समाचार

तनहुँमा कोभिडबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत वितरण

स्वास्थ्य कार्यालय तनहुँले कोभिडबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ। कोभिडबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा ६८ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो। कार्यालयले कोभिडबाट मृत्यु भएका १३७ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिएकाम छन्। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको अधिकारीले उल्लेख गरे। कार्यालयले जिल्लाका १० वटै… पुरा पढौ

स्याङ्जाको मिर्मीमा नेपाल टेलिकमको एफटीटीएच सुरु

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा मंगलबारदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको सेवा विस्तार सुरु गरेको छ। यस्तै, गल्याङमा पुरानो तामाको तारबाट संचालित सबै सेवाहरु पूर्ण एफटीटीएचमय भई कपर फ्री नेटवर्क बनेको छ। कपर फ्री नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने कम्पनीको भनाई छ। तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्पmत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएको छ। गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा… पुरा पढौ

शहरको सुन्दरताका लागि होर्डिङ बोर्ड हटाइँदै

बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरूप हुनेगरी राखिएका विज्ञापनका होर्डिङ बोर्ड हटाउन शुरू गरेको छ। जिल्लाको मुख्य प्रवेशद्वार वडा नं १ को मालढुंगा र कालिका भगवती मन्दिर वरपर राखिएका होर्डिङ बोर्ड हटाउन शुरू गरिएको हो। नगरपालिकाले शहरको सुन्दरताका लागि भन्दै त्यस्ता होर्डिङ बोर्ड हटाउन थालेको वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताएका छन्। उनकै संयोजकत्वमा बनेको ‘विज्ञापन होर्डिङ बोर्ड’ व्यवस्थापन समितिले मालढुंगामा रहेका बोर्ड हटाउन शुरू गरेको हो। यहाँबाट हटाइएका बोर्ड अन्यत्र कुनै उपयुक्त ठाउँमा राख्न दिइने वडाध्यक्ष केसीले बताए।… पुरा पढौ

मर्दी ‘ट्रेकिङ रूट’मा थपिए पर्यटकीय पूर्वाधार

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलब्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ«े गाउँपालिकाको अस्तामसम्म पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक पर्यटकीय पूर्वाधार’ निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा मर्दी ट्रेकिङ रूटको मेलबोट–अस्ताम खण्डमा पैदलमार्ग, पार्क, रेलिङलगायतका संरचना तयार गरिएको हो। गत वर्षदेखि मेलबोट–झिझिर्का–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पैदलमार्ग तथा पर्यटकीय पूर्वाधार र पार्क निर्माणको योजना अघि सारिएको हो। मेलबोटबाट पदयात्रा शुरू भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा… पुरा पढौ

गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो। मंगलबार बिहान स्वाब टेस्ट गराएका मुख्यमन्त्रीको साँझमात्र परीक्षणको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो।मुख्यमन्त्रीलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो। चिकित्सकका अनुसार उनमा हाल हल्का ज्वरो छ। त्यस्तै, अक्सिजनको मात्रा, छातीको अवस्था सामान्य छ। आज (बुधबार) बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल मुख्यमन्त्री पोखरास्थित सरकारी निवासमै विश्राम लिएका छन्। कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह… पुरा पढौ

पोखरा विश्वविद्यालय क्रिकेट क्लबमा अभिषेक

अभिषेक यादवको अध्यक्षतामा पोखरा विश्वविद्यालय क्रिकेट क्लबको नयाँ कार्यसमिति गठन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा यादव सहित उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा, सचिवमा जगदिश भण्डारी, सह–सचिवमा सन्देश श्रेष्ठ, सदस्यहरुमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा (मेस्सी), सुबास बास्तोला, तृष्णा देवकोटा, दिनेश चापागाईं छन्। वुमन कोर्डिनेटरमा दीपा तिवारी, एड्भाइजरी कमिटीमा प्रशान्त भुसाल, विकल बराल, भुपेन्द्र भट्ट, सन्देश रेग्मी छन्। पुरा पढौ

नागरिकको बिश्वास गुम्न दिन्न : उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरेली नागरिकको विश्वास गुम्न नदिने बताएकी छन् ।पोखरा महानगरपालिका वडा नम्वर ३१ मा रहेको श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रममा आयोजित रोठ अर्पण, गोरखनाथ बाबा ढलान बाटो उद्घाटन र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा बोल्दै उनले पोखरेली जनताले दोश्रो पटक पनि उपमेयर पदमा विश्वास गरेर जिताएको बताउदै त्यो विश्वासलाई कायम राख्ने गरी काम  गर्ने बताइन् । उनले पोखरा महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको समेत बताउनुभयो । ‘पोखराका सबै वडामा समानुपातिक विकास हुनुपर्छ… पुरा पढौ

मनोज घर्तीमगरलाई ‘मौलिक कौराहा पुरस्कार’

पोखरा । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् । पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मान बहादुर घर्ती (एमबि आस्था) मगरको संयोजकत्वमा मंगलबार बसेको बैठकले पत्रकार मनोज घर्ती मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय… पुरा पढौ

थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५७ जनाको पिसिआर तथा एक हजार पाँच सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार १२६ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत… पुरा पढौ

‘बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्कियो’

काठमाडौँ । काठमाडौँको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिए । उनका अनुसार यो क्रम अहिले पनि जारी रहेको छ । यसरी निस्किएको फोहरा घरभन्दा माथि पुगेकाले वरपरका अन्य केही घरमा समेत… पुरा पढौ