Mardi Himal Trek Route Map
विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलब्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ«े गाउँपालिकाको अस्तामसम्म पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक पर्यटकीय पूर्वाधार’ निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा मर्दी ट्रेकिङ रूटको मेलबोट–अस्ताम खण्डमा पैदलमार्ग, पार्क, रेलिङलगायतका संरचना तयार गरिएको हो।
गत वर्षदेखि मेलबोट–झिझिर्का–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पैदलमार्ग तथा पर्यटकीय पूर्वाधार र पार्क निर्माणको योजना अघि सारिएको हो। मेलबोटबाट पदयात्रा शुरू भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजना छ।
गण्डकी प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको २५ लाख रुपैयाँ बजेटबाट पर्यटकीय पूर्वाधार र विभिन्न संरचना निर्माण गरिएको मेलवोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक एवं पर्यटन व्यवसायी विश्व अधिकारीले बताएका छन्।
उनका अनुसार ३ सय मिटर ढुंगाको छपनी बिछ्याएको सिँढी बाटो, ३११ मिटर रेलिङ, साइड वाल, ४ वटा चौतारी र पोखरी निर्माण गरिएको छ।
अझै, ४ वटा चौतारी र पोखरी पुनर्निर्माणको काम बाँकी छ। ४ सामुदायिक वन क्षेत्रमा पर्ने पदयात्रा क्षेत्रमा अप्ठ्यारो स्थानमा सिँढी बाटो निर्माण गरिएपनि पैदलमार्गको काम अझै बाँकी छ। प्रदेश सरकारले चालु वर्षमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले थप काम अघि बढाइने उनले बताए।
उनले भने, ‘फुट्याकलगायतका पर्यटकीय पूर्वाधार निर्माणपछि पदयात्रामा आउने पर्यटक बढेका छन्, यो पैदलमार्ग रोजाइमा छ। योजनाअनुसारका कामलाई पूर्णता दिन अझै धेरै काम बाँकी छन्।’
पदयात्रा मार्गलाई अस्तामसम्म मोटरबाटोले नछुने भएकाले जंगलै जंगलभित्रबाट पदयात्रा हुनेछ। सुनझाँक्रीको थान, लालीगुराँसको जंगल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ।
मर्दी हिमाल पदयात्रामा जानका लागि हाल माछापुच्छ्रे गाउँपालिकाको धम्पुस, कालीमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्पसम्म गाडीमा पुगेर पदयात्रा शुरू गर्न सकिन्छ। यसैगरी माछापुच्छ्रेकै कालीमाटी तथा सिदिङबाट समेत पदयात्रा गर्न सकिन्छ। समितिको अग्रसरतामा मेलबोटबाट नै पदयात्रा शुरू गर्ने गरी पैदलमार्ग निर्माण गरिएको हो।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







