढी सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितमध्ये दुई हजार ८३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना… पुरा पढौ

कांग्रेस भित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्गठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे । “पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ, यसमा समीक्षा हुन जरुरी छ, यसमा आत्मनिरीक्षण हुन जरुरी छ”, उनले भने, “यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हँुदैन, ढाकछोप गर्दै जाँदा गल्ती… पुरा पढौ

नागरिकता विषयमा तराई मधेशका जनतासँग गरेको प्रतिवद्धता पूरा भयो भयो : अध्यक्ष प्रचण्ड

सर्लाही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । उनले भने “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ ।” सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गरे । “तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको बनाउनुपर्नेमा जोड

पोखरा । छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समिक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ । समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिएपनि अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताए । आगामी दिनका अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चमा… पुरा पढौ

लायन्स न्यूरोड चौतारीद्वारा बृक्षरोपण

पोखरा । लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीले बृक्षरोपण गरेका छ । क्लवले शनिबार जिल्ला प्रसाशन कार्यलय कास्कीको प्राङगणमा अम्बा, एभोगाडो लगायतका फलफुलका विरुवा रोपेको हो । कार्यक्रममा क्लवका अध्यक्ष कृष्ण बहादुर लम्सालले जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजाललाइ बिरुवा हस्तान्तरण गरेर उद्धाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सहायक प्रमुख जिल्ला अधिकारी रिजालले समाज सेवाका क्षेत्रमा सक्रिय लायन्सको सामाजिक कार्यले समाजमा सकारात्मक शन्देश प्रबाह गर्ने बताए । उनले लायन्स लगायतका विभिन्न संघ सस्थाहरुले वातावरण,… पुरा पढौ