नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मीमा मंगलबारदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको सेवा विस्तार सुरु गरेको छ।
यस्तै, गल्याङमा पुरानो तामाको तारबाट संचालित सबै सेवाहरु पूर्ण एफटीटीएचमय भई कपर फ्री नेटवर्क बनेको छ। कपर फ्री नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने कम्पनीको भनाई छ।
तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्पmत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरी सेवा उपलब्ध गराइएको छ।
गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटीटीएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने बताइएको छ।
त्यसैगरि, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ‘उच्च गति न्यून दर’ को एफटीटीएच सेवा उपलब्ध गराइएको हो। यस सेवामार्फत् उपभोक्ताले आफ्नो ईच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन्।
सामान्य घरमा प्रयोग हुने ८ एमबीपीएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबीपीएस स्पीडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने बताइएको छ। कम्पनीका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पीएसटीएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरु समेत निःशुल्क पाउने छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा,…





