समाचार

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र… पुरा पढौ

कास्की लगायत २७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्ध दोस्रो मात्राको खोप

कास्की लगायत २७ जिल्लाका बालबालिकालाई आज (सोमबार) देखि कोरोनाविरुद्ध दोस्रो मात्राको खोप दिइँदैछ। ५ देखि १२ वर्षमुनिका बालबालिकालाई आज (सोमबार) देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ। पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। यही, साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कास्की लगायत झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ,… पुरा पढौ

युक्रेनी एयरलाइन्सको कार्गो विमान उत्तरी ग्रिसमा दुर्घटनाग्रस्त

युक्रेनी एयरलाइन्सको एन्टोनोभ कार्गो विमान उत्तरी ग्रिसको काभाला सहर नजिकै दुर्घटनाग्रस्त भएको छ। आइतबार स्थानीय बासिन्दाले दुर्घटनापछि २ घण्टासम्म आगोको मुस्लो देखेको र विस्फोटको आवाज सुनेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। ग्रिक नागरिक उड्डयन अधिकारीहरूका अनुसार विमान सर्बियाबाट जोर्डनतर्फ जाँदै थियो। एन—१२ सोभियत–निर्मित टर्बोप्रप विमान कार्गोवाहक मेरिडियनद्धारा संचालित थियो। ग्रिक मिडियाले विमानमा ८ जना सवार रहेको र त्यसमा १२ टन खतरनाक सामग्री (धेरैजसो विस्फोटक पदार्थ) रहेको बताएका छन्। तर, स्थानीय अधिकारीहरूले कार्गोबारे कुनै खास जानकारी नभएको र विमानमा रहेको… पुरा पढौ

इरानमा ताल सुक्दै गएपछि विरोध प्रदर्शन, थुप्रै प्रदर्शनकारी पक्राउ

इरानका प्रहरीले सुक्दै गइरहेको नुनिलो तालसामु प्रदर्शन गरिरहेका थुप्रै व्यक्तिलाई पक्राउ गरेको छ। स्थानीय संचार माध्यमका अनुसार क्षेत्रीय राजधानी उर्मियामा केही प्रदर्शनकारीले ‘उर्मिया ताल सुक्दैछ, संसदीय आदेशले मार्दैछ’ नारा लगाएका थिए। स्थानीय प्रहरी प्रमुख आयुक्तले प्रदर्शनकारीहरूले सार्वजनिक सुरक्षामा आँच पु¥याउन खोजेको आरोप लगाएका छन्। कुनै समय विश्वकै दोश्रो सबैभन्दा विशाल नुनिलो तालको रूपमा यो ताल चिनिने गर्दथ्यो। तालको पानी सुकेकोमा उनीहरूले विरोध प्रदर्शन गरेका थिए। चरम खडेरी, कृषि र बाँध निर्माणको कारण सन् १९९५ देखि सुक्न थाल्नु अघिसम्म उर्मिया ताल… पुरा पढौ

युरोपमा गर्मीको लहर : भूमध्यसागरमा फैलिएको भयावह डढेलो

युरोपमा गर्मीको लहर बढेसँगै भूमध्यसागरमा भयावह डढेलो फैलिएको छ। हजारौँ अग्नि नियन्त्रकहरू पोर्चुगल, स्पेन र फ्रान्सका जंगलमा लागेको आगो निभाउन प्रयासरत छन्। तर, गर्मीको लहरले स्थिति सहज हुने कुनै संकेत देखिएको छैन। यसै साता गर्मीकै कारण उत्तरी पोर्चुगलमा डढेलो निभाउन प्रयोग गरिने पानीबम बोक्ने विमान स्पेनको सीमा नजिक फोज कोआ क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा पाइलटको निधन भएको छ। पोर्चुगल अधिकारीहरूले गत हप्ता मात्रै गर्मीबाट कम्तीमा २३८ जनाको मृत्यु भएको बताएका छन्। यता, फ्रान्सको अवस्था पनि केही फरक छैन। फ्रान्सको दक्षिण–पश्चिमी गिरोन्डे… पुरा पढौ

एसियाली जुडो च्याम्पियनसीपमा तारा र निशाले प्रतिस्पर्धा गर्ने

थाइल्याण्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसीपको पहिलो दिन आज २ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन्।ताराले पहिलो चरणमा थाइल्याण्डका खेलाडीलाई प्रतिद्वन्द्वी पाएका छन्। यो स्पर्धामा १६ खेलाडी सहभागी छन्। पहिलो चरणमा निशाले बाइ पाएकी छन्। अर्को चरणमा निशाले हङकङ र थाइल्याण्डका खेलाडीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। निशाको स्पर्धामा १२ खेलाडी छन्। क्याडेटमा १६ राष्ट्रका १७४ खेलाडी सहभागी छन्। मंगलबार जुनियरतर्फ पनि २… पुरा पढौ

नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल ८ विकेटले पराजित बनेको छ। नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १९ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो। स्कटल्यान्डका लागि कलुम म्याकलिओडले सर्वाधिक ६४ रन बनाए। यस्तै, किले कोटजेरले नटआउट ४४ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा १२८ रन बनाउँदा अलआउट बन्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए। यस्तै,… पुरा पढौ

जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट एकजना पक्राउन परेका छन्। १३ वर्षकी नावालिकालाई ललाइ फकाई गरी करणी गरेको आरोपमा पर्वत कुस्मा नगरपालिका–६ स्थायी घर भई हाल पोखरा–१३ बस्ने वर्ष २४ का खिमबहादुर बि.क.लाई कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार बिहान पक्राउ गरेको हो। शुक्रबार राति १० बजेको समयमा पोखरा–५, पस्र्याङस्थित लब्लीडाँडामा नावालिकालाई लगेर जबरजस्ती करणी गरेको भन्ने बि.क.लाई आरोप छ।कास्की जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा बि.क. लाई १० दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको… पुरा पढौ

बैंकको एटीएम मेसीन फोर्न खोज्ने पोखराबाट पक्राउ

पोखरामा बैंकको एटीएम फोर्न खोज्ने एक जना पक्राउ परेका छन्। रुकुम स्थायी घर भई हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष १९ का नरेश पुन मगर पक्राउ परेका हुन्। शुक्रबार पोखराको न्यूरोडस्थित एनआइसी एशिया बैंकको एटीएम मेसीन फोर्न खोज्ने पुनलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको हो। पक्राउ परेका पुनलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले बताएको छ। पुरा पढौ

पातञ्जल योग समिति गण्डकी प्रदेशको दिक्षान्त, जिल्ला समिति पुनर्गठन तथा नगर समिति गठन

पोखरा । पातञ्जल योग समिति (पायोस)नेपाल केन्द्रीय सचिवालयको समन्वयमा गण्डकी प्रदेश समितिको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोह गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ठ अतिथि शिक्षा, संस्कृती, विज्ञान तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका उपसचिव भोजराज न्यौपाने, विशिष्ठ अतिथि पातञ्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवाल, बिशेष अतिथि पायोस नेपाल प्रशिक्षण प्रतिष्ठान सचिव तालिम व्यवस्थापन समिति संयोजक एवं पायोस नेपाल महासचिव नवराज काफ्ले, स्वास्थ्य मन्त्रालय… पुरा पढौ